एकीकृत समाजवादीका नेता घनश्याम भुसालले मुख्य दलहरूले राजनीतिलाई केवल सत्ता भोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले सत्ताधारीहरू नालायक बन्दै र सडक अराजक बन्दै जाँदा समाजको निराशाले अझ भयावहरुप लिने पनि बताएका छन्।
'मुख्य दलहरूले राजनीतिलाई केवल सत्ता भोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको छ । यो राष्ट्रिय निराशाको समाधानलाई राष्ट्रिय एजेण्डा नबनाउँदा मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरूले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेका छन्', उनले लेखेका छन्, 'सत्ताधारीहरू नालायक बन्दै र सडक अराजक बन्दै जाँदा समाजको निराशाले अझ भयावहरुप लिनेछ । नागरिकलाई नयाँ जीवनको बाटो नदेखाउने कुनै पनि व्यवस्था संसार भरी कहीँ पनि सुरक्षित छैनन् । यसलाई राष्ट्रिय एजेण्डा बनाउन ढिलो भैसकेको छ ।'
उनले भ्रष्टाचार नगर्ने राजनीतिक नेतृत्वका साथ कृषि, उद्योग, पर्यटन, जलविद्युत तथा पूर्वाधारको योजनाबद्ध विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सङ्कल्प गर्ने हो भने १० वर्षमा सबै युवालाई रोजगार बनाउन सकिने बताएका छन्।
उनले लेखेका छन्,'नागरिकका लागि नयाँ जीवन भनेको रोजगारी र सुशासन हो । भ्रष्टाचार नगर्ने राजनीतिक नेतृत्वका साथ कृषि, उद्योग, पर्यटन, जलविद्युत तथा पूर्वाधारको योजनाबद्ध विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सङ्कल्प गर्ने हो भने १० वर्षमा सबै युवालाई रोजगार बनाउन र सबै क्षेत्रमा व्याप्त भ्रष्टाचार–ढिलासुस्तीलाई हटाउन सकिन्छ, मुलुकले कोल्टे फेर्छ । अपमानको इतिहासबाट मुलुकले मुक्ति पाउँछ । त्यसैले आउनु होस् छलफल गरौँ।'