कांग्रेस केन्द्रीय समिति बैठक भोलि पनि बस्ने
१७ असार २०८२
•
१ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक भोलि पनि बस्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ।




सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बसेको दोस्रो दिनको बैठकमा २६ जना केन्द्रीय सदस्य तथा एक आमन्त्रित सदस्यले विभिन्न प्रस्तावमाथि आ-आफ्नो धारणा राखेका छन्।

छलफल नसकिएकाले बैठक भोलि (बुधबार) पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको उल्लेख छ।

बैठकमा बोल्ने अधिकांश नेताहरूले सरकारको कामकारबाहीको समीक्षा, देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति, आन्तरिक संगठन सुदृढीकरण र आसन्न उपनिर्वाचनका विषयमा केन्द्रित भएर धारणा राखेको बताइएको छ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कण्डेल, डा. डिला संग्रौला, रमेश लेखक, विनोदकुमार चौधरी, उदयशम्शेर राणा, रामहरि खतिवडालगायत २६ जनाले बोलेका थिए।

विभिन्न प्रस्तावहरूमाथि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक बुधबार दिउँसो १२:३० बजे पुनः बस्ने गरी आजको लागि स्थगित भएको छ।

हिजोदेखि सुरु भएको बैठकमा विभिन्न एजेन्डामाथि छलफल भइरहेको छ।
अर्को समाचार
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी ,केन्द्रीय सदस्यहरूले धारणा राख्ने
०३ साउन २०८०
•
१ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी ,केन्द्रीय सदस्यहरूले धारणा राख्ने
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।




हिजो देखि सुरु भएको बैठकमा आज  केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक  बिहान ११ बजेदेखि सुरु हुनेछ।

हिजो मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा दस एजेन्डा प्रस्तुत गरेका थिए। उक्त एजेन्डामाथि आजदेखि केन्द्रीय सदस्यहरूले  आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्नेछन्।काँग्रेसमा १६८ जना केन्द्रीय सदस्य हुनुपर्नेमा हाल १५८ जना छन् ।

महामन्त्री शर्माले प्रस्तुत गरेको एजेन्डामाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई  कम्तीमा पाँच मिनेटको समय दिइनेछ।कांग्रेसले यसपालिको केन्द्रीय समिति बैठक फेसबुक पेजबाट  लाइभ गरेको छ। आजको बैठक पनि लाइभ हुने बताइएको छ । 
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
यो पनि पढौँ
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस