युवा संघको अध्यक्षमा चार जना आंकाक्षी, थेवे नै दोहोरिने सम्भावना
०५ जेष्ठ २०८२
•
३ मिनेट पाठ
युवा संघको अध्यक्षमा चार जना आंकाक्षी, थेवे नै दोहोरिने सम्भावना
एमालेको शक्तिशाली जनवर्गीय संगठन युवा संघ नेपालमा दशौँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ । देशभर युवा परिचालन गर्ने क्षमता भएको संगठनको नेतृत्व कसले लिन भन्ने होडबाजी चलिरहेको छ । 




एमालेले सबै जनवर्गीय संगठनको नेतृत्व सर्वसम्मत चयन गरेको अवस्थामा युवा संघको नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गर्न निर्देशन दिइसकेको छ । नेतृत्वका लागि युवाहरू प्रतिस्पर्धा गर्ने मनस्थितिमा रहेका छन् । संघको यही ९ गतेदेखि ११ गतेसम्म पोखरामा दशौँ महाधिवेशन गर्दैछ । 

यसपटक अध्यक्षमा उपाध्यक्षहरुले दावी गरिरहँदा पार्टीको नेतृत्वले भने वर्तमान अध्यक्ष क्षितिज थेबेलाई दोहोर्‍याउने गरी छलफल थालेको छ । तीन उपाध्यक्ष र एक महासचिवले अध्यक्षमा आकांक्षा देखाएका छन् । थेवेले पार्टी काम जाने बताइएका छन् । 

तर माथिल्लो तहमा पनि अहिले समायोजन गरी हाल्ने अवस्था नभएको र संगठनलाई आगामी निर्वाचनसम्म  चलायमान बनाउनु पर्ने भन्दै थेवेलाई दोहोर्‍याउन लागेको हो । युवा संघका अध्यक्ष क्षितिज थेवेले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए । 

उनले आफू दोहोरिने नदोहोरिने भन्ने तपसिलको विषय भएको बताउँदै पार्टी संगठनलाई एक ढिक्का बनाउने अभियान लाग्ने पनि बताए । ‘चुस्त दुरुस्त नेतृत्व निर्माण गर्ने विषयमा बृहत्तर कोणबाट छलफल भैरहेको छ, बलियो एमाले संगठित एमाले बनाउने अभियान हो’, अध्यक्ष थेवेले भने ।

अहिलेमा उपाध्यक्षहरू मध्येलाई पार्टी नेतृत्वले विश्वास गर्न नसकेको बताइएको छ । थेबे अध्यक्ष हुँदा युवा संघ चलायमान भएको नेतृत्वको बुझाइरहेको छ । उनले ओली कप गरेर खेलकुदको माध्यमबाट युवा संघलाई चिनाएको, एआइ सम्मेलन गरेर युवाहरूको माझमा परिचित गराएको भन्दै नेताहरू सकारात्मक बनेका छन् । तर उनी दोहोरिँदा युवा संघमा नेतृत्व जाम हुने विषयलाई भने पार्टी नेतृत्वले प्रस्ट्याउन सकेको छैन । 

नेतृत्वको दाबी गर्नेमा महासचिव सुमन पुरी, उपाध्यक्ष कृष्णहरि केसी र महाराज गुरुङ, प्रकाश गौतम  छन् । युवा संघका पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतको बोलबाला चल्ने गरेको छ । उनकै रुचिका व्यक्ति युवा संघको नेतृत्वमा आउने पनि चर्चा थालिएको छ । केसी, गुरुङ तहगत नेतृत्वको पक्षमा रहेका छन् । 

उनीहरूको पनि ऊर्जावान् जीवन युवासँग बितेका कारण एक पटक नेतृत्व गर्ने चाहना राखेका छन् ।  पुरी महासचिव  भएका कारण नेतृत्वको दाबेदारमा रहेका छन् । उनले आफू स्वाभाविक दाबेदार रहेको बताउँदै आएका छन् । युवा संघका अध्यक्ष थेवे वा पार्टी नेतृत्वको विपक्षमा केसी, गुरुङ, गौतम र पुरी उभिने अवस्थामा छैनन् । 

एमाले जनसंगठन प्रमुख भानुभक्त ढकाल युवाले सक्षम, क्षमतावान् र योग्य व्यक्ति छनोट नगरे पार्टीले सुझाव दिने गरेका छन् । अन्य जनवर्गीय संगठनमा पनि एमालेले निर्वाचनको विधि र प्रकृया अपनाएको छैन । पेलेर नै आफूले चाहेको नेतृत्व चयन गरेको छ । युवा संघमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै इच्छामा चयन हुने युवा संघका पूर्व अध्यक्षहरू बताउने गरेका छन् । युवा संघको स्थापनाको पहिलो अध्यक्ष नै केपी शर्मा ओली हुन् । उनको चाहना विपरित कोही पनि अध्यक्ष हुने सम्भावना नभएको एमालेका नेताहरूले बताउने गरेका छन् । 

महासचिवमा पनि ४, ५ जना दाबेदार छन् । हाल कोशीको इन्चार्ज निरज पौडेल, विनय शाह, पर्वत भण्डारी, महेश चौलागाईँ, खेम शर्मा, राजु थापा  लगायत महासचिवका दाबेदार हुन् । एक उपाध्यक्ष र एक महिला उपाध्यक्षमा पनि ४, ५ जना आंकाक्षी छन् । युवा संघमा अहिले १७ जना पदाधिकारी छन् । अब ९ जना मात्रै रहने प्रावधान छ । 

महाधिवेशनले १५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ । सचिव निरज पौडेलका अनुसार  महाधिवेशनमा देशभरबाट १८ सय ३४  जना प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनको उद्‌घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको छ ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस