नेकपा विवाद मिलाउन महासचिवको दौडधुप
३१ असार २०७७
•
४ मिनेट पाठ
नेकपा विवाद मिलाउन महासचिवको दौडधुप
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच आन्तरिक विवाद बढ्दै गएपछि त्यसलाई मत्थर बनाउन पार्टी महासचिव विष्णु पौडेलले सबै नेतासँग एक्लाएक्लै भेटघाट गरिरहेका छन्। पार्टी एकता जोगाउनुपर्छ भन्दै उनले एक साताबीच सचिवालयका शीर्ष नेताहरुसँग भेटघाट गरेर विवाद मत्थर पार्ने कोसिस गरिरहेका छन्।




‘महासचिव पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसम्मलाई एक्लाएक्लै भेटघाट गर्नुभएको छ। यो एक साता उहाँले सबै नेतालाई भेट्नुभएको हो’, महासचिव निकट स्रोतले भन्यो। महासचिव पौडेलले पार्टीमा कुनै पनि प्रकारको दुर्घटना निम्त्याउनु हुँदैन। दुर्घटना भए अब कुनै पनि नाममा कम्युनिस्ट पार्टीले जनमत जोगाउन सक्दैन भन्ने उनको भनाइ रहेको र त्यही कुरा सबै नेताहरुलाई भनेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले बुधबारदेखि लगातार नेताहरुसँग भेटघाट गरिरहेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग सोमप्रसाद पाण्डेको घरमा चार घण्टा भेटघाट गरेका थिए। पाण्डे नाताले नेता नेपालका सम्धी हुन्। त्यसैगरी निवासमै पुगेर पौडेलले नेता झलनाथ खनालसँग दुईपटक भेटघाट गरेका थिए भने दाहाल चितवनबाट फर्केपछि पनि भेटघाट गरेका थिए। महासचिव पौडेलले गौतम र नारायणकाजी श्रेष्ठसँग पनि बेग्लाबेग्लै छलफल गरी विवाद सुल्झाएर जान आग्रह गरेका थिए। ‘सबै शीर्ष नेतासँग भेटघाट भइरहन्छ। पार्टी एकताको विषय र बैठकका विषयमा कुराकानी गर्नुपर्ने भएकाले भेटघाट भएको हो। यसमा अन्य खास कुरा केही छैन’, महासचिव पौडेलले भने।

महासचिव निकट स्रोतका अनुसार उनी अहिले पार्टी एकता बलियो बनाउने विषयमा नेताहरुबीच संवाद आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओली र अन्य नेताबीचमा कसरी एक्लाएक्लै संवाद गराउन सकिन्छ भनेर समेत लागिपरेका छन्। शीर्ष नेताहरुबीच संवाद शून्य छ, जसले गर्दा वरिष्ठ नेताहरु र प्रधानमन्त्रीबीच दूरी बढिरहेको छ।

महासचिव पौडेल प्रधानमन्त्री ओली र अन्य नेताबीच कसरी एक्लाएक्लै संवाद गराउन सकिन्छ भनेर लागिपरेका छन्।
दुई अध्यक्षबीच मंगलबार भएको छलफल पनि बिनानिष्कर्ष टुंगिएका बेला अन्य शीर्ष नेतावीच महासचिव पौडेलले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन्। ‘सबै नेताहरुले उठाएको विषयलाई संस्थागत ढंगले सम्बोधन कसरी गर्न सक्न्छि भन्नेबारेमै उहाँहरुबीच छलफल भएको बुझिएको छ’, महासचिव निकट राष्ट्रियसभाका एक सांसदले भने। उनका अनुसार महासचिवले बालुवाटारका तर्फबाट कुनै पनि प्रस्ताव लिएर भेटघाट नगरेको तर समस्यालाई बल्झाउन भन्दा पनि सुल्झाउने उपायको खोजीमा लाग्न शीर्ष नेताहरुलाई आग्रह गरेका हुन्। शनिबार भएको भेटमा पौडेलले नेता नेपालसँग धेरै विकल्पबारे छलफल गरेका थिए। ‘पार्टीभित्र नेपाल समूहलाई अन्याय परेको विषयमा सहमति जनाउँदै पौडेलले त्यसको समधानका लागि दर्जन विकल्प अघि सारेको तर नेपालले यो विषय ओली आफैंले सुल्झाउनुपर्ने भएकाले भेटघाट निरर्थक हुने बताएर पठाएको’ स्रोतले जनाएको छ। यसबाट अध्यक्ष ओली आफैं अग्रसर भएमात्रै पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको छ। पछिल्लो समय वरिष्ठ नेता झलनाथ खनाल निकै आक्रोशित भएको र यसलाई कम गर्न ओली–खनालबीच भेटघाटे आवश्यक रहेको एक नेताले बताए। ‘अध्यक्षद्वयबीच भएका हरेक छलफलमा पौडेलले पार्टी एकताको विषयलाई महत्व दिइरहेको बताउँदै आएका छन्। ‘मंगलबार पनि दुई अध्यक्षबीच छलफल भएको छ। उहाँहरुले विवाद समाधानको उपाय निकाल्नुहुनेछ भन्ने सबै नेता कार्यकर्ताको अपेक्षा छ’, महासचिव पौडेलले भने।  

गत असार १० गते स्थायी कमिटी बैठकको पहिलो दिनमै प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्ने क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग बैठकमै भनाभन भएपछि विवाद गम्भीर बनेको थियो। अध्यक्षद्वय  ओली र  दाहालले एकअर्कालाई कडा आरोप लगाए भने वरिष्ठ नेता नेपालले आपूmलाई अपमान गर्दै कुर्सी पछाडि राखेको भन्दै अरुलाई रैती, आफूलाई राजा सोच्ने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेपछि बैठकमा सन्नाटा छाएको थियो।  

त्यसलगत्तै पौडेल सक्रिय बनेका हुन्। त्यति बेला पनि उनले ओली, दाहाल, नेपालसहितका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ‘नेताहरुसँग भेटघाट गरि नै रहेको छु। यसले विवादलाई मत्थर पार्नेभन्दा पनि नेताहरुबीच खुलेर छलफल होस् भन्ने आम कार्यकर्ताको भावना छ’, महासचिव पौडेलले भने। नेकपा उच्च स्रोतका अनुसार महासचिव पौडेलले प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललाई मनाउने प्रयास गरिरहेका छन्। उनले सांगठनिक जिम्मेवारी बाँडफाँट गरेर अगाडि बढ्न सुझाव दिइरहेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेर पार्टीभित्रको विवाद सुल्झाउन प्रयास गर्न आग्रह गरेका छन्।  

राष्ट्रपति–नेपाल भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर भेटघाट गरेकी छन्। नेकपामा आन्तरिक विवाद चर्किंदै गएपछि राष्ट्रपति भण्डारीले नेपाललाई बोलाएर भेटघाट गरेकी हुन्। ‘उहाँहरुबीच पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिबारे कुराकानी भएको छ’, राष्ट्रपति कार्यालयले स्रोतले भन्यो। तर नेपालको सचिवालयले भने भेटघाटको पुष्टि गरेन।  

भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान नेपाललाई आग्रह गरेकी थिइन। नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीलाई सम्झाउन आग्रह गरेका थिए। पार्टी पद्धतिमा चलोस्, नेताहरुको कार्यविभाजन समान होस भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो। आफूलाई तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदको लोभ नभएको पनि उनले बताएको स्रोतले जनाएको छ।
अर्को समाचार
नेकपा विवाद निरूपण प्रक्रिया अघि बढ्ने
२१ फागुन २०७७
•
३ मिनेट पाठ
नेकपा विवाद निरूपण प्रक्रिया अघि बढ्ने
निर्वाचन आायोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद निरूपण गर्न छिट्टै प्रक्रिया अघि बढाउने भएको छ। गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाभित्र केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहबीच देखिएको आधिकारिकताको विवाद निरूपण गर्न आयोगले प्रक्रिया अघि बढाउने भएको हो।




नेकपाभित्र विवाद देखिएको साढे दुई महिना बित्दा पनि निर्णय दिन नसकेको भन्दै आयोगमाथि नै प्रश्न उठ्न थालेपछि विवादलाई कानुनबमोजिम टुंगो लगाउने भएको हो। यसअघि बुधबार चार पूर्वप्रमुख आयुक्त र एक पूर्वआयुक्तले नेकपा विवाद निरूपणमा ढिलाइ हुँदा आयोगको निर्णय क्षमता, स्वायत्तता र साखमा असर पुगेको भन्दै यथाशीघ्र निर्णय लिन विज्ञप्तिमार्फत आग्रह गरेका थिए।

पूर्वप्रमुख आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज घिमिरे, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र पूर्वआयुक्त दोलखबहादुर गुरुङले आयोग लामो समय अनिर्णयको बन्दी रहँदा आफ्नै साखमा पर्न सक्ने असरलाई विचार गरी कानुन र स्थापित नजिरका आधारमा उपयुक्त निर्णय दिन आग्रह गरेका हुन्। आयोगले भने कुनै अन्य कारणले नभई निर्वाचनको कारणले विवाद निरूपणमा ढिलाइ भएको र अब छिटै टुंग्याइने जनाएको छ।

‘पहिला विवाद प्रारम्भ भएको ३० दिनभित्र आधिकारिकता दाबी भइसक्नुपर्नेमा दुवै पक्षबाट आधिकारिकता माग नभएपछि हामीले ऐन र विधानअनुसार नेकपा एउटै भएको निर्णय दिएका थियौं,’ एक आयुक्तले भने, ‘आधिकारिकता दाबी गर्ने हदम्याद समाप्त भएपछि दाहाल–नेपाल समूहको दाबी पर्‍यो। त्यति बेला संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको कारण आयोग निर्वाचनमा केन्द्रित थियो।

निर्वाचनको समयमा विवाद नहेर्ने कानुनी व्यवस्था पनि छ, सोही कारण पनि हामीले हेरेका थिएनौं, अब प्रक्रिया पुर्‍याएर आएपछि आयोगले विवाद निरूपणको प्रक्रिया अघि बढाउँछ।’ तोकिएको समयभित्र प्रक्रिया पुर्‍याएर आधिकारिकता दाबी गर भनेर दुवै पक्षलाई भन्दा नगर्ने, हदम्याद समाप्त भएपछि आयोगले ढिलाइ गर्‍यो भन्ने भनाइ विरोधाभासपूर्ण रहेको ती आयुक्तले बताए। 

‘प्रक्रिया पुर्‍याएर आएपछि निष्पक्ष तरिकाले संविधान र कानुनले तोकेको जिम्मेवारी पूरा गर्न आयोग हिजो पनि प्रतिबद्ध थियो, आज पनि छ,’ उनले भने, ‘बुधबार उहाँहरू (दाहाल–नेपाल) केही नयाँ इस्युसहित आउँछौं भन्नुभएको थियो, आउनुभएन। अब नयाँ ढंगले प्रक्रिया पुर्‍याएर आएपछि आयोगले विवाद निरूपण प्रक्रिया थालिहाल्छ।’ 

नेकपाको दाहाल–नेपाल समूह बिहीबार आयोग जाने तयारीमा थियो तर गएन। थप प्रमाण र कागजातसहित शुक्रबार आयोग जाने जानकारी सो समूहले दिएको छ। दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बिहीबार नभ्याइएकाले आयोग पुग्न नसकेको बताए। ‘विवाद निरूपण छिटो गरिदिनुस् भनेर दबाब दिन आयोग पुग्ने कार्यक्रम थियो तर भ्याइएन,’ उनले भने।

छिटो निकास दिन आग्रह 

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोग लोकतन्त्रको अभिभावकीय संस्था रहेको र अहिले नेकपा विवाद निरूपणमा ढिलाइ हुँदा आयोगमाथि नै प्रश्न उठ्न थालेकाले छिटो निकास दिनुपर्ने बताएका छन्।

‘यो विवादमा ढिलाइ हुनुको कारण आयोगमात्रै त होइन, पहिला दुईवटा समूहले अलमल्याए, आआफ्ना किसिमले निर्णय गरे, आयोगमा अभिलेखीकरण गराउन गए तर आयोगले त्यो मानेन, ३० दिनभित्र दुवै पक्षले आधिकारिकता नमागेपछि आयोगले नेकपा एक भएको निर्णय दियो,’ पूर्वप्रमुख आयुक्त उप्रेतीले भने, ‘हामीले दुवै पक्षका अध्यक्षलाई बोलाएर समझदारी गराउनुस्, मध्यस्तता गर्नुस् भनेर आयोगलाई सुझाव पनि दिएका थियौं, आयोगले प्रयत्न त गर्‍यो तर पर्याप्त भएन।’

यो विवाद सल्टाउने काम आयोगको नै भएको बताउँदै उनले थपे, ‘अन्योलको अवस्थालाई चिर्न आयोगको ठूलो भूमिका हुन्छ। त्यसैले आयोगले छिटो निर्णय गरोस् भनेका हौं।’ आयोग राजनीतिक व्यवस्थापन गर्ने संस्था भएकाले यस्तो समयमा झनै सक्रिय हुनुपर्ने उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस