काठमाडौं, वैशाख ११ (नागरिक)- विभागीय डर्बीमा नेपाल पुलिस क्लब फेरि एकपटक सफल भएको छ। आइतबार त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै पुलिस ब्रिटिस गोर्खा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। विगतमा आर्मीविरुद्ध सधै उत्कृष्ट प्रदर्शन गर्न आएको पुलिसले आइतबार नजिता निकाल्न खेलेको अन्तिम सेकेन्डसम्म कुर्नुपर्यो।
१ सय २० मिनेट गोलरहित बराबरी खेल्दा हाबी रहेको आर्मी पेनाल्टी सुटआउटमा पुगेर पुलिसलाई हराउन असफल भयो। टाइब्रकेरमा ३-३ को अवस्थामा कप्तान समेत रहेका गोलकिपर विकास मल्लले प्रहार गरेको अन्तिम पेनाल्टी बाहिरीएपछि आर्मी प्रतियोगिताबाट बाहिरीएको थियो। अन्तिम पेनाल्टीमा रविन श्रेष्ठले गोल गरेपछि पुलिस दोस्रो पटक ब्रिटिस कपको सेमिफाइनल यात्रा तय गर्यो। पुलिस अहिले सम्म ब्रिटिस कपको फाइनल पुगेको छैन।
तेस्रो पेनाल्टीसम्म आर्मी अघि रहेपनि अन्तिम दुई पेनाल्टीमा नजिता उल्टन गयो। टेकबहादुर बुढाथोकीले प्रहार गरेको चौथो पेनाल्टी पुलिसका गोलरक्षक रितेश थापाले रोके। पहिलो पेनाल्टी नै चुकाएको पुलिसका लागि चौथोमा भोला सिलवालले गोल गर्दै टाइब्रेकरलाई ३-३ को बराबरीमा ल्याएका थिए। निर्णायक पाँचौं पेनाल्टीमा आर्मी चुक्यो, पुलिस गोल गर्न सफल भयो।
आर्मीका लागि सुरुआती तीन पेनाल्टीमा राजु तामाङ, हिरण्य मगर र नवयुग श्रेष्ठले गोल गरे। पुलिसका लागि पर्वत पाण्डेले दोस्रो र सुमन सुवेदीले तेस्रो पेनाल्टीमा गोल गरे। योगेश श्रेष्ठ पेनाल्टी चुकाउने पुलिसको एक्लो खेलाडी बने।
आर्मीका प्रशिक्षक योगम्बर सुवालले टाइब्रेेकरको हारलाई दुर्भाग्यको संज्ञा दिए। 'खेलेर मात्र जितिन्न रहेछ। भाग्यको पनि साथ चाहिन्छ भनेको यहि हो,' उनले भने,' आज हामीले राम्रो खेल्यौं। तर पनि पेनाल्टीमा हार्यौ। पेनाल्टीमा जति राम्रो टोली पनि हार्न सक्छ।'
विकासले पेनाल्टी चुकाउनुलाई दुर्भाग्यकै रुपमा व्याख्या गरे। 'अभ्यासमा सधै गोल गर्थे। दुर्भाग्य आज भएन।'
खेलभर पुलिसविरुद्ध हाबी भएकोतर्फ संकेत गर्दै पुलिसका पूर्व प्रशिक्षक रहेका सुवालले थपे,' आर्मी पहिला पावर गेम खेल्थ्यो, अहिले 'टेक्निकल' खेल्न थालेको छ। भविष्यमा यसमा अझै सुधार आउनेछ।'
राष्ट्रिय टोलीका दुई गोलकिपरले अलग अलग पोष्ट सम्हालेको खेलमा पुलिसका रितेश थापा बारम्बार परिक्षणबाट गुजि्रए, त्यसमा उनी सफल पनि भए। ९७ औं मिनेटमा राजु कर्नरमा टेकबहादुर बढाथोकीले हेड गरेको बल रितेशले गोललाइनमा रोके। त्यस्तै १ सय १२ औं मिनेटमा हरि महतोको प्रहारलाई बताए। ८८ औं मिनेटमा गोलकिकबाट प्राप्त बललाई पेनाल्टी बक्स पुर्याएर नवयुगले प्रहार गर्दा रितेशले उत्कृष्ट पन्च गरे। पेनाल्टीमा टेकबहादुरको पेनाल्टी समेत रहेको रितेशनै खेलको एडिडास म्याच अफ द म्याच पनि चुनिए। आर्मीका विकासले भने खासै दबाब खेप्नुपरेन।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले आर्मीविरुद्धको नजितालाई विगतकै निरन्तरताको रुपमा अर्थ्याय। ' आर्मीविरुद्ध हाम्रो जित सधैंजस्तै हो ,' उनले भने,' आर्मी दबाबमा खेल्दा पनि आफ्ना खेलाडी त्यसलाई 'क्यास' गर्न असफल भए। '
श्रेष्ठले खेलाडी अभावका कारण पुलिसले वास्तविक खेल खेल्न नसकेको बताए। ' हामीसँग स्तरिय खेलाडी पर्याप्त छैनन्। त्यसमाथि आज जुमानु राई घाइते भए,' उनले भने,' एमआरआइपछि उनको चोटका बारेमा थाहा हुन्छ। उनी फर्केनन् भने हामीलाई अझै गाह्रो हुन सक्छ।' श्रेष्ठले ब्रिटिस कप लगत्तै प्रेसिडेन्ट्स कप खेल्नुपर्ने भएकाले कुनलाई महत्व दिने भन्नेमा द्धिविधा रहेको प्रष्टाए। 'अहिले सम्म ब्रिटिस कप जितेका छैनौं। त्यसैले यसमा जित्नु आवश्यक छ ,' सँगै उनले थपे,' प्रेसिडेन्ट्स कपमा उत्तिकै महत्वपूर्ण छ। दुवै प्रतियोगितासँग सँगै परेकोले खेलाडी चोटग्रस्त होलान् भन्ने डर छ।' पुलिसले लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र फ्रेन्ड्सबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ।