निजामती कर्मचारी विधेयकमा देखिएको त्रुटि सच्याइँदिन राज्य व्यवस्था समितिले राष्ट्रिय सभालाई आग्रह गरेको छ ।
बिहान ११ बजेदेखि झण्डै साढे चार घण्टासम्म बसेको बैठकले कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको त्रुटि सच्याउन राष्ट्रिय सभालाई आपिल गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
यस्तै बैठकले निजामती कर्मचारीमा दुई वर्षको कुलिङ पिरियड राख्ने प्रावधान हटाउन भएको चलखेलबारे संसदीय छानबिन गर्न समितिले आग्रह गरेको छ । बैठकको निर्णय सुनाउँदै सभापति खतिवडाले यसकार्यमा संलग्न हुने जोकोहीलाई कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय संसदीय छानबिन समिति आवश्यक रहेको निष्कर्ष समितिले निकालेको बताए । यसका लागि समिति बनाउन बैठकले निर्णय गरेको खतिवडाको भनाइ थियो ।
बैठकमा समिति सदस्यहरुले सभापति खतिवडासँग कुलिङ पिरियडमा भएको छलीको यथार्थबारे जानकारी मागेका थिए । जवाफमा खतिवडाले यसमा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याउँदै छानबिनका क्रममा दोषी पाइए सजाय भोग्न तयार रहेको बताए ।
छलफलका क्रममा सहमति जुटेको विषयलाई मस्यौदाका क्रममा पनि उल्लेख गरेको बताउँदै उनले समिति सचिव र कानुन शाखाबाट भएको यो गल्ती क्षम्य नभएको बताए ।