क्रियाशील सदस्यता उल्झनले अन्योलमा कांग्रेस महाधिवेशन
०१ जेष्ठ २०८२
•
४ मिनेट पाठ
क्रियाशील सदस्यता उल्झनले अन्योलमा कांग्रेस महाधिवेशन
नेपाली कांग्रेस महाधिवेशनका लागि प्रस्थानविन्दु क्रियाशील सदस्यता हो। क्रियाशील सदस्यताको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया सुरु हुँदैन। त्यति मात्र होइन, पार्टीमा कुनै तहको नेतृत्वमा पुग्न पनि क्रियाशील सदस्य हुँदै अघि बढ्नुपर्छ। यसैकारण कांग्रेसमा हरेक महाधिवेशनमा यही क्रियाशील सदस्यता विवाद पेचिलो बन्दै आएको छ।




१४औं महाधिवेशनलगत्तै क्रियाशील सदस्यता नयाँ र नवीकरणको काम सुरु गर्ने पार्टी पदाधिकारीले जनाएका थिए। तर महाधिवेशन भएको साढे तीन वर्ष बित्दा पनि नयाँ क्रियाशील सदस्यता वितरण त परै जाओस्, नवीकरणको काम पनि राम्रोसँग अघि बढ्न सकेको छैन।

संवैधानिक व्यवस्था र विधानका अतिरिक्त सुविधाको प्रयोग नगर्ने हो भने कांग्रेसको १५औं महाधिवेशन आगामी मंसिरभित्र गरिसक्नुपर्छ। तर कांग्रेसले १५औं महाधिवेशनका लागि होइन, १४औं महाधिवेशनअघिको क्रियाशील सदस्यता विवाद पनि समाधान गर्न सकेको छैन।

साधारण र क्रियाशील गरी दुई खालका सदस्यता रहेको कांग्रेसमा क्रियाशील सदस्यता नयाँ र नवीकरणका लागि महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा समिति नै बनाएको छ। क्रियाशील सदस्यता व्यवस्थापनका लागि थापाको संयोजकत्वमा बनेको समितिमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन्।

थापा नेतृत्वको समितिले पटकपटक सदस्यता नवीकरणका लागि मातहतका निकायलाई पत्राचार गर्नुका साथै म्याद थपेको छ। वैशाखभित्र नवीकरणको काम सक्न अन्तिम पटक भनिएको थियो तर बुधबारसम्म पनि बहुसंख्यक जिल्लाहरूले नवीकरणको काम प्रभावकारी रूपमा अघि बढाउन सकेका छैनन्। तल्लो तहसम्म पुगेको गुटगत प्रभाव र विभाजनको असर सदस्यता नवीकरणमा देखिएको छ।

नेताहरूबिच रहेको प्रतिशोध, प्रतिस्पर्धा र  टकराबले पनि सदस्यता नवीकरणको काममा उल्झन बढाएको छ। जसको परिणाम पूर्वी पहाडका सोलुखुम्बु, खोटाङसहित जिल्लामा क्रियाशील सदस्यताको विवाद बढ्दै गएको छ। त्यस्तै मधेस प्रदेशका बहुसंख्यक जिल्लामा क्रियाशील सदस्यता नवीकरणको विषय पेचिलो बन्दै गएको छ।

लुम्बिनी प्रदेशमा पनि सदस्यता विवाद समाधान हुन सकेको छैन भने अन्य प्रदेशका जिल्ला, क्षेत्रबाट नवीकरण गर्दा एउटा पक्षले अर्को पक्षलाई नसमेटेको गुनासो र आरोप सुनिन थालेको छ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य रसाइलीले भने सदस्यता नवीकरण काम धमाधम भइरहेको दाबी गरे। क्रियाशील सदस्यता नवीकरणका छिटो सक्न केन्द्रदेखि जिल्ला तहसम्म जनशक्ति थपेर काम भइरहेको जनाउँदै उनले भने, ‘विवाद देखिएका केही ठाउँमा समाधानका लागि प्रयास भइरहेका छन्।’

गत निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेर अन्तर्घात गरेका, बागी र विद्रोही उम्मेदवार बनेका, उनीहरूको प्रस्तावक र समर्थक बनेका तथा गठबन्धन उम्मेदवारलाई सहयोग नगरेका नेता–कार्यकर्तालाई अनुशासनको कारबाही गर्न माथिल्लो तहमा सिफारिस गरिएको र तल्लो तहले त कारबाही गरेको विषयले पनि कांग्रेस क्रियाशील सदस्यता नवीकरणमा समस्या पारेको छ।

केन्द्रीय अनुशासन समितिले त्यसलाई सम्बोधन नगर्दासम्म सदस्यता नवीकरण सहज बन्न नसक्ने नेताहरूको बुझाइ छ। यही विवादले १५औं महाधिवेशन मितिमा थप अन्योल बढाएको छ भने महामन्त्री थापाको कार्यक्षमतामाथि पनि कार्यकर्ताले प्रश्न उठाउन थालेका छन्।

महामन्त्री थापामाथि नै १५औं महाधिवेशन २०८४ को आमनिर्वाचनअघि गर्ने पक्षमा नरहेको आरोप लाग्न थालेको छ। यसै विषयमा एक नेताले भने, ‘सभापति (शेरबहादुर देउवा) सँग कसरी नजिकिन सकिन्छ भन्ने मात्र उहाँको ध्यान छ, सदस्यता टुंग्याएर महाधिवेशन गराउनेमा छैन।’

सभापति देउवा २०८४ सालमा हुने आम निर्वाचनपछि मात्र महाधिवेशनमा जानुपर्ने पक्षमा रहेको र महामन्त्री थापासहितका अधिकांश पदाधिकारीले पनि देउवालाई नै साथ दिएको ती नेताको दाबी छ।

२०८० फागुनमा भएको महासमिति बैठकमा थापाले २०८२ मंसिरभित्र १५औं महाधिवेशन गर्नेसहितको प्रतिवेदन पेस गरेका थिए। त्यसपछि क्रियाशील सदस्यतासहितका विषयमा थापाले ध्यान नदिएको कतिपय नेताहरूको आरोप छ। ‘भाषण गरेर महाधिवेशन हुँदैन, काम गर्नुपछ,’ कांग्रेसका एक नेताले भने, ‘२०८४ सालभन्दाअघि महाधिवेशन गर्न, गराउन पार्टी पदाधिकारी तयार छैनन्। त्यसका लागि सदस्यतामा बहानाबाजी भइरहेको छ।’

कांग्रेस विधानअनुसार महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ। विधानमा एक वर्ष कार्यकाल थप गर्न पाउने व्यवस्था छ। एक वर्ष कार्यकाल थप गर्दा कांग्रेसलाई २०८३ मंसिरसम्म महाधिवेशन गर्ने समय मिल्ने छ।

संवैधानिक व्यवस्थाअनुसार प्रत्येक राजनीतिक दलले साढे पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्छ। यो प्रावधान विगतमा उपयोग गरेको कांग्रेसले अब पनि उपयोग गर्नुपर्ने रणनीतिमा नेताहरू छन्। त्यस्तो अवस्थामा कांग्रेसलाई थप ६ महिना समय मिल्ने छ। र, २०८४ जेठसम्म महाधिवेशन गर्ने समय कांग्रेसले पाउने छ। निर्वाचनको वर्ष र कानुनी छिद्र तथा निर्वाचन आयोगमा जरिवाना तिरेर अर्को छ महिना समय थप गरे आमनिर्वाचनपछि मात्र महाधिवेशनमा जानुपर्ने पक्षमा सभापति देउवासहितका अधिक पदाधिकारी रहेको केही नेताको दाबी छ।

सभापति देउवा आफू प्रधानमन्त्री बनेर पार्टी महाधिवेशन र आमनिर्वाचन गराउन चाहन्छन्। त्यसरी निर्वाचन र महाधिवेशन गराउँदा पार्टी र संसदीय दलको समीकरण आफूअनुकूल हुने उनको सोच छ। कांग्रेस विधानअनुसार देउवा पुनः सभापतिको प्रत्यासी बन्न पाउँदैनन्।

अब देउवाले पार्टीको औपचारिक नेतृत्वबाट बिदा लिने भएपछि उनलाई खुसी बनाएर नेतृत्वमा पुग्न आकांक्षीहरूले सक्रियता बढाउँदै जाँदा महाधिवेशन मिति अन्योलमा पर्दै गएको छ। कांग्रेसमा अहिले डा. शेखर कोइराला, डा. शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, गगनकुमार थापासहितका नेता नेतृत्वमा पुग्ने आकांक्षासहित दौडधुपमा छन्।
अर्को समाचार
कांग्रेस महाधिवेशन फेरि अन्योलमा
१३ वैशाख २०७८
•
३ मिनेट पाठ
कांग्रेस महाधिवेशन फेरि अन्योलमा
कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ। पार्टी विधानको व्यवस्थाअनुसार पाँच वर्षे कार्यकाल गुजारिसकेको कांग्रेसले संवैधानिक सहारा लिँंदै आगामी भदौ पहिलो साता काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ। तर पटकपटक संशोधित कार्यतालिकाअनुसार पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढाउन नसकेको कांग्रेसका लागि कोरोना भाइरसको बढ्दो संक्रमणसँगै महाधिवेशन थप अन्योलमय बनेको छ।  




संक्रमण बढ्दै गएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक कांग्रेसले स्थगित गरेको छ। पिसिआर परीक्षणपछि मात्र बुधबार केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको कांग्रेस पदाधिकारीको आइतबारको बैठकमा संक्रमण बढ्दै गए भदौमा कसरी महाधिवेशन सम्पन्न गर्ने भन्ने विषयले प्रवेश पाएको छ। संक्रमण बढ्दै जाँदा जिल्लासहितका तल्लो निकायलाई सदस्यतासहितका विषयमा प्रश्न गर्न पनि नसकिने भन्दै नेताहरूले महाधिवेशनका विषयमा नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका छन्। ‘भाइरसको संक्रमण पनि बढ्दै जाने र क्रियाशील सदस्यता वितरणको काम पनि नसकिँदा भदौमा कसरी महाधिवेशन गर्न सकिन्छ भन्नेमा प्रशस्त कुरा उठेका छन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘तर कसरी अघि बढ्ने भन्ने टुंगोमा पुगिएको छैन।’

कांग्रेस नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता, जनसम्पर्क समिति, अनुशासन समितिसहित पार्टीको १४औं महाधिवेशनका विषयमा पदाधिकारी बैठकमा छलफल भए पनि टुंगोमा नपुगिएको जानकारी दिए। ‘कोरोना संक्रमण फेरि बढेसँगै केकसरी अघि बढ्ने र महाधिवेशन सम्पन्न गर्ने विषयमा कुरा भयो,’ पौडेलले भने, ‘छलफल टुंगो लागेको छैन। भोलि (सोमबार) पिसिआर परीक्षण गर्ने र त्यसपछि बस्ने केन्द्रीय समिति बैठकबाट धेरै विषय टुंगो लगाउनुपर्छ।’

आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने कांग्रेसलाई संवैधानिक बाध्यता छ। तर संगठन समायोजन, विवादित जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण, अनुशासनको कारबाही गरेका नेताहरूको कारबाही फुकुवा र विदेशस्थित जनसम्पर्क समितिका विषयमा कांग्रेसले अझै ठोस निर्णय लिन सकेको छैन।  

आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने कांग्रेसलाई संवैधानिक बाध्यता छ। तर संगठन समायोजन, विवादित जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण, अनुशासनको कारबाही गरेका नेताहरूको कारबाही फुकुवा र विदेशस्थित जनसम्पर्क समितिका विषयमा कांग्रेसले अझै ठोस निर्णय लिन सकेको छैन।  
त्यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय लिएको कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव संख्या ग्यारेन्टी नभएसम्म अघि नबढाउने निष्कर्ष निकालेको छ। ओलीको विकल्प खोज्न अन्य राजनीतिक दलसँग छलफललाई निरन्तर अघि बढाउने दोहोर्‍याउँदै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल भने जारी राख्ने जनाएको छ। 

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न आवश्यक संख्या अहिलेसम्म नपुगेको विश्लेषण सुनाउँदै कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने, ‘अविश्वास प्रस्ताव ल्याउन संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अघि बढ्दैनाैं। परिणामको ग्यारेन्टी भएका दिन अविश्वासको प्रस्ताव राख्छौं। त्यसका लागि छलफल र पहल भइरहेको छ।’ बिनातयारी प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्दा त्यो असफल भए एक वर्षसम्म अर्को प्रस्ताव राख्न नपाइने संवैधानिक व्यवस्था रहेको बताउँदै निधिले थपे, ‘हामी आफैं खाडलमा फस्ने काम गर्दैनौं। पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव आउँदैन।’
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस