रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने धम्की
२० जेष्ठ २०७७
•
२ मिनेट पाठ
रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने धम्की
पोखराका दलित अभियन्ताहरूले रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका छन् । मल्ल थरकी युवतीलाई विवाहका लागि लिन रुकुम जाने नवराज विकसहित ६ जनाको हत्या भएको विरोधमा दलित संघसंस्थाहरूले मंगलबार पोखरामा आयोजना गरेको संयुक्त शान्तिपूर्ण विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै उनीहरूले रुकुम घटनालाई तोडमरोड गरेर ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका हुन् । जनप्रतिनिधिबाटै घटना ढाकछोप गर्ने प्रयास भइरहेको उनीहरूको आरोप छ ।




कार्यक्रममा बोल्दै पूर्वसांसद डिलबहादुर नेपाली (डिबी) ले घटना ढाकछोप गर्न पूर्वमन्त्रीदेखि जनप्रतिनिधि नै लागिपरेको आरोप लगाए । उनले २१औं शताब्दीमा आएर जातीय विभेद गर्दै बर्बरतापूर्ण हत्या हुनु निन्दनीय भएको बताए । उनले घटनाको निष्पक्ष छानबिन गर्नका लागि दलितको अगुवाइमा छानबिन समिति बनाउन माग गरे । विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने बताए । मिजार समाज कास्कीका अध्यक्ष उमेश सिकेले घटना ढाकछोप गरिए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए ।

परियार सेवा समाज कास्कीका अध्यक्ष किसान परियारले घटनालाई जातीय विभेद नभएको भनेर मुद्दालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिए । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गोविन्द नेपालीले घटनालाई तोडमरोड गरिए वा ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिए । ‘हामी न्यायका लागि सरकारलाई कुरिरहेका छौं,’ उनले भने, ‘यदि दोषीलाई जन्मकैद वा मृत्युदण्ड दिइएन भने हामी सिंहदरबार जलाउँछौं, बालुवाटार जलाउँछौं, प्रधानमन्त्रीको कुर्सी जलाउँछौं ।’

दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष रेम विकले जातीय विभेदका पक्षधरहरूले मुद्दालाई कमजोर बनाउन लकडाउनको बेला हुलहुज्जत गरेको तथा केटीको उमेर नपुगेकोजस्ता कुतर्क गरिरहेको भन्दै यसविरुद्ध सबै एकजुट भएर लड्नुपर्नेमा जोड दिए । कलाकार महेश गोदारले जातीय उत्पीडन र उन्मुक्तिका लागि पार्टीको बफादार सिपाहीबाट माथि उठेर दलित समाजका लागि लड्न अपिल गरे ।

यसअघि पोखराको सिर्जनाचोकबाट सुरु भएको प्रदर्शन रत्नचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेको थियो । सो अवसरमा प्रजिअमार्फत संघ सरकारलाई दोषीमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको विश्वकर्मा समाजका महासचिव लालसिंह घताने विश्वकर्माले जानकारी दिए ।
अर्को समाचार
सोती फैसलाको पूर्ण पाठ: ‘हुलले लखेट्दै कुट्दै नदीमा बगाएर मार्‍यो’
२९ माघ २०८०
•
३ मिनेट पाठ
सोती फैसलाको पूर्ण पाठ: ‘हुलले लखेट्दै कुट्दै नदीमा बगाएर मार्‍यो’
फाइल तस्बिर
तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जानेगरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ। रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीले गत मंसिर १९ मा गरेको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा जातीय विभेदकै कारण गाउँलेले ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गरिएको छ।




२०७७ जेठ १० मा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए। आक्रमणपछि नवराज विकसहित २१ वर्षीय सन्जु विक, १७ वर्षीय गणेश विक, १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र २० वर्षीय टीकाराम सुनारको मृत्यु भएको थियो। उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो।

जिल्ला अदालतले वस्तुतः जातीय विभेदजन्य काम आपराधिक भएको व्याख्या गरेको छ। ‘जातीय विभेदजन्य काम व्यक्तिको सम्मान र प्रतिष्ठामा आँच पुर्‍याउने आपराधिक कार्य हो,’ अदालतले भनेको छ। अदालतले जातीय भेदभावको कुरा सबै मानवबराबर मर्यादा र अधिकारसहित स्वतन्त्र रूपमा जन्मेका हुन्छन् भन्ने मानवअधिकारको विश्वव्यापी घोषणापत्रको विपरीत हुने ठहर पनि गरेको छ।

