चालु संसद अधिवेशन अन्त्य भएको छ। आज मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। यो सँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छन्। संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रीपरिषदको असार १८ गतेको सिफारिसमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन विहिबार ५ बजे देखि अन्त्य भएको राष्ट्रपतिद्वारा संसद सचिवालयमा प्रेसित पत्रमा उल्लेख छ।
वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले एमसीसी सम्झौता अनुमोदन, नागरिकता र निजामती सेवासम्बन्धी विधेयक पारित गर्नुपर्ने थियो । तर सरकारले अचानक संसद अधिवेशन अन्त्य गरेपछि एमसीसी प्रकरण पनि धकेलिएको छ।
नेकपा एमालेले नाराबाजी गरेपछि आजको संसद बैठक स्थगित भएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझेको भन्दै एमालेले संसदमा नाराबाजी गरेको छ।
एमालेका सचेतक महेश बर्तौलाले सरकारले सुन तस्करहरुलाई संरक्षण गर्न समिति बनाउन नचाहेको आरोप लगाएका थिए। उनले आफ्नो पार्टीको माग यथावत रहेको बताएका थिए।
सुन प्रकरणको बिषयलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिएका थिए। श्रेष्ठको जवाफमा चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...