कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल भयो : कांग्रेस
२७ जेष्ठ २०७७
•
१४ मिनेट पाठ
कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल भयो : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले कोरोना भाइरस रोकथाका लागि तयारी गर्नुको साटो सरकार लकडाउन घोषणा गरेर चुपचाप बसेको ठहर गरेको हो ।  




‘सरकारले लकडाउन घोषणा बाहेक यो बिचको समयमा केही गर्न सकेन,’ केन्द्रीय सदस्य श्यामकुमार घिमिरले भने, ‘कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको पार्टी निष्कषमा पुगेको छ ।’

लकडाउन पहिला मात्र होइन यसबीचमा पनि  आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न सरकार असफल भएको आरोप लगाउँदै क्वारेन्टिनको अस्त व्यस्त रहेको कांग्रेसले जनाएको छ । आइसोलेसन सेन्टर र प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउनेहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसकेको भन्दै बैठकले नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ । सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ ।  

अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध नभएको, परिक्षणको दायरा नबढाएको जनाउँदै कांग्रेसले भनेको छ,‘कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा संघीय संसद, प्रदेश सभा र सबै जिल्लामा सक्रिय र सशक्त रुपले प्रस्तुत हुन यो बैठक निर्णय गर्दछ ।’  

यस्तो छ कांग्रेसको निर्णय  

जेठ २६, २०७७

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । बैठकको निर्णय देहाय बमोजिम रहेको छ ।

नेपालमा २०७६ साल माघ ९ गते कोभिड १९ को पहिलो संक्रमित व्यक्ति फेला परे । सरकारी तथ्याङ्क अनुसार आज सम्म नेपालमा कोभिड १९ को कारण १४ जना नेपालीको मृत्यु भैसकेको छ । देशभरिमा ३७६२ (तीन हजार सात सय बैसठ्ठी) जना संक्रमित छन् ।  

नेपाल बाहिर विभिन्न (बेलायत, अमेरिका, यूएई, बहाराईन, कुवेत, कतार, आयरलैण्ड, जापान, टर्की, निदरलैण्ड र स्वीडेन लगायत) देशमा १२५ नेपालीको मृत्यु भएको छ भने १४,४५४ जना संक्रमित छन ।  

कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनु हुने सबै नेपाली दाजुभाइ–दिदिबहिनीप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । संक्रमित सबैमा शिघ्र स्वास्थलाभको कामना गर्दछ ।

पार्टीको आब्हानमा नेपाली कांग्रेसका नेता, सदस्य, भातृ एवं शुभेच्छुक संस्थाका साथी तथा सबै शुभेच्छुकहरु देशभरिनै आ–आफ्ना ठाँऊबाट कोभिड १९ विरुद्धको लडाईमा क्रियाशिलतापूर्वक काम गरिरहेका छन । विदेशमा पनि नेपाली जनसम्पर्क समिति र अन्य शुभेच्छुक साथीहरु जोखिम मोल्दै अहोरात्र काममा खटिएका छन । यो बैठक सम्पूर्ण साथीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।  

कोभिड १९ नियन्त्रण गर्न र आम जनताका समस्यालाई दृष्टिगत गरी सेवामा थप क्रियाशीलतापूर्वक लाग्न सबैमा हार्दिक आह्वान गर्दछ ।  सीमित स्रोत र साधनका वावजुद महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार र स्थानीय तहका जनप्रतिनिधिहरुको उच्च प्रशंसा गर्दै यो बैठक हार्दिक धन्यवाद दिन चाहन्छ ।  

नेपाली कांग्रेसले प्रारम्भ देखिनै कोभिड १९ को जोखिम, यसबाट उत्पन्न हुने तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव, यस विपद्वाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्ने र देश र जनतालाई जोगाउने उपाय बारे सुक्ष्म रुपले अध्ययन र विश्लेषण गरि सरकारलाई निरन्तर सुझाव दिएको छ । कोभिड १९ विरुद्धको लडाईमा सदैव साथ सहयोग दिने र सबै नेपाली एकताबद्ध भई यो विपद्का विरुद्धमा लड्ने हाम्रो प्रतिवद्धता रहि आएको छ । 

नेपाली कांग्रेसले सदासयतापूर्ण तवरले काम गर्दै सरकारलाई पटक–पटक स्वास्थकर्मी, सुरक्षाकर्मी र सरफाईकर्मीको व्यक्तिगत सुरक्षाका सामग्री, परिक्षण गर्ने र प्रयोगशाला स्थापना गर्ने सामग्री समयमा आपूर्ति गर्न, कोभिड १९ को परिक्षणको दायरा बढाउन, मजदूर, विद्यार्थी, विपन्न वर्ग, अपांग, एकल महिला लगायत समस्यामा रहेका मानिसलाई राहत उपलब्ध गराउन, विदेशमा रहेका नेपालीलाई सुरक्षित र इज्जत साथ देश भित्र ल्याउन, क्वारेन्टाईनको सुरक्षित ढंगले उचित व्यवस्थापन गर्न, आरडीटी परिक्षण बन्द गरी पिसिआरबाट मात्र परिक्षण गर्न र प्रयोगशाला एवं अस्पतालको क्षमता बृद्धि गर्न, कोभिड १९ का कारण देशको उद्योग, व्यापार, व्यवसाय, रोजगारीमा पर्ने प्रतिकूल प्रभाव न्यूनिकरणका लागि आर्थिक प्याकेज घोषणा गर्न, निरन्तर सुझाव दिई रहेको यो बैठक स्मरण गर्दछ ।  

यसरी नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यमको खबरदारी, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको छ । सरकारको तथ्याङ्क अनुसार आज सम्म नेपालमा कोभिड १९ को कारण १४ जना नेपालीको मृत्यु भएको छ, देशभरि ३७६२ जना संक्रमित छन् । यो संख्या बढ्ने क्रममा छ । कोभिड १९ कै कारणले उत्पन्न परिस्थितिमा कैयन नागरिकहरुले अन्य रोग, भोक, मानसिक तनावले जीवन गुमाइसकेका छन् । हाम्रो सुझावलाई मनन गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन ।  

कोरोना संक्रमण विरुद्धको यो लडाईमा सरकार पूर्ण रुपमा असफल भइसकेको प्रमाण सर्वत्र भेटिन्छ ।

१.  सरकारले मिति २०७७।०२।२० गते कोभिड १९ बारे राष्ट्रिय परिक्षण निर्देशिका जारी गरी पोजिटिभ केसहरुलाई सिमटम फ्री (क्थकतझ ँचभभ) भएको तीन दिन र जम्मा १४ दिनको भर्ना, आईसोलेसनपछि टेष्टनै नगरि डिस्चार्ज गर्ने अत्यन्त गैर जिम्मेवार नीति लिएको छ । परिक्षण किटको व्यवस्था र प्रयोगशालाको क्षमता बृद्धि गर्न नसक्ने तर पोजिटीभलाई अन्तिम परिक्षण नै नगरि घर पठाउने काम गर्नु सरकारको जनताका स्वास्थ प्रतिको असंवेदनशीलताको पराकाष्ठा हो । यस कार्यलाई यो बैठकले सरकार आफ्नो कर्तव्यवाट च्यूत हुदै जनतालाई कोभिड १९ संक्रमणको भयावह अवस्थामा पुग्ने नीति तर्फ अग्रसर भएको रुपमा लिएको छ । जनतालाई कोभिड १९ संक्रमणको भयावह अवस्थामा पुर्याउने अपराधकर्म तर्फ अग्रसर भएको रुपमा लिएको छ ।  

२. प्रयोगशाला अत्यन्त अपर्याप्त छन्, फलस्वरुप क्वारेन्टाइनमा दिनानुदिन मानिसको संख्या बढिरहेको छ तर प्रयोगशालाको अभावमा प्रशिक्षण गति शून्य छ । फलतः संक्रमित मानिसहरु कति छन् भन्ने जानकारी नै हुन सकेको छैन । लामो समयसम्म स्वावलाई प्रयोगशालामा राखी ढिलो गरी परिक्षण गर्ने कामले सही परिणाम नआउने खतरा छ । सरकारले अहिलेसम्म पनि प्रयोगशालाको संख्या र क्षमता बृद्धि गर्न सकेको छैन ।  

३. सरकारले विश्वब्यापी रुपमै भरपर्दो नदेखिएको अविश्वसनीय परिणाम आउने र्यापिड टेस्ट अहिलेसम्म गरिरहेको छ । पिसिआर विधिवाट अत्यन्त न्यून (जम्मा ०.३२ प्रतिशत मात्र) परिक्षण भएको छ । परिक्षणको ब्यापकता बढाउन सरकार अक्षम भएको छ ।

४. देशभरिनै क्वारेन्टाईन साह्रै अव्यवस्थित छन । एउटै विद्यालयमा क्षमता भन्दा धेरै बढी मानिसहरु राखिएका छन् । क्वारेनटाईनमा शुद्ध पिउने पानी, भोजन, शौचालय, नुहाउने व्यवस्था लगायत न्यूनतम आवश्यकताको पनि समुचित व्यवस्थापन भएको छैन । क्वारेन्टाईनबाटनै संक्रमण फैलिने खतरा देखा परेको छ । विभिन्न क्वारेन्टाईनमा नै मानिसहरुको मृत्यु भएको छ । मृत्युपछि कोभिड १९ पोजिटिभ देखिने गरेका घटनाले परिक्षणको दयनीय अवस्थालाई उजागर गरेको छ । 

दाहसंस्कार गरिसकेपछि कोभिड १९ पोजिटिभ भएको घोषणाले सरकारको संवेदनशिलता र कार्य क्षमतामा प्रश्न उठेको छ । यसले कोभिडको महामारीले प्रताडित जनता झन दुःखी भएका छन । परिक्षण सामग्रीको अभाव र प्रयोगशालाको कमीले हाल धेरै ठाउँमा क्वारेन्टाईनमा राखेको मानिसको स्वाव संकलन गर्न समेत रोकेको अवस्था छ । क्यारेन्टाइनमा संकलन गरिएका स्वावको दशौं दिनसम्म पनि परिक्षण हुन सकेको छैन । क्वारेन्टाईनमा बसेको मानिस, उनको परिवारजन र सम्पूर्ण समाज नै त्रसित भएको छ । यसले सरकारको अकर्मण्यतालाई देखाएको छ ।

५. यस बीचमा सरकारले अस्पतालको क्षमता, गुणस्तर वृद्धि गर्ने तर्फ पटक्कै ध्यान दिएन । संक्रमितहरुलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था सिर्जना हुँदैछ । कोभिड १९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मृगौला, चोट पटक लाग्ने लगायतका विभिन्न विरामीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन हुन सकेको छैन । गर्भावस्थामा रहेका महिलाहरुको स्थिति झन् चिन्ताजनक छ । सरकारी अस्पतालहरु यसमा सक्षम देखिएका छैनन् । निजी क्षेत्रका अस्पतालहरुलाई पनि सरकारले उचित समन्वय गरी सबै प्रकारका विरामीहरुलाई स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउन सकेको छैन ।  

६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी र पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेका छन् । उनीहरुको व्यक्तिगत सुरक्षाको उचित प्रबन्ध छैन । सरकारसँग कामका लागि प्रोत्साहित गर्ने कुनै नीति, योजना छैन । स्वास्थकर्मीको बिमा गर्ने घोषणा गरेको पनि कार्यान्वयन भएको छैन । यसरी जोखिम उठाएर काम गरिरहेका पेशा व्यवसायका मानिसहरु बारे सरकारका नीतिहरु मौन छन ।  

७. कुवेत तथा खाडीका मुलुक लगायतका विभिन्न देशमा नेपाली दिदीबहिनी–दाजुभाइहरु विचल्लीमा परेका छन् । विभिन्न देशमा गर्भावस्थामा रहेका नेपाली दिदी–बहिनीहरुको थप पिडा छ । विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन नसक्दा परिवारजनले असिम पीडा भोगिरहेका छन् । विदेशमा रहेका मानिसहरुलाई घर फर्काउने क्रममा बढी समस्या र जोखिममा रहेकालाई प्राथमिकताका आधारमा उद्धार गर्नु पर्नेमा सत्ता पक्षीय राजनीतिक भनसुनका आधारमा मानिसलाई उद्धार गर्ने प्रयत्न भैरहेको देखिएको छ । सरकारले उच्च मानवीय भावनाका साथ उद्धारको कार्य गर्न पर्नेमा असफल भएको छ ।  

८. राहत पाउनु पर्ने सबै मानिसहरुलाई आवश्यकताको आधारमा न्यायपूर्ण ढंगले राहत वितरण गर्नु पर्नेमा सत्ता पक्षीय राजनीतिक दवावका आधारमा राहत वितरण गर्ने गरी राहतमा राजनीति भइरहेको छ । एकद्वार प्रणालीका नाममा राहत वितरणमा व्यापक भेद्भाव र दुरुपयोग गरिएको छ ।  

९. लकडाउनका कारण देशको आर्थिक जीवन अस्तव्यस्त भएको छ । उद्योग, पर्यटन, यातायात तथा अन्य सेवासँग जोडिएका हजारौं उद्योग व्यवसाय ठप्प भएका छन् भने त्यसमा कार्यरत लाखौं श्रमिकहरु र साना उद्यमी व्यवसायीहरु समेत वेरोजगार भएका छन् । विदेशबाट समेत लाखौं नेपालीहरु वेरोजगारीका कारण फर्किदै छन् । त्यसले लाखौं नागरिकहरुको आर्थिक अवस्था नाजुक भएको छ । यस्तो अवस्थामा यी उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई समेत चलाएमान गर्न र नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर नभएको हाम्रो ठहर छ ।  

कोरोना महामारीको निवारण र नियन्त्रणको सन्दर्भमा सरकारको यति दिनको रवैया हेर्दा यो दुःख र पीडाको घडीमा सरकार जनताको साथमा नदेखिएको यो बैठक ठहर गर्दछ । यस पीडादायी अवस्थामा नेपाली कांग्रेस पूर्ण रुपले नेपाली जनताको साथमा रहेको छ ।  

समग्रमा नेपाल सरकार कोभिड १९ को जोखिमपूर्ण अवस्थामा जिम्मेवार, संवेदनशील, गम्भीर र सक्षम हुन सकेको छैन । मुलुकमा विषेश विपद्को अवस्थामानै जनतालाई सरकारको बढी आवश्यकता अनुभूति हुनु स्वभाविक हो तर सरकार जनताको अभिवाभकका रुपमा प्रस्तुत हुन नसक्नु दुर्भाग्य हो । सरकार कामका लागि भन्दा नामका लागि देखियो । अझ राष्ट्रिय विपतिको यस्तो अवस्थामा स्वास्थ्य सामग्री खरीदमा अनियमितता तथा भ्रष्टाचारमा लिप्त भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको छ । प्रमुख प्रतिपक्ष र अन्य सबैको निरन्तरको साथ, सुझाव र दबाबका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न, कोभिड १९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्वाट सुरक्षित राख्न पूर्ण रुपले असफल भएकोे यो बैठक ठहर गर्दछ ।

नेपाली कांग्रेसको यो बैठक सरकारलाई कोभिड १९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्वाट जोगाउन तत्काल निम्न लिखित कार्य गर्न पुनः माग गर्दछ ।

(क) २०७७/०२/२० गते कोभिड १९ को परिक्षणका सम्बन्धमा सरकारले जारी गरेको राष्ट्रिय परिक्षण निर्देशिका संशोधन गरी आरटी–पिसीआर परिक्षण गर्नु पर्नेको दायारा विस्तार गरी क्वारेन्टाइनमा राखिएका सबैलाई पीसिआर विधिबाट परिक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परिक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस् । पिसिआर परिक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस् ।  

(ख) कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस् । कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गरियोस् ।  

(ग) क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा क्वारेन्टाइन संचालन गरी प्रत्येक क्वारेन्टाइन स्थलमा पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस् । क्वारेन्टाइन संचालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत सुनिश्चित गरियोस् ।  

(घ) कोभिड १९ बाहेक अन्य रोगका सम्बन्धमा खोप, औषधी, प्रतिरोधात्मक, उपचारात्मक सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गरियोस् । लकडाउनको अवधिमा सयकडौं मानिसहरुले आत्महत्या गरेका छन् । यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ । यस्ता समस्याको समाधानका लागि आवश्यक कार्य गर्न सरकारसँग माग गर्दछ ।  

(ङ) राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार भइरहनु निर्लज्ताको पराकाष्ठा हो । कोभिड १९ नियन्त्रण गर्न काम गर्न नसकेको सरकार यस कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । नेपाली कांग्रेसको यो बैठक त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गर्दछ । हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यस सम्बन्धमा पनि तत्काल सार्वजनिक रुपमा जानकारी गराउन सरकारसँग माग गर्दछ ।  

(च)  राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गरिने व्यवस्था गरियोस् । राहतका खाद्य सामग्रीको गुणस्तर कायम गरियोस् र राहतको वितरण भनसुन र राजनीतिक आग्रहका आधारमा गरिने काम बन्द गरियोस् ।

(छ)  अहिले पनि विभिन्न देशमा नेपाली दिदिबहिनी—दाजुभाइहरु बिचल्लीमा परेका छन । गर्भावस्था लगायतका शारीरिक अवस्थाका कारणले पनि धेरै मानिस समस्यामा छन् । सरकारले तिनलाई घर फर्काउन गरेको काम अपर्याप्त छ । विचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गरियोस् ।  

(ज) नेपाल नफर्केर विदेशमै बसिरहेका नागरिकहरु प्रतिको जिम्मेवारी पनि सरकारले पूरा गर्नु पर्छ । कैयन विद्यार्थीहरु अलपत्र परेका छन् । उपचार गर्न, परिवार भेट्न गएकाहरु अलपत्र परेका छन्, कैयनले रोजगारी गुमाएका छन् । विदेशमा रहेका आफ्ना नागरिकहरुप्रति यथेष्ट ध्यान पुर्याइयोस् ।  

(झ) खाडी मुलुक लगायतका विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन आवश्यक काम होस् ।

(ञ) नेपाल र नेपाल बाहिर भएको लकडाउन र त्यसको परिणाम स्वरुप लाखौं नेपालीहरुले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई चलायमान गर्ने तयारी तत्कालै गर्न आवश्यक छ । अर्थतन्त्रलाई चलायमान गर्न उद्योग व्यवसाय र कृषिसँग जोडिएका क्षेत्रहरुमा ठोस राहत र सहयोग घोषणा गर्न सरकारसँग माग गर्दछ ।  

(ट)  औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु तथा सानोतिनो स्वः व्यवसाय गरी जिविकोपार्जन गर्ने उद्यमी र श्रमजीवीहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको अवस्थामा तमाम श्रमिक मजदूर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज ल्याउन माग गर्दछ ।  

(ठ) जीवन निर्वाहको चुनौतिबाट गुज्रिरहेको वर्तमान अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्याउन माग गर्दछ ।  

१०. कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा संघीय संसद, प्रदेश सभा र सबै जिल्लामा सक्रिय र सशक्त रुपले प्रस्तुत हुन यो बैठक निर्णय गर्दछ ।  

११. कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन पार्टीका तर्फबाट नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गर्दछ ।  

१२. कोभिड १९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरिएको छ ।  

बैठकमा धारणा व्यक्त गर्नु हुने पदाधिकारी एवं सदस्यहरु

आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, डा. रामशरण महत, महेश आचार्य, प्रदिप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, कमला पन्त, शंकर भण्डारी, मीन विश्वकर्मा, गगनकुमार थापा, जीवन परियार, इश्वरी न्यौपाने, सीता गुरुङ्ग, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कडेल, डा. डिला संग्रौला, हरिप्रसाद नेपाल, अतहर कमाल मुसलमान, शिव हुमागाई, आमन्त्रित केन्द्रीय सदस्यहरु— रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, दयाराम पाण्डे र भुमिबहादुर  

(विश्व) गुरुङ्गले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।  

जय नेपाल !

कृष्णप्रसाद पौडेल

मुख्य सचिव
अर्को समाचार
उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि
१४ चैत्र २०८०
•
२ मिनेट पाठ
उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि
काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड पुष्टि भएको हो।




शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म आठजनामा कोभिड १९ पुष्टि भएको छ। पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ। जसमध्ये दुईजना डिस्चार्ज भएका छन्। संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। उनका अनुसार सोही अस्पतालमै परीक्षण गर्दा उनीहरूमा कोेभिड पुष्टि भएको हो।  

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ। आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार सोमबार परीक्षण गरिएका नौवटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो। उनीहरू निमानियाको सिकायत लिएर अस्पताल पुगेका थिए। कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको जानकारी  

डा. महर्जनले दिए। एक सातायता निमानियाको लक्षणसहित अस्पताल पुग्ने बिरामी बढेका छन्। कोभिड पुष्टि भएकालाई निमोनिया, श्वासप्रश्वास समस्या देखिएपछि आइसियुमै राखेर उपचार गर्नु परेको हो। निमोनिया, श्वासप्रश्वासको सिकायत लिएर अस्पताल पुग्नेमा ५०÷६० वर्षमाथिका र पहिला एकपटक कडा खालको कोभिड लागेका, मधुमेह र दम भएका बिरामी छन्।  

भर्ना भएका कोभिडका बिरामीलाई कडा समस्या देखिएपछि आइसियुमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसियु इन्चार्ज उषा देवकोटाले बताइन्। ‘कोभिड महामारी अन्त्य भएपछि यसबाट संक्रमित छिटपुट रूपमा देखिने गरेकोमा एक सातायता धेरैजना भर्ना हुुनु प¥यो,’ उनले भनिन्।

देवकोटाको अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा कोभिड १९ का बिरामी भेटिन थालेपछि अस्पतालहरूले थन्काएर राखेका उपकरणलई तयारी अवस्थामा राख्न लागेका छन्। ‘हामी बेड र उपकरण तयार गरी राख्दैछौं,’ उनले भनिन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मार्च १० भित्रको नमूना परिक्षण गर्दा बिभिन्न खालका मौसमी फ्लुहरू धेरै संख्यामा पुष्टि भएको छ। जनवरीदेखि मार्च १० भित्र परीक्षण गरेका २४ सय २६ वटा नमूनामध्ये चार सय १६ वटामा एचवान एन१, ३३ वटामा ए१ एच थ्री, ६२ वटामा कोभिड १९ र चारवटामा स्वाइन फ्लु पुष्टि भएको छ। पछिल्लो दुई साताको कोभिड परीक्षण तथ्यांक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छैन। पछिल्लो दुई सातायता कोभिड १९ को जिन सिक्वेन्सिङ पनि नगरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजराज भट्टले बताए। ‘एकै पटक धेरैजनामा पुष्टि भएपछि मात्र जिन सिक्वेन्सिङ गर्छाैं,’ उनले भने। इपिडिमियोेलोेजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा अहिले कोभिड १९ का सक्रिय संक्रमित ६ जना छन्।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस