विपद व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न गृहमन्त्रीको निर्देशन
२५ असार २०७७
•
३ मिनेट पाठ
विपद व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न निर्देशन दिएका छन्।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिले सम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिएका हुन्। उनले संकटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमिति लगायत सरोकारवाला संघ संस्थाहरूलाई उच्च सतर्कतामा राख्न समेत निर्देशन दिए । उनले घटना घटनासाथ उच्च सतर्कता अपनाई तुरुन्तै परिचालित हुने गरी काम गर्न समेत निर्देशन दिएका छन्।  

‘अब यसलाई कसरी समाधान गर्ने यो संकटलाई अहिले आएको र अव आउने भावि संकटलाई भनेर दुईवटा कुरा गर्न जरुरी छ । अव हामीले हाम्रो सतर्कता हाम्रो केन्द्रको कार्यसमिति यससित सम्बद्ध सबै विभागहरू सबै सरोकारवाला संघ संस्थाहरू यस सित आवद्ध छन्। हामीले हाम्रो सतर्कतालाई उच्च अवस्थामा पुर्याउन जरुरी छ । जसलाई हामी हाइ एलर्ट भन्छौं । हामी हाइ अलर्टको अवस्थामा रहन जरुरी छ चौविसै घन्टा । मलाई लाग्छ पक्कैपनि हाम्रा सबै सम्बद्ध संस्था र विभागहरू सतर्क नै छन् तर यति सतर्कताले पुग्दैन । यसलाई अझ बढाउन जरुरी छ भन्ने लाग्छ । दोस्रो कुरा हामीले घटना घटनासाथ तुरुन्तै परिचालित हुन जरुरी छ । उच्च सतर्कता र तुरुन्तै परिचालित हुने तल हाम्रो स्थानीय तहमा हामीले संरचना बनाएका छौं जुध्नको निम्ति हाम्रो प्रदेश स्तरमा पनि छ केन्द्रस्तरमा पनि छ । केन्द्र स्तरमा विभिन्न अन्य संरचनाहरू पनि विभागिय भनौं अथवा विषयगत संरचनाहरू पनि हामीले बनाएका छौं । हामी सबै घटना घटनासाथ तुरुन्तै परिचालित हुन जरुरी छ ।’

गृहमन्त्री थापाले जेठ देखि नै मनसुन सुरु भएको र भदौ सम्म रहने भएकाले यसबाट उत्पन्न हुने संकटको सामना गर्ने सन्दर्भमा नयाँ नीति र योजनाहरू अपनाउनुपर्नेमा जोड दिए । ‘घटनाको निरन्तर समिक्षा गर्दै हामीले यसलाई समाना गर्ने यससित जुध्ने र समस्याको समाधान गर्ने सन्दर्भमा फेरी हामीलाई नयाँनयाँ नीतिहरू योजनाहरू पनि सँगसँगै अपडेट गर्दै जानुपर्ने हुन्छ ।’ उनले भने ।  

मनसुनले यस वर्ष बाढी पहिरोको जोखिम बढाएको भन्दै संकटको सम्भावनाको आंकलन गरिएको बताए । जेठ महिनामा नै पानी परेकाले धरातल भिजेको र आगामी दिनमा ठूलो वर्षा हुने अनुमान पनि गरिएकाले देशव्यापी रुपमा नै बाढी पहिरो आई धनजनको क्षति ल्याउने सम्भावनाहरू प्रवल देखिएको बताए । उनले संकटलाई सामना गर्दै जनताको जीउ धनको रक्षा गर्ने चुनौति बढेको बताए ।

‘मनसुनले ल्याएको संकट मुख्यतः बाढि पहिरोको रुपमा जुन संकट पैदा हुँदै गइराखेको छ र अहिलेको हाम्रो समिक्षा हेर्दाखेरी यो वर्ष मनसुनले ठूलै संकट ल्याउने सम्भावना को हामीले आंकलन गरिराखेका छौं । अहिले हाम्रो विज्ञहरुको भनाई अनुसार मनसुनले यो जेठ महिनामा नै यहाँको धरातललाई धेरै भिजाई सकेको छ यसलाई स्याचुरेट गरिसकेको छ । अब आगामी दिनमा ठूलो वर्षा हुने पनि देखिन्छ । विशेष गरेर अव आउने तीन÷चार दिन अविरल वर्षा हुने सम्भावना देखिएको छ  विशेष गरेर पूर्व र मध्य क्षेत्रहरूमा त्यसकारणले अविरल वर्षा भयो भने यसले निश्चित रुपमा देशव्यापी रुपमा विशेष गरेर मध्य देखि पूर्व सम्म ठूलो बाढी पहिरो आउने र त्यसले जनधनको क्षति ल्याउन सक्ने सम्भावनाहरू प्रवल देखिएको छ । त्यसकारणले यो संकटलाई कसरी सामना गर्ने र जनताको जीउधनको कसरी रक्षा गर्ने भन्ने चनुौति हाम्रो अगाडि खडा भएको छ ।’

उनले देशले चारवटा संकट एकैपटक व्यहोर्नुपरेकाले चुनौति पनि बढी नै रहेको बताए । कोरोनाका भाइरसका कारण मानव स्वास्थ्यमा परेको संकट, अर्थतन्त्रमा परेको संकट, लामो समय लकडाउन हुँदा समाजमा परेको संकट र मनसुन छिटो हँुदा बाढी पहिरोका कारण पर्ने संकटको व्यवस्थापन एकैसाथ गर्नुपरेकाले चुनौति धेरै रहेको गृह मन्त्री थापाले बताए । 
अर्को समाचार
जुम्लामा विपद व्यवस्थापन अभ्यास
०७ पौष २०७९
•
१ मिनेट पाठ
जुम्लामा विपद व्यवस्थापन अभ्यास
जुम्लामा विपद् व्यवस्थापन अभ्यास गर्दै सुरक्षाकर्मीहरु। तस्बिर: गोल्डेन बुढा
तातोपानी गाउँपालिका-४ हाँकुचौरमा विपद् व्यवस्थापन कृत्रिम अभ्यास प्रदर्शनी गरिएको छ। अहिले सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धि  सन्देशमुलक अभ्यास प्रदर्शनी गरिएको हो।




आगलागी जस्तो विपद् घटना कसरी हुन्छ, यसबाट कसरी बच्न सकिन्छ, समयमा कसरी व्यवस्थापन गर्ने र राहत उद्धार गर्ने विषयमा अभ्यास गरिएको थियो। फायर फाइटिङ, माइन जोखिम सचेतना, ग्यास सिलिण्डर फायर सेफ्टी, घाइते उद्धार, प्रथामिक उपचार र विपद् सामग्री प्रदर्शनी गरिएको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तातोपानी गाउँपालिका,र पेस नेपाल जुम्लाको समन्वयमा विपद् व्यवस्थापन अभ्यास प्रदर्शनी गरिएको हो। अहिले सुख्ख मौसममा बढी आगलागीका घटना हुने गर्दछन्। यस्ता विपद् बाट कसरी बच्ने र राहत उद्धारका विषयमा सचेतीकरण गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए।

विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनीबाट स्थानीयलाई सचेतीकरण गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य बताए।

त्यस्तै आगलागी तथा विपद्को समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले कृतिम घटना अभ्यासको आयोजना गरिएको विपद् व्यवस्थापन समितिका संयोजक तथा जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए।

जुम्लामा नेपाली सेनाले समय समयमा विपद्सँग सम्बन्धीत विभिन्न (आगलागी, बाढी, पहिरो, भूकम्प) घटनाहरूको समय समयमा कृतिम घटना अभ्यास गर्दै आइरहेको छ।  
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस