'सरकारले सिङ्गो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर संविधानप्रदत्त अधिकारको उपहास गर्‍यो'
०१ असार २०८२
•
१ मिनेट पाठ
'सरकारले सिङ्गो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर संविधानप्रदत्त अधिकारको उपहास गर्‍यो'
राप्रपा नेपालले सरकारले आन्दोलनबाट त्रसित भएर सिङ्गो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरी संविधाप्रदत्त अधिकारको उपहास गरेको जिकिर गरेको छ। आइतबार (आज) बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।




'आन्दोलनमा सरकारको दमन र निरंकुश कार्यशैलीको राप्रपा नेपाल निन्दा र भर्त्सना गर्दछ। आन्दोलनमा बढ्दो जनसहभागिताबाट त्रसित सरकारले सिङ्गो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र बिना हातहतियार भेला हुन पाउने अधिकारको उपहास गरेको छ,' बैठकको निष्कर्ष र निर्णयबारे महामन्त्री राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

राप्रपा नेपालले आन्दोलनका थप कार्यक्रमहरूमा पार्टीले अग्रणी भूमिका खेल्न तयार रहेको पनि बताएको छ। त्यस्तै संयुक्त जनआन्दोलन समितिको विस्तार तल्लो तहसम्म हुनुपर्नेमा जोड गरेको छ।

फरक प्रसङ्गमा राप्रपा नेपालले भिजिट भिसा प्रकरणले नेपालको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत भइरहेको उल्लेख गरेको छ। 'अवैध मानव तस्करी र सङ्गठित अपराधको जालोमा सरकारी संयन्त्रकै संलग्नताका कारण हजारौं नेपाली युवायुवतीहरू विदेशमा अलपत्र पर्ने, बेचिने र नारकीय जीवन बिताउन बाध्य हुने अवस्था सिर्जना भएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको मानव अधिकार र सुशासनको अवस्थामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ,' त्यहाँ भनिएको छ।
अर्को समाचार
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अभिभावकको रूपमा राजा राखौँ : कमल थापा
१९ असार २०८२
•
१ मिनेट पाठ
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अभिभावकको रूपमा राजा राखौँ : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक अहिले भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको भन्दै छाडातन्त्र रोक्नको लागि अभिभावकको रूपमा राजसंस्था जरुरी भएको बताएका छन्।




पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरे। उनले मुलुक अभिभावकविहीन भएको चर्चा गर्दै यसैका कारण विदेशी हस्तक्षेप तथा चलखेल बढेको पनि बताए। 

अहिले कसैको डरभर नभएकाले राष्ट्रद्रोही कामहरू समेत गर्न पछि नपरेको अवस्था देखिएको उनको धारणा थियो। धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएकोमा थापाले चिन्ता प्रकट गरे।

यी सबैका कारण आफूहरूले राजसंस्थाको आवश्यकता महसुस गरेको उनको स्पष्टोक्ति थियो। उनले भने, ‘राष्ट्रिय एकता, अखण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणको लागि राजसंस्था हामीहरूको आस्था र विश्वाससहितको वैचारिक अवधारणा हो।’
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस