काठमाडौं – उपसमामुख शिवमाया तुम्वाङ्फेको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र दुईजना आयुक्त गरी तीनजनाको नाम सिफारिस गरेको छ। प्रमुख आयुक्तमा पूर्वसचिव महेन्द्रमान गुरुङ र सदस्यमा कमला ओली र पत्रकार दीपक मैनाली नियुक्त भएको स्रोतले जनाएको हो।
एक महिनापछि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन हुँदैछ। तर पदाधिकारी सिफारिस गर्नका लागि सभामुखको अध्यक्षता हुने भने पनि उपसभामुखले अध्यक्षता गरेकी छन्। तर उपसभामुखले भाग लिएर सिफारिस भएमा अवैधानिक हुने विज्ञले बताएका छन्। संविधानविद् भीमार्जुन आचार्यले भने, ‘उपसभामुखले बैठकको अध्यक्षता गर्न पाउँछ अर्थात कार्यविधिगत काम गर्न पाउँछ तर सारभूत कुरा गर्न पाउँदैन। उपसभामुखको अध्यक्षतामा सिफारिस गर्ने निर्णय हुनु अवैधानिक हुन्छ।’ सभामुखको अध्यक्षतामा रहने सिफारिस समितिमा सञ्चारमन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य रहने व्यवस्था छ। सभामुखको हैसियतमा उपसभामुख शिवमाया तुम्वाहाङ्फेले अध्यक्षता गरेको बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पत्रकार महसंघका अध्यक्ष गोविन्द आचार्यको उपस्थिति थियो।
सूचनाको हकसम्बन्धी ऐन २०६४ को सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलनको लागि राष्ट्रिय सूचना आयोगको व्यवस्था गरेको छ। उक्त ऐनको दफा ११ बमोजिम आयोगमा एक प्रमुख सूचना आयुक्त र दुई सूचना आयुक्त रहने व्यवस्था छ। ऐनका दफा ११ को उपदफा ३ बमोजिमको सिफारिस समितिले आवेदन माग गर्ने निर्णय गरेको थियो। आवेदनका आधारमा आइतबार सिफारिस गरेको हो। राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिका लागि गठित सिफारिस समितिको अध्यक्षता गर्ने काम पनि सभामुखको हुनेछ। सूचनाको हकसम्बन्धी ऐनअनुसार बहालवाला पदाधिकारीले नै पद समाप्त हुनु एक महिनाअघि बैठक राख्नुपर्ने व्यवस्था छ।
सोहीबमोजिम प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले उपसभामुख शिवमाया तुम्वाहाङफेलाई भेटेर बैठक तय गरेका थिए। उपसभामुखले प्रक्रिया नरोकियोस् भनेर बैठकको अध्यक्षता गरेको जनाएकी छन्। तर आइतबारको बैठक बोलाएर प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त गरिन्। राष्ट्रिय सूचना आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले गत मंसिर ८ गते देखि १९ गतेसम्म आवेदन आह्वानसम्बन्धी सूचना जारी गरेको थियो।