प्रधानमन्त्री ओलीलाई दाहालको सुझाव : मेन्टल हस्पिटल गएर जँचाउनुस्
०९ जेष्ठ २०८२
•
१ मिनेट पाठ
प्रधानमन्त्री ओलीलाई दाहालको सुझाव : मेन्टल हस्पिटल गएर जँचाउनुस्
नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पताल (मेन्टल हस्पिटल) गएर स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन् । युवा संघको महाधिवेशनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी र दाहालको अभियान राजावादीसँग मिल्ने भएको टिप्पणी गरेका थिए।




त्यसको प्रतिक्रिया दिँदै दाहालले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्। प्रेस सेन्टर गण्डकी प्रदेशले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले भने, 'म सुन्दैछु, राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर प्रधानमन्त्रीले बोले रे । यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीजीलाई एकपटक मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु ।’

दाहालले राजावादीको गतिविधि जति बढे पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । यसले यथास्थितिवादी र प्रतिगमनवादीका बीचमा कहीँ न कहीँ साँठगाँठ भएको हो कि भन्ने आशंकासमेत बढेको उनले टिप्पणी गरे । राजावादीले गरेका हर्कतहरूको भण्डाफोर गर्ने, विरोध गर्ने, त्यसविरुद्ध जनमत तयार गर्ने काममा सरकार बिलकुल गैरजिम्मेवार देखिएको उनले बताए।

'सरकार मूकदर्शक बनेपछि बाध्य भएर हामीले राजावादीको प्रतिगमन र वितण्डाविरुद्ध काठमाडौंमा चैत १५ गते एकलाख भन्दा बढी जनता उतारेर प्रतिवाद गर्‍यौँ,' उनले भने। तर, माओवादीको प्रतिवादका कारण राजावादी ठेगान लागे पनि त्यसले गर्दा सरकारलाई भने राहत मिलेको उनले बताए। 'माओवादीको प्रतिवादले भ्रष्टाचारी सरकारलाई राहत मिलेको छ,' उनले भने।
अर्को समाचार
'भन्ने संविधान संशोधन, गर्ने अर्कै !'
०८ साउन २०८२
•
१ मिनेट पाठ
'भन्ने संविधान संशोधन, गर्ने अर्कै !'
राइजिङ नेपाल समिट-२०५२ मा पुष्पकमल दाहाल। तस्बिर: दाहालको सचिवालय।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले 'भन्ने एउटा, गर्ने अर्कै' को शृङ्खला बढेको टिप्पणी गरेका छन्। नेपालखबरको १०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित 'राइजिङ नेपाल समिट-२०२५' मा बोल्दै दाहालले यस्तो बताएका हुन्।




'भन्ने एउटा, गर्ने अर्कै! भन्ने संविधान संशोधन, गर्नेचाहिँ अर्कै; अब देखिरहेकै छ। यस्तो गर्न थाल्यौँ भने र हामीले आफ्नो कमी-कमजोरीको समीक्षा गर्नेतिर लागेनौँ भने जनतालाई धेरै समय सन्तुष्ट भइदिनुपर्‍यो भनेर तथ्याङ्क मात्रै व्यक्त गरेर हुँदैन' उनले भने।

पछिल्लो सरकार गठनका लागि बनेको कांग्रेस-एमाले गठबन्धनले संविधान संशोधनको मुद्दालाई मुख्य रूपमा उठाएको छ तर, अहिलेसम्म त्यसका बारेमा छलफलसमेत सुरु भएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसमझदारीअनुरूप संशोधन नहुने बताएका छन्। उनले २०८७ सालमा मात्रै संविधान संशोधन सम्भव हुने बताएका छन्।

यहीतर्फ लक्षित गर्दै दाहालले एउटा भनिए पनि गर्नेचाहिँ अर्कै भएको टिप्पणी गरेका हुन्।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १४ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
यो पनि पढौँ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस