सरकार र थरुहट वार्ता 'सकारात्मक', बिहीबार पुनः बस्ने
१७ चैत्र २०७७
•
१ मिनेट पाठ
सरकार र थरुहट वार्ता 'सकारात्मक', बिहीबार पुनः बस्ने
गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिबीच आजदेखि वार्ता सुरु भएको छ।  




गृह मन्त्रालयमा आज भएको पहिलो चरणको वार्तामा दुवै वार्ता टोलीबीच आआफ्नो धारणा राख्ने काम भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। उनका अनुसार आजको वार्ता बिहीबार पुनः बस्ने गरी सकारात्मक रुपमा टुङ्गिएको छ।

गृहमन्त्री थापाको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन्। थरुहटका तर्फबाट रुक्मिणि चौधरीको संयोजकत्वमा रहेको वार्ता टोलीमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सहभागी छन्।  

आन्दोलनरत पक्षले टिकापुर घटनामा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनको क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राख्दै आएको छ।
अर्को समाचार
उपनिर्वाचन थापालाई चुनौती
१५ वैशाख २०७८
•
२ मिनेट पाठ
उपनिर्वाचन थापालाई चुनौती
राष्ट्रियसभा सदस्य पद खारेजीपछि सोही ठाउँमा हुने उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई एमालेले पुनःउम्मेदवार बनाए पनि पुनःनिर्वाचित हुन चुनौती देखिएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद खारेज गरेपछि उनलाई एमालेले पुनः उम्मेदवार बनाएको हो। तर, थापालाई एमालेभित्रैबाट धोखा हुनसक्ने अनुमान छ। एमालेमा एक/एक पुराना नेता हुँदाहुँदै थापालाई पुनः उम्मेदवार बनाएपछि एमालेभित्रै असन्तुष्टि छ । जसबाट थापालाई निर्वाचित हुन चुनौती देखिएको हो ।  




आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा एमालेका तर्फबाट थापाले उम्मेदवारी दिने भए पनि माओवादी, कांग्रेसलगायतका दलहरूले उम्मेदवार टुंगो लगाइसकेका छैनन् । उनीहरूले मोर्चा बनाएर उम्मेदवारी दिने तयारी छ। एमालेभित्रको असन्तुष्टि र विपक्षी दलको मोर्चाबन्दीबाट थापालाई चुनाव जित्न कठिनाइ हुन लागेको स्रोतको दाबी छ। गृहमन्त्री थापा २०७४ सालको निर्वाचनमा माओवादी र एमालेको संयुक्त मतबाट निर्वाचित भएका थिए। निर्वाचन आयोगले वैशाख २४ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेस र माओवादी केन्द्र र अन्य दलमध्येबाट एकजनाको उम्मेदवारी दर्ता गर्ने कसरत भइरहेको स्रोतको दाबी छ।

माओवादी केन्द्रका प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङले पनि दलहरूबीच छलफल गरेर उम्मेदवारको टुंगो लगाउने बताए । संविधानको व्यवस्थाबमोजिम प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा राष्ट्रियसभा सदस्यमा मतदान हुनेछ। राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्यहरूको मतभार ४८ तोकिएको र स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको मतभार १८ रहेको छ। राष्ट्रियसभा सदस्यको उपचुनावमा बागमती प्रदेशका प्रदेशसभा सदस्यहरू, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर र उपमेयरहरूले मतदान गर्नेछन्। बागमती प्रदेशसभामा १ सय १० जना सांसद सदस्य र यस प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखको मत संख्या २ सय ३८ गरी ३४८ मतदाता रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रदेशसभा र स्थानीय तह दुवैमा नेकपा एमालेको बहुमत छ । प्रदेशसभाका कुल सदस्यमध्ये एमालेका ५७ र एमाले बाहेकका सबै दलको संख्या ५३ रहेको छ। प्रदेशसभा सदस्यमा कांग्रेसको २२, माओवादीका २३, विवेकशील साझाका ३, नेमकिपा र राप्रपाका २/२ मत छन् भने राजपाको एक मत छ। स्थानीय तहमा भने २ सय ३८ जना प्रमुख र उपप्रमुखमध्ये एमालेकै बहुमत छ। २ सय ३८ मध्ये एमालेका १ सय ३२ छन्। कांग्रेस, माओवादीलगायतका सबै विपक्षीको जोड्दा १ सय ६ जना मात्र पुग्छन्। मतभार अनुसार सबै सदस्यले मतदान गरेमा एमालेको प्रदेशसभामा २७ सय ३६ मत र स्थानीय तहमा २३ सय ७६ मत गरी ५१ सय १२ मत प्राप्त हुनेछ भने अन्य दलको प्रदेशसभामा २५ सय ४४ र स्थानीय तहमा १९ सय ८ गरी ४४ सय ५२ रहेको छ । एमालेभित्रको असन्तुष्ट समूहले एमालेलाई अन्र्तघात गरेर अन्य दललाई ६ सय ६० मत दिएमा भने थापाको हार हुनेछ। गोप्य मतदान भएकाले प्रदेशसभाबाट, स्थानीय तहबाट एमालेलाई अन्र्तघात हुने सम्भावना देखिएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस