नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल मुस्ताङ पुगेका छन्। मङ्गलबार (हिजो) म्याग्दीको भुरूङ पुगेका दाहाल दिउँसो मुस्ताङको मार्फा पुगेका हुन्।
उनले त्यहाँ विभिन्न कार्यक्रमहरूलाई सम्बोधन गर्नेछन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले 'भन्ने एउटा, गर्ने अर्कै' को शृङ्खला बढेको टिप्पणी गरेका छन्। नेपालखबरको १०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित 'राइजिङ नेपाल समिट-२०२५' मा बोल्दै दाहालले यस्तो बताएका हुन्।
'भन्ने एउटा, गर्ने अर्कै! भन्ने संविधान संशोधन, गर्नेचाहिँ अर्कै; अब देखिरहेकै छ। यस्तो गर्न थाल्यौँ भने र हामीले आफ्नो कमी-कमजोरीको समीक्षा गर्नेतिर लागेनौँ भने जनतालाई धेरै समय सन्तुष्ट भइदिनुपर्यो भनेर तथ्याङ्क मात्रै व्यक्त गरेर हुँदैन' उनले भने।
पछिल्लो सरकार गठनका लागि बनेको कांग्रेस-एमाले गठबन्धनले संविधान संशोधनको मुद्दालाई मुख्य रूपमा उठाएको छ तर, अहिलेसम्म त्यसका बारेमा छलफलसमेत सुरु भएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसमझदारीअनुरूप संशोधन नहुने बताएका छन्। उनले २०८७ सालमा मात्रै संविधान संशोधन सम्भव हुने बताएका छन्।
यहीतर्फ लक्षित गर्दै दाहालले एउटा भनिए पनि गर्नेचाहिँ अर्कै भएको टिप्पणी गरेका हुन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...