राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राप्रपा, राप्रपा नेपाललगायतका राजावादी समूहले सोमबार (जेठ १९) का लागि घोषणा गरेको काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएका छन्।
आइतबारको प्रदर्शनमा प्रहरी हस्तक्षेप र दमन भएको आरोप लगाउँदै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बन्दको आह्वान गरेका थिए। तर जेठ १८ गते हिरासतमा लिइएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दिपक सिंहलगायत सबै नेता-कार्यकर्ता रिहा भएपछि बन्द फिर्ता लिइएको सुवेदीले विज्ञप्तिमार्फत जनाएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सामान्यतया बन्द-हडतालजस्ता कार्यक्रमको विपक्षमा रहेको उल्लेख गरेका छन्। उनले नेताहरूको रिहाइपछि बन्दमा सहभागिता नजनाउने स्पष्ट पारे। आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाहबाट निर्णय भएपछि सक्रिय सहभागिता रहने उनले जानकारी दिएका छन्।
आइतबारको प्रदर्शनमा प्रहरी दमनमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सरकारी हस्तक्षेपको भर्त्सना समेत गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...