राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकार एकलाई अर्काले बचाउनका लागि बनेको दाबी गर्न सकिने अवस्थातिर गइरहेको टिप्पणी गरेको छ।
पार्टी मुख्यालय वनस्थली च:मतिमा जारी बैठकका बीच पत्रकारहरूसँग कुराकानी गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले यस्तो टिप्पणी गरेका हुन्।
'यथास्थितिमा भ्रष्ट र तस्करहरूले चलाएको गठबन्धनले यो देशलाई कतै पुर्याउला जस्तो देखिँदैन। एकअर्कालाई संरक्षित गरेर भ्रष्ट, विभिन्न खाले अभ्यासहरू गरिने; यो गठबन्धन परिवर्तन हुँदै गर्दा पनि हामीले भनेका थियौँ, जुन आज फेरि दोहोर्याउन चाहन्छौँ कि यो कतै एकअर्कालाई बचाउनका लागि र खुलेका फाइलहरू फेरि बन्द गर्नका लागि बनेको गठबन्धन त होइन ? हामीले आशङ्का गरेका थियौँ र त्यो अबचाहिँ दाबी गर्न सकिने अवस्थामा पुगेको छ,' झाले भने।
कार्यवाहक प्रवक्ता झाले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणले यो प्रमाणित गरेको जिकिर गरे। गृहमन्त्री लेखकले हलुकासँग गृहमन्त्री लेखकले प्रमाणित भए राजनीति नै छाड्ने भनेको तर, त्यो अपूर्ण हुने बताए।
उनले भने, 'गृहमन्त्रीज्यूले निकै शालीन तवरले के बोलिदिनुभयो भने यो प्रमाणित भयो भने राजनीति छोडिदिन्छु भनेर। यो प्रमाणित भयो भने त राजनीति छाड्ने होइन, जेल जाने हो। राजनीति छाड्नैपर्छ त्यसपछि, त्यो अप्सन नै होइन।'