सरकारका प्रवक्ता भन्छन्: राजावादी आन्दोलनमा गएर मर्नेहरू सहिद घोषणा हुन्नन्
२३ वैशाख २०८२
•
१ मिनेट पाठ
सरकारका प्रवक्ता भन्छन्: राजावादी आन्दोलनमा गएर मर्नेहरू सहिद घोषणा हुन्नन्
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा गएर ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने बताएका छन्। मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। 




‘१५ गतेको घटनामा सविन महर्जन प्रतिगामी आन्दोलनमा सत्ता विप्लवको आन्दोलन हो नि त्यो,’ मन्त्री गुरुङले भने, ‘उनीहरूले सके त्यो दिन अराजकता फैलाएर यस्तो भयावह अवस्था सिर्जना गर्थे कि काठमाडौं राजावादीको हातमा गयो भनेर सिंहदरबार आत्मसमर्पण गर्नुपर्ने। यो बहुदलीय व्यवस्था समाप्त पार्ने, यो गणतन्त्र समाप्त पार्ने।’ 

त्यस्तो आन्दोलनमा जाने धनी होस् कि गरिब जुनसुकै वर्गको मान्छे भए पनि त्यसले गरेको राजनीतिक विचारको समर्थन गर्‍यो भन्ने कुरा आउने उनले बताए।  उनले भने, ‘लोकतन्त्रको समर्थन गर्‍यो कि अधिनायकतन्त्रको ? हामीजस्तै मान्छेहरू के भन्छन् फेरि लोकतन्त्र मासेर राजतन्त्र ल्याउँछु भनेर लागेको आन्दोलनकारी मर्‍यो, त्यसलाई चाहिँ सहिद गर्नुपर्‍यो रे।’

यो कुरा पनि लोकतन्त्रवादी र गणतन्त्रवादीबाट आएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘यो कुरा लोकतन्त्रवादी र गणतन्त्रवादीले भनिदिएपछि राजनीतिको यो नौटंकी कहिले समाप्त हुन्छ?’, उनले प्रश्न गरे। 

गणतन्त्रवादी भन्नेहरूले आफ्नै गाउँ, प्रदेश, जिल्ला वा निर्वाचन क्षेत्रको भएपछि यो कुरा प्रस्ट भन्नुपर्ने उनले बताए। ‘राजावादी आन्दोलनमा जानेहरू चाहिँ राजावादी आन्दोलनमा मर्‍यो अनि लोकतन्त्रवादीले सहिद घोषणा गर्ने कुरा हुन्छ?,’ उनले प्रश्न गरे।

०४६ सालको आन्दोलमा ४९ जना र ०६२/६३ को आन्दोलनमा १९ जना मारिएकालाई पूर्व राजा ज्ञानेन्द्र शाहले सहिद घोषणा नगरेको पनि मन्त्री गुरुङले बताए। उनले भने, ‘पछि हाम्रो सरकार आएपछि हामीले घोषणा गर्नुपर्‍यो। सविन महर्जनलाई सहिद घोषणा गर्न त राजा ज्ञानेन्द्रको शासन आएपछि गर्ने हो।’ 

पत्रकार सुरेश रजकको भने बेग्लै कुरा रहेको उनले बताए। 
अर्को समाचार
राजावादी प्रदर्शनकाे नाम: राजावादीको दाबी-‘जनआन्दोलन’, सरकारको टिप्पणी-‘घटना’
२१ जेष्ठ २०८२
•
२ मिनेट पाठ
राजावादी प्रदर्शनकाे नाम: राजावादीको दाबी-‘जनआन्दोलन’, सरकारको टिप्पणी-‘घटना’
राजावादीले गणतन्त्रविरुद्ध गरिरहेको प्रदर्शनलाई जनआन्दोलन भन्ने गरेको छ। तर, सरकारले भने राजावादी प्रदर्शनलाई ‘घटना’को संज्ञा दिएको छ। बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले राजावादी प्रदर्शनलाई ‘घटना’को संज्ञा दिएका हुन्। 




गृहमन्त्री लेखकले राजावादी प्रदर्शनलाई घटनाको संज्ञा दिँदा समिति बैठकमा रमाइलो हाँसी मजाक पनि चलेको थियो।  

प्रसङ्ग राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद बुद्धिमान तामाङले राप्रपा सांसदका ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) फिर्ता बोलाएको विषयमा प्रश्न सोधेपछि निस्किएको हो। प्रहरीले केही दिन अगाडि राप्रपाका सांसदहरू ज्ञानेन्द्र शाही, ध्रुवबहादुर प्रधान र दीपक सिंहसँग खटिएका पिएसओ फिर्ता बोलाएको थियो। सोही विषय गृहमन्त्री लेखकसामु राप्रपा सांसद तामाङले उठाएका थिए। त्यसको जवाफ दिँदा गृहमन्त्री लेखकले राजावादी प्रदर्शनलाई ‘घटना’ संज्ञा दिएका हुन्। 

गृहमन्त्रीको रोचक जवाफ र हाँसी मजाकको ब्यहोरा

गृहमन्त्री लेखकले जवाफ दिँदै गर्दा राजावादी प्रदर्शनको प्रसंगमा पुग्दा हाँसी हाँसी जवाफ दिएका थिए।  ‘पूर्व राजावादी केही संस्थाहरू राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल र संस्थाहरूले गरिराखेको..(केही बेर रोकिएर) ..घटनाहरू’.. गृहमन्त्री लेखक भन्छन्। 

त्यसपछि राप्रपा बुद्धिमान तामाङ गृहमन्त्रीलाई ‘करेक्सन’ गराउन खोज्दै भन्छन्–‘जनआन्दोलन’।  तामाङको बोली भुईँमा नखस्दै गृहमन्त्री लेखक अडान कस्दै दोहोर्‍याउँछन्–‘घटनाहरू’। 

हलमा सांसदहरूको हाँसो गुन्जिन्छ। त्यही हाँसोकै भिडमा सुनिन्छ–तपाईँको आफ्नो भाषा, गृहमन्त्रीको आफ्नो भाषा ! 

त्यसपछि सांसद तामाङ बिचमा बोल्दैनन्। गृहमन्त्री लेखक आफ्नो भनाई अघि बढाउँछन्।  ‘घटनाहरूका बारेमा प्रश्न उठेको छ। मेरो आग्रह के हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौँ,’ गृहमन्त्री भन्छन्, ‘यो संविधान हाम्रा पूर्वजहरूले धेरै त्याग, तपस्या, बलिदान, शहादत दिएर र हजुर हाम्रो पुस्ताले धेरै ठुलो लगानी मेहनत गरेर हामी यो ठाउँमा पुगेका छौँ।’ 

गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशिताबाट पछाडि फर्किने विषयले मुलुकलाई फेरि अन्धकारतर्फ लैजाने उनी बताउँछन्। ‘यसमा सबै हामी प्रस्ट हुन जरुरी छ। त्यसो हुनाले मेरो आग्रह के छ भने, संविधानका यी आधारभूत व्यवस्थालाई उल्ट्याउने, संविधानलाई फाल्ने काममा हामी कोही पनि नलागौँ। सरकारको धारणा यही हो,’ गृहमन्त्री लेखकले भने। 

यी फाल्न नमिल्ने र नहुने भन्दै उनले त्यसमा नलाग्न राजावादीलाई आग्रह गरे। उनले भने, ‘गणतन्त्र फाल्न मिल्दैन, हुँदैन। यो संविधान फाल्न मिल्दैन, हुँदैन। त्यस कारण त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिनुहुन मेरो सादर अनुरोध छ।’ 

त्यसपछि गृहमन्त्री लेखक सुरक्षाकर्मी फिर्ता बोलाएको विषयमा प्रवेश गरे। ‘सुरक्षाकर्मी फिर्ता गरेको विषय, अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, त्यस कारण तत्कालका लागि ती सुरक्षाकर्मीलाई यता राखिएको हो,’ उनले भने, ‘यी घटनाहरू भएनन् भने यी सुरक्षा पुनर्स्थापित गरिन्छ।’ 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस