कोरोना नियन्त्रणमा प्रदेश सरकार दिशाविहीन बन्योः कांग्रेस
२१ भदौ २०७७
•
२ मिनेट पाठ
कोरोना नियन्त्रणमा प्रदेश सरकार दिशाविहीन बन्योः कांग्रेस
प्रदेश नं. ५ प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता बिरेन्द्रकुमार कनौडीया । फाइल तस्बिर
नेपाली कांग्रेसले प्रदेश नं. ५ को सरकार कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचारमा दिशाविहीन बन्दै गएको ठहर गरेको छ। प्रदेश सरकार दिशाविहीन र योजनाविहीन बने कै कारण संक्रमण नियन्त्रण बाहिर जान थालेको र आर्थिक सामाजिक संकट चुलिदै गएको ठहर कांग्रेसले गरेको हो।




प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी निकै फितलो भएको भन्दै प्रदेश सरकारसंग संक्रमण नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजना माग गरेको छ।  

कांग्रेस संसदीय दलका नेता बिरेन्द्रकुमार कनौडीयाले संक्रमण नियन्त्रण गर्दै आम नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजनाको माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाइ ध्यानाकर्षण गराएका हुन। कोरोना संक्रमण रोकथाम र उपचारको तयारीप्रति सरकार समयमै गम्भीर नहुँदा संक्रमण नियन्त्रण बाहिर जान थालेको र त्यसले आम नागरिकको जीवन संकटमा परेको मुख्यमन्त्रीलाई बुझाइएको पत्रमा उल्लेख छ।

संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारी नै नगरी लकडाउन र निषेधाज्ञामा भर परेको भन्दै कांग्रेसले अहिले भइरहेका निषेधाज्ञा ठोस अध्ययनका आधारमा नभइ हचुवाका भरमा गरिएको बताएको छ। कतिपय स्थानमा समुदायमै संक्रमण पसिसकेको अवस्थामा स्थानीय प्रशासनलाई देखाएर सरकार संक्रमण रोकथाम र उपचारको जिम्मेवारीबाट पन्छिएको आरोप कांग्रेसको छ।

‘समयमै उपचार नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन्। कोरोना कहरले आम नागरिकको जीवनमा सामाजिक आर्थिक संकट चुलीदो छ। यो संकटको घडीमा सरकारले देखाएको निष्क्रियता र संवेदनहीनताको हामी घोर भत्सर्ना गदर्छौ’ कांग्रेसले मुख्यमन्त्रीलाई पठाएको बिज्ञप्तीमा भनिएको छ।  

सबै अस्पतालहरुमा कोरोनाका संक्रमितलाई राखिने कुरा व्यवहारिक नभएको भन्दै कांग्रेसले आवश्यकता अनुरुप केही निजी अस्पतालहरुलाई कोरोना अस्पतलाको रुपमा बिस्तार गर्न माग गरेको छ। संक्रमतिको उपचारका लागि अक्सिजन, सघन उपचार तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न, संक्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा पिसिआर परीक्षणालाई व्यापक बनाउन, आइसोलेसन, क्वारेन्टिनको उचित व्यवस्था गर्न माग गरिएको छ।  

संक्रमण नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले पाउनु पर्ने जोखिम भत्ता समयमै उपलब्ध गराउन र किसानलाई रसायनिक मलको सहज आपुर्तिका लागि माग गरिएको छ।
अर्को समाचार
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
३२ मिनेट अघि
•
० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
काठमाडौं । ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको छ।




समितिले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौंको असन डबलीमा विरोध कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले विरोध कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

सरकारको निर्णयको विरोधमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस