अस्थिरता चाहनेहरुले मेरो राजीनामा मागेः प्रधानमन्त्री
०८ मंसिर २०७७
•
२ मिनेट पाठ
अस्थिरता चाहनेहरुले मेरो राजीनामा मागेः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लोकप्रियताको डरले आफ्नो राजीनामा मागिएको भन्दै वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन्। उनले सरकारले काम गरेन भन्नेहरुलाई काम नपाएका र अस्थिरता चाहनेहरुको झुण्ड’को संज्ञा पनि दिए। देशको प्रगति हुन्छ भनेर आत्तिएकाहरुले मात्र आफ्नो राजीनामा मागेको भन्दै प्रधानमन्त्री ओलीले गुमेको जमिन फिर्ता गर्ने जस्ता लोकप्रिय काम गरेको सरकारले अरु विकास र समृद्धिका काम नगरोस् भन्न चाहनेहरुले आफ्नो राजीनामा मागेको बताए।  




ताप्लेजुङको फक्तालुङ् गाउँपालिकाको वडा नं ६ लेलेपको दुर्गम स्थान घुन्सामा सोमवार आयोजित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन तथा स्थानीय समुदायसंगको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकप्रिय काम गर्ने सरकार रह्यो भने आफ्नो अस्थित्व समाप्त हुन्छ भन्ने पीरले कहिले पार्टी नेतृत्वबाट र कहिले सरकारबाट राजीनामा मागिएको बताए।

‘तपाईहरु यहाँ राजनीतिककर्मी पनि हुनुहुन्छ होला, सत्ताको नेतृत्व गरिरहेको हाम्रो पार्टी अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध पार्टीमा कहिले लिखित र कहिले मौखिक रुपमा प्रश्न पठाएर सरकार ढलिहाल्छ, केहि काम गर्न सकेन भन्ने जस्ता बिभिन्न लाल्छना आइरहन्छन्’ प्रधानमन्त्री ओलीले भने ‘त्यो सरकारको प्रगतिबाट आत्तिएका र केहि काम नपाएकाहरुबाट भएको हो।’ उनले सरकार कुनै पनि हालतमा नढल्ने भएकाले देश र जनताको पक्षमा काम गरिरहने दोहोर्‍याए। संक्षिप्त सम्बोधन गरेका उनले सरकारको पूर्णतया बचाउको कुरा गरेका छन्। उनले बर्तमान सरकार जनताका पक्षमा निरन्तर र अडिग ढंगले चलिरहनेमा शंका नगर्न आग्रह समेत गरेका छन्।  

पार्टीभित्र आन्तरिक संघर्ष तीव्र बनिरहेका बेला प्रधानमन्त्री ओली ताप्लेजुङ र इलामका सीमा क्षेत्रको एकदिने भ्रमणमा आएका हुन्। ओलीका साथ संबिधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेशकुमार भट्टराइ र १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राइ लगातको टोली घुन्सा आएको छ। त्यहाँ प्रधानमन्त्री ओलीले घुन्सा फाउण्डेसनद्धारा स्थापित वेभसाइट शुभारम्भ समेत गरेका छन्।  

कार्यक्रममा ओलीलाई फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङको नेतृत्वमा रहेको स्थानीय टोलीले स्वागत गरेको थियो। प्रधानमन्त्री ओलीलाई फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष एभेङ र घुन्सालीकातर्फबाट स्थानीय अगुवा हिमाली चुङ्दाक शेर्पाले मागपत्र पनि बुझाएका छन्। त्यसअघि प्रधानमन्त्री ओलीसहितको टोलीले ओलाङ्चुङगोला रहेको सशस्त्र प्रहरीको बिओपी केन्द्र, सीमावर्ती क्षेत्र टिपतालापास लगायतको हवाइ निरीक्षण गरेको थियो। ताप्लेजुङको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओलीसहितको टोली इलामको भ्रमणमा जाने कार्यक्रम रहेको छ।
अर्को समाचार
बुटवलमा शिक्षा मन्त्रीको पुत्ला दहन
१४ असार २०७८
•
२ मिनेट पाठ
बुटवलमा शिक्षा मन्त्रीको पुत्ला दहन
शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै सोमबार बुटवलमा उनको पुत्ला दहन गरीएको छ। जातीय भेदभाव तथा छुवाछुत जस्तो सरकारवादी मुद्दाका अभियुक्त छुटाउन सरकारी दलबदलसहित गएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै पुत्ला दहन गरीएको हो। संयुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलको ट्राफिकचौकमा शिक्षामन्त्रीको पुत्ला दहन गर्दै जातीय भेदभावविरुद्ध प्रदर्शन गर्‍यो।




'जात व्यवस्था अन्त्य गर, मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर, सम्पूर्ण दलित एक हौं, जात व्यवस्था बचाउने सरकार मुर्दावाद' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

सञ्चारकर्मी रुपा सुनारले जातकै कारण कोठा भाडामा नपाएको भन्दै काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध कारबाही माग गर्दै उजुरी दर्ता गरेकी थिइन्। कोठा नदिएको सरकारवादी मुद्दालाई आरक्षसँग तुलना गरेर बौद्धि तप्कानै उत्रेकोमा समेत प्रदर्शनमा आपत्ति जनाउँदै जात व्यवस्था अन्त्य नगरे देशमा युद्ध हुने चेतावनी दिए।

संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले देशमा गणतन्त्र स्थापना हुँदासम्म पनि जातीय भेदभाव अन्त्य नभएकोमा आक्रोश पोखे। उनले ९९ प्रतिशत दलित समुदायले कोठा भाडा नपाउने समस्या भएको भन्दै मनुवादी समाज परिवर्तन गर्ने अभियानमा लाग्न अपिल गरे।

बुटवलको पुष्पलाल पार्कदेखि नाराबाजी गर्दै ट्राफिकचौकमा पुगेर कोण सभा गरीएको थियो। दलित संघ रुपन्देहीका अध्यक्ष रवि विश्वकर्माले जातका आधारमा विभेद हुनेक्रम नरोकिएकाले एकीकृत आन्दोलन गर्नुपर्ने बताए। दलित अभियान्ता नरबहादुर सुनारले दलित समुदायमाथि भेदभाव हुँदा सिंगो राज्य शक्ति लागी परेको आरोप लगाए। दलित नेता ओमप्रकाश विश्वकर्मा, जीवन परियार लगायतले बोल्दै जातीय भेदभावविरुद्ध सशक्त रुपमा प्रतिरोधमा उत्रने चेतावनी दिए।  

जातकै कारण कोठा भाडामा नदिएर अपमान गरेको आरोपमा घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लगेपछि त्यसको चौतर्फी आलोचना हुनुका साथै दलित समुदाय आन्दोलन भएका हुुन्। जातका आधारमा हुने भेदभावलाई सरकारले नै संरक्षण गरेको दलित अभियान्ताहरुको आरोप छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस