राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले संसद्मा आफूहरूले राम्रो भूमिका खेल्न नसकेको बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।
'संसद्मा राम्रो भूमिका खेलेका छौँ भन्ने लाग्दैन। उद्देश्य, अभ्यासको प्रयास र कोसिस छ। तर, नीतिगत रूपमा सुधार ल्याउन सकेका छैनौँ। फन्डामेन्टल रूपमा त केही गरेका छौँ। संसद्मा कहिल्यै पनि क्यालेन्डर थिएन, यो प्रस्ताव हाम्रै थियो। बायोमेट्रिक एटेन्डेन्स थिएन, हाम्रो माग थियो। इमेल र ह्वाट्सएपमा सक्रिय छौँ, त्यो पनि हामीले प्रस्ताव गर्यौँ। फन्डामेन्टल रूपमा केही काम गर्न सकेका छौँ। नीतिगत रूपमा प्रोडक्टिभिटीमा काम गर्न सकेनौँ,' झाले भने।
उनले सङ्ख्यात्मक रूपमा आफूहरू 'कमजोर' रहेको स्वीकारे। 'सङ्ख्यागत रूपमा एकदमै म्याटर गर्दोरहेछ। सङ्ख्या पुगेन। हामीसँग इनर्जी र आइडिया छ। मध्यमार्गमै हराएको र हारेको छैन,' उनले भने।