सरकारको विकल्प छैन : दाहाल
२६ मंसिर २०७५
•
४ मिनेट पाठ
सरकारको विकल्प छैन : दाहाल
पोखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको विकल्प नभएको बताएका छन्। सरकारले काम गर्न नसकेको गुनासोसँगै सरकारको विकल्प खोज्नुपर्ने राजनीतिक बृत्तमा चर्चा चल्दा नेकपाका अध्यक्ष दाहाले विकास र समृद्धि यही सरकारले ल्याउने भन्दै सरकारको विकल्प नभएको दाबी गरे।




‘सरकारको विकल्प खोज्ने होइन। यही सरकारलाई सफल बनाउने हो। यही सरकारबाटै विकास र समृद्धि ल्याउने हो।’ कास्कीको मादी गाँउपालिकाको पर्यटकीय क्षेत्र सिक्लेसमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘सरकारको विकल्प बारे सोच्ने र छलफल नै हुदैन्।’ उनले विकास र समृद्धि वर्तमान सरकारबाटै सम्भव भएको जिकिर गर्दै भएका कामको बारेमा केलाएर समीक्षासमेत गरिने स्पष्ट पारे।

सरकारले काम गरेको देखाउन निर्वाचनको समयमा गरेको प्रतिबद्धता वृद्धभत्ता बढाउने बताए। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आउँदो आर्थिक वर्षमा वृद्धभत्ता बढाइने स्पष्ट पारे। ‘वृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आइरहेको छ,’ उनले भने, ‘आगामी बजेटमा भत्ता बढ्ने विषयमा सहमति भइसकेको छ। आर्थिक वर्षमा नबढेकोमा त्यसको क्षतिपूर्ति गर्नेगरी बढ्छ।’ चुनावताका हामीले गरेका बृद्धभत्तासहित सबै प्रतिबद्धता पूरा गर्छौं भन्दै दाहालले अर्को चुनावअघि ५ हजार रुपैयाँ वृद्धभत्ता पुग्ने बताए।

अध्यक्ष दाहालले विकास र सम्बृद्धिका लागि ठूला परियोजना सञ्चालन गर्न विपक्षी दलसहित सबैसँग राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने बताए। ‘हामी सबैको एउटै नारा हो विकास र समृद्धी। उनले भने ‘कांग्रेससहित सबै दल र पक्षसँग सहकार्य गर्छौ।’ सिन्डिकेट तोड्ने, सुन तस्करीको जालो तोड्ने र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्नेजस्ता राम्रा कामको सुरुवात गरे पनि त्यसको सही ढंगले व्यवस्थापन नहुदाँ जनतामा विश्वास गर्ने वातावरण नभएको स्पष्ट पारे।

सरकारले काम गरिरहेको उल्लेख गर्र्दै अबको एक वर्षभित्रमा देखिनेगरी काम गर्ने ठोकुवा गरे। ‘सरकारले उत्साहजनकरूपमा काम गर्छ। जनसरोकार र जनजिविकालाई सहज हुने गरी काम गर्नेछौं,’ उनले भने। अध्यक्ष दाहालले सरकार विकास निर्माणका लागि पूर्वाधार भने खडा गरेको दाबी गर्दै दशकौंंदेखिको डुबान समस्या हटाइएको, हवाई रुटका लागि ४ रुट दिने कुरा, पूर्व पश्चिम रेलमार्ग निर्माणलगायतबारे सम्झौता, विराटनगरमा रहेको भारतीय कार्यालय हटाउनेलगायतका महत्वपूर्ण काम भएको दाबी गरे।

पार्टी एकिकरण भए पनि तल्लो तहमा कार्यकर्ताबीच तिक्तता पैदा भएको विषयमा दाहालले पार्टी एकताले छिट्टै तल्लो तहसम्मै पूर्णता पाउने स्पष्ट पारे। सबैको भावना समेट्ने र विवाद नआउने ढंगले काम गर्दा एकतामा केही ढिला भएको उनको भनाई थियो। अब बस्ने स्थायी समिति बैठकले पार्टी एकीकरणका सबै प्रक्रिया टुंग्याउने उनले बताए। कास्की आफ्नो जन्मभूमि भएकाले भावनात्मक सम्बन्ध स्वाभाविक भए पनि यहीँबाट चुनाव चुनाव नलड्ने दोहोर्याए।
अर्को समाचार
रेग्मीको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु : प्रचण्ड
१३ जेष्ठ २०७०
•
२ मिनेट पाठ
रेग्मीको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु : प्रचण्ड
काठमाडौ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खिलराज रेग्मीको नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकको लागि अर्को दुर्घटना निम्त्याउनु भएको बताएका छन्।संविधानसभाको निर्वाचन घोषणा र विमितिका विषयमाहरुमा सार्थक वार्ता गरेर निर्वाचनको बातावरण बनाउन दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लबको अभियानमा गएका पत्रकारहरुको टोलीसँगको कुराकानीमा उनले भने– 'खिलराज रेग्मीको विकल्प खोज्ने बेला भएको छैन। ११ बुँदे सहमति र २५ बुँदे बाधा अडकाउ फुकाउमा सहमति गर्ने दलहरुले नै विकल्प खोज्ने कुरा गर्नु दुखद हो।' मंसिरको पहिलो साता संविधानसभाको निर्वाचन गर्ने गरी बुधवार मिति घोषणा हुने खुलासा गर्दै प्रचण्डले मंगलबार बिहान मन्त्री परिषदका अध्यक्षसँगको भेटमा त्यस्तो सहमति भएको जानकारी दिए। उनले भने– 'सरकार निर्वाचनका मिति घोषणा गर्न गंभिर छ। बुधवार विहान उच्चस्तरीय राजनीति समितिको बैठक बसेर विवादित विषयमा सहमति कायम गरेपछि गणतन्त्र दिवसकै दिन मिति घोषणा हुन्छ।' निर्वाचन ऐन र निर्वाचनको मिति घोषणा पहिला नै घोषणा हुनु पर्ने भए पनि हुन नसकेकोमा दुख ब्यक्त गर्दै उनले मंसिरमा निर्वाचन गर्नेमा विपक्षमा रहेका दलहरुसहित कसैको पनि विमती नभएकोले मिति घोषणा गर्न कुनै अप्ठ्यारो नभएको दावी गरे। निर्वाचन गराउने विषयमा सरकार र राजनीतिक दलहरुको संकल्प भएको तोकिएकै मितिमा निष्पक्ष र भयरहित निर्वाचन हुने विश्वास ब्यक्त गर्दै प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने आशंका कसैले पनि गर्न नहुने तर्क गरे। १० प्रतिसत थ्रेस होल्ड राखेपनि आफूहरुलाई कुनै आपत्ति नभएको स्पष्ट पार्दै उनले साना दलको प्रतिनिधित्व नहुने भएकोले आफुहरुले थ्रेस होल्ड राख्न नहुने तर्क गरको बताए।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस