नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले राजनीतिमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पुनरागमन राम्रो नभएको बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
'देशको सम्मानित राष्ट्रपति भइसकेको, पार्टी पनि त्यागेर तटस्थता कायम गरिसकेको व्यक्ति फेरि राजनीतिमा आउँदा नेपालमा कहिल्यै राजनीति सुध्रिँदैन भन्नेहरूलाई उत्तर दिने ठाउँ रहेन। सिङ्गो राष्ट्रले मानिसकेको व्यक्ति फेरि पार्टीको क्याडर बनेर आउनु त्यति राम्रो होइन,' उनले भने।
उनले भण्डारीले नेकपा (एमाले) को नेतृत्व गरेको खण्डमा पनि पार्टी एकता हुने सम्भावना कम रहेको बताए। राष्ट्रपति हुँदा प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस स्वीकृत गरेको भन्दै उनले भने, 'उहाँ आएपछि पार्टी एकता भइहाल्छ भन्ने हुँदैन। ती कुराहरूलाई उहाँले कसरी हेर्नुहुन्छ, त्यो हेरौँला। तर, पार्टी एकता भइहाल्छ भन्ने हुँदैन।'
पाण्डेले अहिले पनि एमालेसँग तिक्ततापूर्ण सम्बन्ध रहेको बताए।