प्रधानमन्त्रीपत्नी राधिका शाक्यले राजनीतिमा आउने आफ्नो उद्देश्य नभएको बताएकी छन्। आफ्नो हालै प्रकाशित पुस्तक ‘करुणा’ माथि सोमबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै उनले भनिन्, ‘मलाई जे ठिक/बेठिक लागेको छ, त्यो किताबमार्फत व्यक्त गरेकी छु।’
प्रेस चौतारी नेपालको आयोजनामा पुस्तकमाथि पत्रकार बबिता बस्नेत र देवी नेपालले आफ्ना समालोचना प्रस्तुत गरिएको उक्त कार्यक्रममा उनले सोधिएका प्रश्नबारे जवाफ दिएकी थिइन्। ‘म राजनीतिमा आउँला कि भनेर चिन्ता नगर्न विनम्र अनुरोध छ’, उनले भनिन्। बहालवाला प्रधानमन्त्रीपत्नीले पुस्तक लेखेर सार्वजनिक गरेको सम्भवत: यो पहिलोपटक हो।
राजनीतिबाट टाढै रहे पनि उनले आफूलाई राजनीति नबुझ्ने महिलाका रूपमा नबुझ्न पनि आग्रह गरेकी छन्। राजनीतिक नेता ओलीले बिहेका बेला आफूले कुनै रकम खर्च गर्न नसक्ने, बिहेपछि समय पनि दिन नसक्नेजस्ता शर्त राख्दा पनि उनले विवाह गरेकी थिइन्। कहाँसम्म भने बिहेअघिसम्म उनी भान्छाको काममा समेत लागेकी थिइनन्। ‘बिहेपछि भने म भान्छाको काम गर्न बाध्य भएँ’, उनले भनिन्।
नेपाल राष्ट्र बैंकको निर्देशक बनेर सेवा गरेकी उनले ३३ वर्ष काम गरेर अवकाशपछि ढुक्कैसँग प्रधानमन्त्री ओलीको राजनीतिक क्षेत्रलाई भरथेग हुने गरी परिवार सम्हालेकी छन्। सानैदेखि लेखपढमा रुचि भएका कारण उनले दुई पुस्तक प्रकाशन गरिसकेकी छन्। प्रधानमन्त्री ओली र आफूबिच धेरै विशेषता फरक भए पनि समानता पनि कैयन् विषयमा रहेको उनले उल्लेख गरिन्।
ओलीसँग विवाह गरेको ३८ वर्ष भइसकेको छ। उनले ओलीका अध्ययनशील व्यवहार र देशलाई माया गर्ने बानीप्रति आफू पनि आकर्षित भएको बताइन्। ओलीकै प्रेरणाले लेखपढमा लागेको उल्लेख गर्दै उनले आफूलाई विद्यावारिधिका निम्ति पनि आग्रह गरेको जानकारी दिइन्। ओलीमा पढेको कुरा सम्झने र यात्रा गर्दा हिमालका सबै नाम बताउने गरेको बताइन्। उनले सगरमाथा, गौरीशंकर र कञ्चनजंघाबाहेक कुनै हिमाल चिन्न नसकेको रमाइलो पक्षको चर्चा पनि गरिन्।
शाक्य थर भएका विभिन्न व्यक्तिलाई आफूसँग जोड्ने गरेकोमा उनले रमाइलो लाग्ने गरेको बताइन्। आफूहरूले पदको दुरूपयोग गरेर कसैलाई नियुक्ति नदिएको पनि उनले उल्लेख गरिन्। आफूहरूको परिवारका सदस्यलाई केही नगरे पनि मानिसले राज्यस्रोत दुरूपयोग गरेर सेवा लिएको ठान्ने गर्दा अनौठो लाग्ने गरेको उल्लेख गरिन्।
एकपटक उनकै साख्खै बहिनी अस्पतालबाट काम गरेर फेरि क्लिनका लागि काममा जाँदा ट्याक्सी ड्राइभरले ओलीले आफ्ना नातागोतालाई गाडी दिने गरेको भनी चाहिने–नचाहिने आलोचना गरेका थिए। त्यो सहन नसकी उनले ट्याक्सीबाट ओर्लेर आफूले ओलीबाट गाडी पाएको भए तपाईंको ट्याक्सी चढ्नुपथ्र्यो भनेर गाली गर्नुपरेको प्रसंग उनले उल्लेख गरिन्।