प्रदीप नेपाललाई कसले कसरी सम्झिए ?
२३ वैशाख २०८२
•
३ मिनेट पाठ
प्रदीप नेपाललाई कसले कसरी सम्झिए ?
पुराना वामपन्थी नेता प्रदीप नेपालको निधन भयो। उनको मङ्गलबार (आज) नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ। उनको आफ्नै इच्छास्वरूप उनलाई राष्ट्रिय झण्डा ओढाइएन, श्रद्धाञ्जलीका लागि राखिएन।




२०२६ सालतिर विद्यार्थी राजनीतिबाट राजनीतिक फाँट छिरेका नेपाल पटकपटक मन्त्री बने। तर, विवादित बनेनन्। राजनीतिसँगै साहित्यमा उत्तिकै प्रखर नेपाल सादगी थिए। उनको निधन भएपछि धेरैले उनका यिनै कुराहरू सम्झिएका छन्।

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालको निधनले पीडाबोध भएको बताएका छन्। पार्टी निर्माणमा उनले महत्त्वपूर्ण भूमिका खेलेको ओलीले सम्झिएका छन्।

'एमाले निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नु भएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनु भएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ,' उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई वामपन्थी आन्दोलनका प्रखर तथा बौद्धिक व्यक्तित्व भनेका छन्। नेपालले निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा गरेको योगदान अविस्मरणीय रहने बताएका छन्। 

यस्तै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाललाई लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेको भनेर सम्झिएका छन्। 'पूर्वमन्त्री,वामपन्थी नेता आदरणीय प्रदीप नेपालको निधनको खबरले स्तब्ध बनाएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनुभएको योगदान महत्त्वपूर्ण छ,' भण्डारीले भनेका छन्।

माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले पनि यही कुरा उल्लेख गरेका छन्। 'कम्युनिष्ट आन्दोलन र प्रगतिशील वामपन्थी साहित्यमा यहाँको योगदान स्मरणीय छ र रहिरहनेछ,' उनले भनेका छन्।

यस्तै एमाले नेता योगेश भट्टराईले नेपालको निधनले राजनीति तथा साहित्य क्षेत्रमा गम्भीर क्षति भएको बताएका छन्। नेपाल आफ्ना राजनीतिक गुरु भएको उल्लेख गर्दै उनले भनेका छन्, 'गम्भीर क्षति भएको छ।'

माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले पनि नेपाललाई नेपाली वामपन्थी आन्दोलनका एक धरोहरका रूपमा सम्झिएका छन्। 'नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान सधैँ सम्झनायोग्य रहनेछ,' उनले भनेका छन्।

अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि नेपाललाई सम्झिएका छन्। उनले नेपाललाई नेपालको वामपन्थी आन्दोलनका सशक्त हस्ती भनेका छन्। 'मेरो जीवन यात्रालाई पूर्णकालीन राजनीतितिर मोडिदिने आदरणीय कमरेड प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली,' उनले भनेका छन्।

यस्तै अर्का एमाले नेता लालबाबु पण्डितले पनि नेपाललाई बौद्धिक नेताका रूपमा चित्रित गरेका छन्। 'नेपालको कम्युनिष्ट आन्दोलनका सङ्घर्षशील तथा बौद्धिक नेता एवम् प्रगतिशील साहित्यकार कमरेड प्रदीप नेपालप्रति हार्दिक श्रद्धाञ्जली,' उनले भनेका छन्।

एमाले नेता प्रदीप ज्ञवालीले पनि नेपाललाई सम्झिएका छन्। 'नश्वर देह नरहे पनि पार्टी निर्माणमा पुर्‍याउनु भएको असाधारण योगदानमाहामीजस्ता धेरैका निम्ति प्रेरणा स्रोतका रूपमा र अजम्बरी साहित्यिक सिर्जनाहरूमा कमरेड सधैँभरि बाँचिरहनु हुनेछ,' उनले भनेका छन्।

यसबाहेक राजनीतिक विश्लेषक, कलाकार, पत्रकारहरूले पनि नेपाललाई सम्झिएका छन्।

यो पनि पढ्नुहोस्

पूर्वमन्त्री प्रदीप नेपालको निधन
अर्को समाचार
पूर्वमन्त्री नेपालको निधनमा राष्ट्रिय सभामा शोक प्रस्ताव पारित
२८ वैशाख २०८२
•
१ मिनेट पाठ
पूर्वमन्त्री नेपालको निधनमा राष्ट्रिय सभामा शोक प्रस्ताव पारित
पूर्वमन्त्री प्रदीप नेपालको निधनमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ। आइतबार (आज) बसेको बैठकले नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको हो।




बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि अध्यक्ष नारायण दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए। यसपछि प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

नेपालको गत मङ्गलबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो। लामो समय एमालेको राजनीति गरेका उनले २०२६ सालतिरबाट राजनीतिक यात्रा सुरु गरेका थिए। 
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस