सरकारमा जाने बेला रविलाई विराजभक्तले भनेका थिए: सरकारमा जाने हाम्रो ‘म्यान्डेट’ होइन
०२ असार २०८२
•
३ मिनेट पाठ
सरकारमा जाने बेला रविलाई विराजभक्तले भनेका थिए: सरकारमा जाने हाम्रो ‘म्यान्डेट’ होइन
पछिल्लो संसदीय निर्वाचनमा अनपेक्षित रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगत्तै गठन भएको सरकारमा सामेल भयो। त्यो मिति थियो, २०७९ पुस १० गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारमा नेकपा (एमाले) सहित रास्वपा पनि थियो। रास्वपा सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाएका थिए। त्यसबेला रास्वपाले अन्य थप दुई मन्त्रालयसहित एक राज्यमन्त्रीसमेत पाएको थियो।




तर, लामिछानेले धेरै समय पदमा रहन पएनन्। त्यही वर्षको माघ १३ गते नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदियो। यसपछि उनको उपप्रधान तथा गृहमन्त्री पद स्वत: खारेज भयो। तर, रास्वपाबाटै श्रममन्त्री रहेका डोलप्रसाद अर्याल, शिक्षामन्त्री रहेका शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री रहेकी डा. तोसिमा कार्की माघ २२ सम्म पदमा रहे। यसपछि उनीहरू पनि पदबाट बाहिरिए।

त्यसबीचमा रास्वपाले गृह मन्त्रालय नै मागेको थियो। पार्टी सभापति लामिछानेको सांसद पद खारेज भए पनि पार्टीकै अरु कोही सांसदलाई उक्त मन्त्रालय दिने गरी रास्वपाले सोचेको थियो। तर, प्रधानमन्त्री दाहाल गृह मन्त्रालय दिन तयार भएनन्। यसपछि रास्वपाका अन्य तीन मन्त्रीले पनि पद छाडेका थिए। त्यसबेला रास्वपाको आलोचना भएको थियो। जनतालाई डेलिभरी दिने, सुशासनको प्रत्याभूति दिनेलगायतका विषयको ‘रटान’ लगाएर उदाएको रास्वपाले मन्त्रालयमै ‘बार्गेनिङ’ गरेको भन्दै तीव्र आलोचना भएको थियो। 

रास्वपा सभापति रवि लामिछाने।
यसपछि २०८० फागुन २३ गते लामिछाने दोस्रोपटक गृहमन्त्री बने। साथमा रास्वपाले अन्य चार मन्त्रालय पनि पायो। त्यसबीचमा लामिछाने पुन: चितवन २ बाटै निर्वाचित भइसकेका थिए। पहिलो पटक निर्वाचित हुँदा सांसद पद खारेज भएका लामिछानेले दोस्रोपटक उही सरकारमा सहभागी भए। त्यसपछि पुन: उनको आलोचना भएको थियो। त्यसबेला धेरैले रास्वपा पनि पुरानो दलहरूकै ठाउँमा देखिएको बताउँथे।

तर, रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने पहिलो पटक सरकारमा जाने बेला नै ‘म्यान्डेट’ नभएको बताएका थिए। विगत सम्झिँदै श्रेष्ठले भनेका छन्, ‘पहिलो पटक सरकारमा जाने बेलामा सभापतिले मलाई सोध्नुभएको थियो, मैले उहाँलाई भनेको पनि थिएँ कि हामी जाँदै नजाने होइन तर, के-कसरी सोच्नुभएको थियो भनेर उहाँ र मेरोबीचमा संवाद भएको थियो। त्यतिबेला उहाँको प्रतिक्रिया के थियो भने अब बसेर मात्रै हुँदैन, डेलिभरी पनि खोजेका छन् जनताले, हामी त्यहाँ गएर डेलिभरी दिन सक्यौँ र जनताले त्यो अनुभूति गर्न सके भने त त्यसमा त तुलना गर्ने ठाउँ हुन्छ नि त हामी आइसकेपछि के भयो भनेर त।’

उनले थपे, ‘त्यतिबेला मैले के भनेको थिएँ भने चौथो ठूलो दल सरकारमा जाँदै नजाने भन्ने हुँदैन तर, जाने हो भने; किन मलाई त बागमती प्रदेशको पनि अनुभव थियो। नेकपा फुटिसकेपछि हामीलाई पनि अनुरोध चाहिँ भएको थियो बागमतीमा। तर, हामी गएनौँ। त्यतिबेला मैले यी तीनवटा क्राइटेरियामा बस्न सक्छौँ भनेको थिए। सरकारलाई समर्थन गर्ने तर, सरकारमा नजाने। वा, जाने भए ससर्त, नि:सर्तचाहिँ हुँदैन भन्ने हिसाबमा कुरा भएको थियो। उहाँको चाहनाचाहिँ मान्छेले तत्काल खोजेकाले गर्दा डेलिभरी दिनका लागि  जानुपर्छ, सुशासनको प्रत्याभूतिका लागि जानुपर्छ भन्ने थियो। तर, त्यतिबेला जानेबेला मैले हाम्रो म्यान्डेटचाहिँ होइन भनेको थिएँ।’

रास्वपा प्रवक्ता मनीष झा।
त्यसो त धेरैले अहिले के भन्ने गरेका छन् भने रास्वपा सरकारमा गएकैले त्यसका सभापति लामिछानेमाथि बढी ‘अनुसन्धान’ भयो। यो स्वाभाविकै पनि लाग्छ। उनी गृहमन्त्री बनेपछि राजनीतिमा लाग्नुअगावैको सहकारीको प्रकरण बल्झियो। त्यसकै कारण अहिले उनी थुनामै छन्। सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध, गठीलगायतका कसूरमा मुद्दा दायर भएपछि उनको सांसद पद त खारेज भएकै छ। तर, उनीमाथि जिल्ला-जिल्लाका अदालतबाट मोटो रकम बिगोस्वरूप दाबीसमेत भएका छन्।

यसर्थ, पनि पछिल्लो समय रास्वपाका बहुमत नेता/सांसदहरूले दुई-दुईपटक सरकारमा सामेल भएकामा पश्चात्ताप मान्ने गरेका छन्। जेठ २८ गते नागरिक फ्रन्टलाइनमा पाहुना बनेर आएका प्रवक्तासमेत रहेका सांसद मनीष झाले पनि यसमाथि पश्चात्ताप व्यक्त गरेका थिए। ‘पहिलो पटकको ३४ दिनको जुन समय थियो, गृह मन्त्रालयको। त्यसका बारेमा खास पश्चात्ताप छैन। त्यसका बारेमा त काठमाडौंका धेरै फोरमहरूमा अहिले पनि चर्चा हुन्छ तर, दोस्रो पटक जाँदाचाहिँ अलिक धेरै विचार गर्नुपर्थ्यो कि!’
अर्को समाचार
रविलाई नेपालमा मैले नै चिनाएको हुँ: ओली
०१ साउन २०८२
•
२ मिनेट पाठ
रविलाई नेपालमा मैले नै चिनाएको हुँ: ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आफूले नै नेपाली राजनीतिमा स्थापित गराएको दाबी गरेका छन्।




उनले लामिछानेको हालको कानुनी प्रक्रिया र त्यसप्रतिको प्रतिक्रियालाई ‘स्टन्टबाजी’ को संज्ञा दिए।

वरिष्ठ पत्रकार विजय कुमार पाण्डेसँगको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले लामिछाने प्रकरणमा आफू र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले व्यक्तिगत चासो लिएर फसाउन खोजेको भन्ने आरोपलाई ‘बिलकुल गलत’ भन्दै खण्डन गरे।

‘रवि लाई त नेपालमा चिनाएको मैले हो। मैले टेलिभिजन कार्यक्रममार्फत चिनाएको हुँ,’ अध्यक्ष ओलीले भने, ‘सरकार बन्दाखेरि उनलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनुपर्छ भनेर लडेको मान्छे म हुँ।’

आफूलाई लामिछानेको गिरफ्तारीबाट कुनै व्यक्तिगत फाइदा वा घाटा नहुने बताउँदै उनले प्रश्न गरे, ‘रवि लाई छोड्दा मलाई कति घाटा हुन्छ ? मेरो कुनै उद्योग बन्द हुन्छ ? के हुन्छ ?’

उनले लामिछानेले पक्राउ पर्नुअघि नै भिडियो सन्देश तयार पारेको विषयलाई ‘स्टन्टबाजी’ को संज्ञा दिए। ‘त्यो किन गरेको थियो भन्दा स्टन्टबाजी थियो एउटा। यसो गरेपछि समाउन सक्दैन, यसो गरेर एउटा वातावरण क्रिएट गर्न सकिन्छ भनेर,’ उनले भने।

अध्यक्ष ओलीले सडकबाटै न्याय खोज्ने र कानुनी प्रक्रियालाई प्रभावित पार्न खोज्ने प्रवृत्ति भन्दै आलोचना गरे। ‘सडकले सबै कुरा निर्धारण गर्ने र हुल्याहा प्रवृत्तिबाटै निर्णय हुने कुराको पक्षमा म छैन,’ उनले भने। उनले थपे, ‘भ्रष्टाचार, बेथिति र ठगीविरुद्ध उफ्रिनेहरूले नै यस्ता विषयमा दोहोरो चरित्र देखाउँदा अचम्म लाग्छ।’

उनले आफू राज्य सञ्चालनमा रहँदा कुनै पनि किसिमको स्नेहभाव वा वैरभावबाट प्रभावित नहुने स्पष्ट पारे। ‘मैले स्नेहभावले पनि चल्दिनँ र कुनै वैरभावबाट पनि प्रभावित हुनुहुँदैन। यो कुरामा म बहुत सचेत छु,’ उनले भने।

उनले सहकारी ठगी प्रकरणमा अन्य व्यक्तिहरू पनि पक्राउ परेको तर लामिछानेको विषयलाई मात्रै लक्षित गरेर प्रचार गरिएकोतर्फ संकेत गरे। उनले राज्यका निकायहरूले स्वतन्त्र रूपमा काम गरिरहेको र आफूले कुनै निर्देशन नदिएको दाबीसमेत गरे।

आफ्नो १४ वर्षे जेल जीवन सम्झँदै ओलीले भने ‘मलाई पनि बिनामुद्दा ४ वर्ष थुनिएको थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस