गणतन्त्रमा रमाउने र गणतन्त्र मन नपराउनेबीच बिहीबारको ‘मुकाबला’ सकिएको छ। बिहीबार प्रदर्शनी मार्गमा भएको नेकपा (एमाले)को गणतन्त्र उत्सवका तस्बिर र सोही दिन दिउँसो शान्तिबाटीमा भएको राजवादीको आन्दोलनका दृश्य भने अहिले सामाजिक सञ्जालमा प्रतिश्पर्धा गर्दै छन्।
राजवादीहरूले प्रदर्शनी मार्गको ठुलो चौरमा खाली भिडलाई देखाएर ‘पूरै काठमाडौं कब्जा गर्न सफल भएकोमा नेकपा (एमाले) र त्यसका अध्यक्ष प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई हार्दिक शुभकामना!’ भन्दै व्यंग्य गरेका छन्।
त्यस्तै गणतन्त्रवादीले पनि राजवादीको सानो भिडलाई लक्षित गरेर खिचेको तस्बिर पोस्ट गरेर उनीहरू खुम्चिँदै गएको भन्दै आनन्द लिएका छन्।
तर खासमा ती देखाइएका दुवै फोटाले साँचो भने बोलेका थिएनन्। भिड जम्मा हुनु अगाडि खिचिएका यी दुवै तस्बिरले साँचो अर्थमा आन्दोलन र उत्सवको सही दृश्य वर्णन गर्दैनथ्यो।
एमालेको उत्सव।आन्दोलनमा कसको भिड कति थियो त्यो गन्ती पछि होला। तर तस्बिरमा देखिएको जस्तो न कसैको कार्यक्रमस्थल त्यति खाली थियो न त तस्बिरमा देखाइएको जस्तो कसैको कार्यक्रममा जनसागर नै उर्लिएको थियो।
राजावादीको आन्दोलन।एउटा साँचो कुरा के हो भने गणतन्त्र ल्याउन ज्यान जोखिममा मोल्नेहरू उत्सवमा सहभागी हुन त्यति इच्छुक देखिएनन्, जति पर्थ्यो। अनि राजावादीको भेलामा सहभागी हुन आएकामा पनि त्यो नैतिक बल देखिएन, जति देखिन पर्थ्यो। भनिन्छ, हजार शब्दले बोल्न नसकेको कुरा एउटा तस्बिरले बोल्छ। तर कहिले काहीँ त्यही तस्बिरको सत्यता वर्णन गर्न केही सय शब्द खर्च गर्नैपर्ने बनाउँछ।
राजावादीले गणतन्त्रविरुद्ध गरिरहेको प्रदर्शनलाई जनआन्दोलन भन्ने गरेको छ। तर, सरकारले भने राजावादी प्रदर्शनलाई ‘घटना’को संज्ञा दिएको छ। बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले राजावादी प्रदर्शनलाई ‘घटना’को संज्ञा दिएका हुन्।
गृहमन्त्री लेखकले राजावादी प्रदर्शनलाई घटनाको संज्ञा दिँदा समिति बैठकमा रमाइलो हाँसी मजाक पनि चलेको थियो।
प्रसङ्ग राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद बुद्धिमान तामाङले राप्रपा सांसदका ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) फिर्ता बोलाएको विषयमा प्रश्न सोधेपछि निस्किएको हो। प्रहरीले केही दिन अगाडि राप्रपाका सांसदहरू ज्ञानेन्द्र शाही, ध्रुवबहादुर प्रधान र दीपक सिंहसँग खटिएका पिएसओ फिर्ता बोलाएको थियो। सोही विषय गृहमन्त्री लेखकसामु राप्रपा सांसद तामाङले उठाएका थिए। त्यसको जवाफ दिँदा गृहमन्त्री लेखकले राजावादी प्रदर्शनलाई ‘घटना’ संज्ञा दिएका हुन्।
गृहमन्त्रीको रोचक जवाफ र हाँसी मजाकको ब्यहोरा
गृहमन्त्री लेखकले जवाफ दिँदै गर्दा राजावादी प्रदर्शनको प्रसंगमा पुग्दा हाँसी हाँसी जवाफ दिएका थिए। ‘पूर्व राजावादी केही संस्थाहरू राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल र संस्थाहरूले गरिराखेको..(केही बेर रोकिएर) ..घटनाहरू’.. गृहमन्त्री लेखक भन्छन्।
त्यसपछि राप्रपा बुद्धिमान तामाङ गृहमन्त्रीलाई ‘करेक्सन’ गराउन खोज्दै भन्छन्–‘जनआन्दोलन’। तामाङको बोली भुईँमा नखस्दै गृहमन्त्री लेखक अडान कस्दै दोहोर्याउँछन्–‘घटनाहरू’।
हलमा सांसदहरूको हाँसो गुन्जिन्छ। त्यही हाँसोकै भिडमा सुनिन्छ–तपाईँको आफ्नो भाषा, गृहमन्त्रीको आफ्नो भाषा !
त्यसपछि सांसद तामाङ बिचमा बोल्दैनन्। गृहमन्त्री लेखक आफ्नो भनाई अघि बढाउँछन्। ‘घटनाहरूका बारेमा प्रश्न उठेको छ। मेरो आग्रह के हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौँ,’ गृहमन्त्री भन्छन्, ‘यो संविधान हाम्रा पूर्वजहरूले धेरै त्याग, तपस्या, बलिदान, शहादत दिएर र हजुर हाम्रो पुस्ताले धेरै ठुलो लगानी मेहनत गरेर हामी यो ठाउँमा पुगेका छौँ।’
गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशिताबाट पछाडि फर्किने विषयले मुलुकलाई फेरि अन्धकारतर्फ लैजाने उनी बताउँछन्। ‘यसमा सबै हामी प्रस्ट हुन जरुरी छ। त्यसो हुनाले मेरो आग्रह के छ भने, संविधानका यी आधारभूत व्यवस्थालाई उल्ट्याउने, संविधानलाई फाल्ने काममा हामी कोही पनि नलागौँ। सरकारको धारणा यही हो,’ गृहमन्त्री लेखकले भने।
यी फाल्न नमिल्ने र नहुने भन्दै उनले त्यसमा नलाग्न राजावादीलाई आग्रह गरे। उनले भने, ‘गणतन्त्र फाल्न मिल्दैन, हुँदैन। यो संविधान फाल्न मिल्दैन, हुँदैन। त्यस कारण त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिनुहुन मेरो सादर अनुरोध छ।’
त्यसपछि गृहमन्त्री लेखक सुरक्षाकर्मी फिर्ता बोलाएको विषयमा प्रवेश गरे। ‘सुरक्षाकर्मी फिर्ता गरेको विषय, अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, त्यस कारण तत्कालका लागि ती सुरक्षाकर्मीलाई यता राखिएको हो,’ उनले भने, ‘यी घटनाहरू भएनन् भने यी सुरक्षा पुनर्स्थापित गरिन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...