प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउमा राज्यको कुनै पूर्वाग्रह नभएको स्पष्ट पारेका छन्।
शुक्रबार (आज) आफूलाई भेट्न प्रधानमन्त्री सरकारी निवास बालुवाटार आएकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँग प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै रञ्जिताले नागरिकसँग भनिन्, 'रेशमजी पक्राउमा राज्यको कुनै पूर्वाग्रह छैन। त्यो एउटा व्यक्तिको गल्तीले गर्दा घटेको घटना हो।'
रञ्जिताले पनि सरकार आफूहरूकै समर्थनमा रहेको बताइन्। 'कुनै एक व्यक्तिको कारणले नै त्यो घटना घटेको हो। त्यसमा कसैले कसैलाई दोष दिन नमिल्ला। गल्ती गर्ने व्यक्ति अहिले थुनामा छ,' उनले भनिन्।
चौधरी गत वैशाख १७ गते पक्राउ परेका थिए। उनी त्यही दिन साढे पाँच घण्टापछि छुटे। तर, उक्त घटनाले राज्यको संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको भन्दै सबै वृत्तमा चर्चा भयो, विषय संसद्सम्म पुग्यो। यसपछि उक्त घटनाबारे जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले पनि पूर्वाग्रह नभएको बताएका थिए।