प्रतिनिधिसभा बैठक बुधबार (भोलि) सम्मका लागि स्थगित भएको छ।
विपक्षी दलहरू टसमस नभएपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि सरेको सङ्घीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएको छ।
आज बिहान ११ बजे बैठक बसेको थियो। उक्त बैठक विपक्षी दलहरूले नै अवरोध गरेपछि स्थगित भएको थियो। माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान राखेका छन्।
बिहान ११ बजे स्थगित भएको बैठक साढे २ मा बस्ने भनिएको थियो। तर, उक्त समयमा पनि बस्न सकेन। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरे तर, उनीहरू टसमस भएनन्। यसपछि बैठक भोलिसम्मका लागि स्थगित भएको होश्र