नेपाल पक्ष राष्ट्र भएका विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताले जातीयताको आधारमा गरिने कुनै पनि भेदभाव तथा बहिष्करणलाई पूर्णतः निषेध गरेका छन्। खासगरी जातीय विभेदविरुद्धको महासन्धि, १९६५ ले जातजाति, वंश, पेसा, समुदायका आधारमा हुने भेदभाव उन्मूलन गर्नुपर्ने व्यवस्था गरेको छ। तर नेपालमा अझै पनि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन, निराकरण, नियन्त्रण हुन नसकेको अदालतले उल्लेख गरेको छ।

यस्ता जातीय छुवाछुत र विभेदको अन्त्य गर्ने अभिप्रायले नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा जातीय भेदभावविरुद्धको हकको व्यवस्था गरी भेदभावपूर्ण व्यवहारलाई दण्डनीय मानिएको छ। जातीय तथा अन्य सामाजिक छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ मा पनि जातीय आधारमा हुने भेदभावलाई दण्डनीय भनिएको छ।

जातीय विभेद तथा छुवाछुतजन्य कार्य आफैं गर्ने तथा अरूमार्फत गराउने कुरालाई मात्रै निषेध गरिएको नभएर त्यस्तो भेदभाव तथा छुवाछुतजन्य निषेधित कार्यलाई समर्थन गर्ने, दुरुत्साहन गर्ने वा उक्साउने कामलाई समेत वर्जित गरी दण्डनीय बनाइएको छ।

ऐनको दफा ४ अन्तर्गत जातीय भेदभाव तथा छुवाछुतका निषेधित आधारहरूको सूची पनि प्रस्टसँग उल्लेख गरिएको छ। त्यस्ता निषेधित आधारहरूमा प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेसा पर्छन्। यीमध्ये कुनै पनि आधारमा कसैले कसैउपर कुनै विभेदजन्य काम गरे वा गराएमा जातीय भेदभाव तथा छुवाछुत गरेको मानिन्छ।

गाउँलेले लखेटेरै मारे

जातीय विभेदका कारण गाउँलेले हुल बाँधी लखेटेरै रुकुम पश्चिम सोतीमा ६ युवकको ज्यान लिएको ठहर जिल्ला अदालतको छ। प्रतिवादीहरूले एकआपसमा गुट बनाई संयुक्त रूपमा वारदात गराएको अदालतले भनेको छ। समूहमा बसेर एकले अर्कालाई उकासेर, हौसाएर हात हालेकाले सबै सजायको भागीदार हुनुपर्ने अदालतको ठहर छ।

गाउँलेले नवराजसहित ६ जनालाई लखेट्दै, कुट्दै भेरी नदीको भंगालोमा पुर्‍याई थप कुटपिट गरेको अदालतको ठहर छ। ‘...घेरा हाली नवराज विकसमेतलाई भेरी नदीको भंगालोसमेतमा पु¥याई कसैले माथिबाट ढुंगा हान्ने कसैले नदीको भंगालोमा पुगी हानी नदीमा बगाइदिएको’, अदालतले भनेको छ, ‘परिणामस्वरूप नवराज विक, गणेश बुढा, सञ्जु विक, लोकेन्द्र सुनार, टीकाराम नेपाली र गोविन्द शाहीको मृत्यु भएको देखिन्छ।’

अदालतको फैसलामा, ‘कसले बढी कुट्यो, कसले कम, कसको प्रहार घातक भयो, कुनै कसैले कुटेन जस्ता तथ्यमा जानुभन्दा पनि ज्यान लिने अथवा सामूहिक कुटपिट गर्ने मनसायले समूहमा बसी एकअर्कालाई उकासी हौसाएर हात हालेर कुटपिट गरेमा सबै प्रतिवादी समान रूपमा सहभागी भएको मानिने र समान सजायको भागीदार हुने,’ भनिएको छ।

सर्वोच्च अदालतले यसअघिको मुद्दामा कायम गरेको नजिर पनि जिल्ला अदालतले उल्लेख गरेको छ। सामूहिक सक्रियताका कारण ६ जनालाई कर्तव्य गरी मारेको पुष्टि भएको निक्र्योल अदालतले गरेको हो। उनीहरूलाई कुटपिट गरी भेरी नदीमा बगाएको र सोही कारण मृत्यु भएको अदालतको ठहर छ।

कुटपिटबाटै मृत्यु भएको नवराज विकको शव परीक्षण प्रतिवेदनमा पनि उल्लेख छ। ‘मृतकहरूलाई कुटपिट गरी भेरी नदीमा बगाएको र सोही कारण मृतकहरूको मृत्यु भएको परिणामकोे कुनै घटना घटेको’ फैसलामा भनिएको छ।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस