नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहायता परियोजना यूएसएड काटिँदा आफू खुसी भएको बताएका छन्।
मङ्गलबार (आज) काठमाडौंमा पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'यूएसएड गयो भनेर भनियो। भित्रैबाट सोध्नुहुन्छ भने म खुसी छु। हामी सधैँ त्यहीँ निर्भर हुने ? अब हामी सक्छौँ, आफैँ इन्डिपेन्डेन्ट हुने हो,' उनले भने।
उनले नेपालले आफैँ प्रगति गर्न सक्ने बताए। अहिले देश अलमलिरहेको उल्लेख गर्दै उनले भने, 'करप्सनमा लिप्त छौँ, दण्डहीनतालाई प्रोत्साहन गरेर अगाडि बढेका छौँ, गूड गभर्नेसन्स छैन। अनि कसरी हुन्छ ? यी विषयलाई सुधारौँ, नेपाललाई नेपालजस्तो बनाउन सकिन्छ,' उनले भने।