भारतीय प्रधानमन्त्री मोदी आज आउँदै
२८ वैशाख २०७५
•
१० मिनेट पाठ
भारतीय प्रधानमन्त्री मोदी आज आउँदै
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणको सिलसिलामा शुक्रबार जनकपुर हुँदै काठमाडौं आउँदैछन् । मोदी नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकप्टरमा शुक्रबार बिहान सबा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनले सन् २०१४ को अगस्ट र नोभेम्बरमा प्रधानमन्त्रीका रूपमा दुईपटक नेपाल भ्रमण गरेका थिए।

‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको निमन्त्रणामा मे ११ देखि १२ (वैशाख २८ देखि २९ गतेसम्म) सम्म म नेपाल भ्रमणमा जाँदैछु,’ नेपाल आउनु एक दिनअघि आफ्नो फेसबुक पेजमा मोदीले लेखेका छन्, ‘प्रधानमन्त्रीका रूपमा यो मेरो तेस्रो नेपाल भ्रमण हुनेछ । यसले नेपाललाई भारतले उच्च प्राथमिकता दिएको छ भन्ने प्रतिबिम्बित गर्छ ।’ उनले नेपालसँगको पुरानो, निकट र मैत्री सम्बन्ध रहेको स्मरण गरेका छन्।

आफ्नो नेपाल भ्रमणलाई मोदीले गत महिना नेपालका समकक्षी केपी शर्मा ओलीले गरेको भारत भ्रमणकै निरन्तरता भएको बताएका छन् । मोदीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘यी उच्चस्तरको भ्रमण तथा नियमित अन्तरक्रियाले मेरो सरकारको ‘छिमेकी पहिला’ भन्ने नीतिप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गर्छन् ।’ उनले आफ्नो नीतिको मूल उदेश्य ‘सबैको साथ, सबैको विकास’ रहेको स्पष्ट पारेका छन् ।

पछिल्ला वर्षमा नेपाल र भारतले द्विपक्षीय कनेक्टिभिटी तथा विकास परियोजनाहरु संयुक्त रुपमा सम्पन्न गरेको उनले बताएका छन् । दुई देशको हितमा हुने गरी यी परियोजनाहरु सम्पन्न भएको तर्क उनको छ । ओलीको भारत भ्रमणका बेला केही महत्त्वपूर्ण आपसी हितका मुद्दा अघि बढाउने सहमति भएको जनाउँदै ती विषयहरुमा आफ्नो नेपाल भ्रमणका बेला थप छलफल गर्नेसमेत भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् ।‘काठमाडौंबाहेक जनकपुर र मुक्तिनाथको पनि भ्रमण गर्नेछु । यी दुवै स्थलले प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटक आकर्षित गर्दै आएका छन् ।

जनकपुर र मुक्तिनाथ भारत र नेपालका जनताबीचको प्राचीन, सांस्कृतिक र धार्मिक सम्बन्धहरुका जीवित प्रमाण हुन्,’ मोदीले भनेका छन् । उनले नेपाल लोकतन्त्र र द्रुत आर्थिक समृद्धि तथा विकासको नयाँ युगमा प्रवेश गरेको जनाउँदै नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भिजनलाई सघाउन भारत साझेदारका रूपमा रहने बताएका छन् । नेपालका राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्न आफू आतुर भएको समेत उनले लेखेका छन् । ‘मेरो भ्रमणले आपसी हित, सद्भाव र समझदारीमा आधारित नेपालसँगको जनता केन्द्रित साझेदारीलाई थप मजबुत बनाउने विश्वास मैले लिएको छु,’ मोदीले भनेका छन् ।

मोदीले यसपटक नेपालमा साढे २९ घन्टा बिताउनेछन् । शुक्रबार बिहान सबा १० बजे जनकपुरबाट सुरु हुने उनको भ्रमण कार्यmम शनिबार दिउँसो ३ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली प्रस्थान गरेसँगै समाप्त हुनेछ ।जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थलबाट मोदी सीधै जानकी मन्दिर जानेछन् । त्यहाँ उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् ।

दुवै प्रधानमन्त्रीले जानकी मन्दिरको दर्शन र पूजा गरेपछि मोदी जनकपुरको बाह्रबिघा मैदानमा जानेछन् । बाह्रबिघा मैदानमा मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । त्यसपछि उनी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा काठमाडौंतर्फ प्रस्थान गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार साढे १ बजे स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि मोदी सीधै बौद्धस्थित होटल ह्यात रिजेन्सी जानेछन् । होटलमा परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि सबा ४ बजे मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गर्ने कार्यक्रम छ । सैनिक मञ्चमा उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् । सैनिक मञ्चबाट मोदी सीधै उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय पुगी शिष्टाचार भेट गर्नेछन् । त्यसपछि उनी शीतल निवासतर्फ जानेछन् । त्यहाँ मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।

राष्ट्रपतिसँग भेटवार्ता सकिएपछि मोदी बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा जानेछन् । शुक्रबार साँझ ६ः२० बजे होटल द्वारिकाजमा मोदी र ओलीबीच ‘वान टु वान’ वार्ता हुनेछ । त्यसपछि त्यहीं नेपाल–भारत द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । होटल द्वारिकाजमै मोदीले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्नेछन् । त्यसपछि होटल द्वारिकाजबाटै मोदी र ओलीले संयुक्त रुपमा अरुण तेस्रो विद्युत् परियोजनाको शिलान्यास गर्नेछन् । त्यसपछि संयुक्त विज्ञप्ति जारी हुनेछ । प्रधानमन्त्री ओलीले होटल द्वारिकाजमै भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । रात्रिभोजमा सहभागी भई मोदी राति ९ बजे होटल ह्यात जानेछन् ।

भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान ६ः२० बजे भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा मुक्तिनाथ प्रस्थान गर्नेछन् । मुक्तिनाथको दर्शन र पूजा गरेपछि उनी जोमसोम हुँदै बिहान १०ः२० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । काठमाडौं आएपछि उनले पशुपतिनाथको दर्शन र पूजा गर्नेछन् । त्यसपछि उनी भारतीय राजदूत मन्जिभ सिंह पुरीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । त्यहाँबाट उनी राष्ट्रिय सभागृहमा जानेछन् ।जहाँ काठमाडौं महानगरपालिकाले उनको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । सभागृहमा अभिनन्दन लिएपछि भारती प्रधानमन्त्री मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगी दिउँसो ३ः५० बजे उनी नयाँदिल्लीतर्फ प्रस्थान गर्नेछन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मोदीको भ्रमणका बेला जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा सम्झौता गर्ने भनिए पनि बिहीबार साँझसम्म ती विषयको टुंगो लागिसकेको छैन । मोदीले नेपालका लागि विशेष सरप्राइज प्याकेज घोषणा गर्ने सम्भावना छ । तर नयाँ सम्झौता हुने सम्भावना कम रहेको स्रोतको दाबी छ।
अर्को समाचार
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै
०२ जेष्ठ २०७९
•
३ मिनेट पाठ
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै
आज २५६६ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक बर्ष बैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झना स्वरुप बुद्ध जयन्ती मनाउने गरिन्छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रमका बिच बुद्ध जयन्ती मनाइदै छ। बुद्ध जयन्तीका लागि लुम्बिनीलाइ सिंगारेर झकीझकाउ बनाइएको छ।  सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बुद्ध जयन्तीकै अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदैछन्। लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती मूल समारोहलाइ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन्र।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन्। बुद्ध जयन्ती मूल समारोहमा सहभागीता र भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा आइतबार साँझ नै लुम्बिनी आएका हुन्।

मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा सँगै गृहमन्त्री बालकृष्ण खाँण,परराष्ट्रमन्त्री नारायण खड्का,भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादव,पर्यटन मन्त्री प्रेमबहादुर आले सहितका मन्त्रीहरू,सुरक्षा अंगका प्रमुखको टोली पनि लुम्बिनीमा छ।

मोदी बिहान करिब १०.३० बजे वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आउने छन्। मोदी भारतको उत्तर प्रदेश स्थित कुशीनगर (बुद्ध परिनिर्वाण तीर्थ)बाट हेलिकप्टरद्धारा सिधै लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम  रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए।

मोदी सहित भारतीय उच्च पदस्थ अधिकारीहरु चारवटा हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ।  मोदीको सुरक्षाकालागि स्पेशल प्रोटेक्सन गार्ड (एसपीजी) को टोली पाँच दिन अघि नै लुम्बिनी आइपुगेको थियो।  

मोदीले लुम्बिनीमा करिब ४ घण्टा बिताउने बताइएको छ । लुम्बिनी विकास कोषका अनुसार मोदीले मायादेवि मन्दिरको दर्शन गरी मन्दिर भित्र रहेको मार्कर स्टोनमा पुष्प अर्पण गरी पुजा गर्ने,पुष्करणि पोखरीको अवलोकन सहित अशोक स्तम्भ अगाडि दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी मोदीले संयुक्त रुपमा दिप प्रज्ज्वलन गर्ने उपाध्यक्ष त्रिपाठीले जानकारी दिए । त्यसलगत्तै मोदीले मायादेवि मन्दिर परिषरमा रहेको बोधीबृक्षमा जल अर्पण गरी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने छन ।मोदीको मायादेवि मन्दिर दर्शनका बेला बौद्ध धर्मगुरुको सानो टोलीलाइ मात्रै प्रवेश दिइने छ ।  

भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) द्धारा निर्माण गरीने बौद्ध बिहारको भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले शिलन्यास गर्ने कार्यक्रम छ।  

लुम्बिनीको होटल पवनमा केही समय बिश्राम पछि प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच दुइपक्षीय मामिलामा छोटो भेटवार्ताको कार्यक्रम तय भएको छ। त्यसलगतै पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइले जानकारी दिए 

दिउँसो २ बजे लुम्बिनी स्थित नवनिर्मित सभाहलमा आयोजना गरीएको २५६६ औं बुद्ध जयन्ती मुल समारोहमा प्रधानमन्त्री देउवासंगै मोदीले  सरीक भइ सम्बोधन गर्ने कार्यक्रम छ। मोदी ३ बजे लुम्बिनीबाट फकर्ने कार्यक्रम रहेको कोषले जनाएको छ।  

प्रधानमन्त्रीका रुपमा मोदीको यो नेपाल भ्रमण पाँचौ हो। लुम्बिनी भ्रमण पहिलो हो। यसअघिका भ्रमणमा उनले पशुपतिनाथ,जनकपुरको जानकी मन्दिर र मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूर्जाआजा गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस