कांग्रेस अहिले सत्ता साझेदार हुँदैन: सहमहामन्त्री महत
०९ मंसिर २०७७
•
१ मिनेट पाठ
कांग्रेस अहिले सत्ता साझेदार हुँदैन: सहमहामन्त्री महत
फाइल तस्बिर।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन्। ओली र देउवाको भेटमा सत्ता साझेदारीका लागि छलफल भएको भन्ने कुरा गतल भएको भन्दै उनले यसलाई धेरै व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको बताए




नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले भने, ‘कांग्रेस अहिले सत्ता साझेदारमा जाँदैन।’ उनले ओली–देउवाबीच विपक्षी दलसँग संवैधानिक निकायलगायत विषयमा रुलिङ गर्नका लागि मात्र छलफल भएको दाबी गरे। ओली नेतृत्वको सरकार पूर्णतया असफल भएको उनको दाबी छ। अहिलेको सरकार भ्रष्टाचारमा डुबेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले नै राजनीतिक प्रतिवेदन पेस गरेर प्रमाणित गरेको उनले तर्क गरे। उनले देशमा अहिले विदेशी हस्तक्षेपसमेत बढेको र ओलीको राष्ट्रियताको नारा सबै झुठो साबित भएको बताए। ‘ओलीले देखाएका सपना सबै झुठो सावित भएका छन्, जनताले सबै कुरा बुझेका छन्,’ उनले भने। नेकपाको दुई तिहाइको सरकारलाई जनताले हेरिसकेकाले अब आउने निर्वाचनमा कांग्रेसले यसलाई अवसरको रुपमा लिनुपर्ने उनको धारणा छ। नेता महतले कोभिड महामारीमा समेत वर्तमान सरकारले केही गर्न नसकेको र २० अर्ब रुपैयाँको लेखाजोखासमेत नदेखाएको बताए। कोभिड अनुगमन समितिका संयोजकसमेत रहेका उनले ५ महिना बढीको लकडाउनमा जनताले कुनै राहत नपाएका, उपचारसमेत राम्रो नभएको, सर्वोच्च अदालतको समेत आदेशको पालना नगरेको बताए। उनले आगामी फागुनमा गर्ने भनिएको पार्टी महाधिवेशनसमेत कोभिडका कारण अन्योलमा परेको जानकारी दिए। उनले पार्टीका केन्द्रीय नेताहरूबीच ठूलो मतभिन्नता नरहेको दाबी गरे। उनले भने, ‘आफू उम्मेदवार हुने भएकाले केही कुरा केन्द्रीय नेताबाट आएको र त्यसलाई ठूलो मतभिन्नता भन्न मिल्दैन।’
अर्को समाचार
कांग्रेस अहिले सत्ता साझेदार हुँदैनः नेता महत
०८ मंसिर २०७७
•
२ मिनेट पाठ
कांग्रेस अहिले सत्ता साझेदार हुँदैनः नेता महत
प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकासशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन्। ओली र देउवाको भेटलाई सत्ता साझेदारीका लागि कुरा भएको भन्ने कुरा गतल भएको भन्दै उनले यसलाई धेरै ब्याख्या गर्नु पर्ने आवश्यक नरहेको बताए। नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले भने ‘कांग्रेस अहिले सत्ता साझेदारमा जादैन।’ 




उनले ओलीले देउवालाई बिपक्षी दलसंग संबैधानिक निकाय लगातयका विषयमा मात्र रुलिङ गर्नका लागि भएको दाबी गरे। ओली नेतृत्वको सरकार पुर्णतया असफल भएको उनले बताए। उनले अहिलेको सरकारले भ्रष्टाचारमा डुबेको यो कुरा अर्का अध्यक्ष प्रचन्डले नै राजनीतिक प्रतिबेदन पेश गरेर प्रमाणित गरेको उनले तर्क गरे। उनले देशमा अहिले विदेशी हस्तक्षेप समेत बढेको र ओलीको राष्ट्रियताको नारा सबै झुठो साबित भएको बताए। ‘ओलीले देखाएको सपना सबै झुठो साबित भएका छन्, जनताले सबै कुरा बुझेका छन्’ उनले भने।  

नेकापाको दुई तिहाईको सरकारलाई जनताले हेरी सकेकोले अब आउने निर्वाचनमा कांग्रेसले यसलाई अवसरको रुपमा लिने उनले बताए। नेता महतले कोभिड महामारीमा समेत वर्तमान सरकारले केही गर्न नसकेको तर २० अर्व रुपैयाँको लेखाजोखा समेत नभएको बताए। कोभिड अनुगमन समितिका संयोजक समेत रहेका नेता महतले ५ महिना बढीको लकडाउनमा समेत जनताले कुनै राहत नपाएको, उपचार समेत राम्रो नभएको, सर्वोच्च अदालतको समेत आदेशको पालना नगरेको बताए।  

उनले आगामी फागुन महिनामा गर्ने भनिएको पार्टीको महाधिबेशन समेत कोभिडका कारण अन्यौलमा परेको बताए । उनले फागुसनमा महाधिशेन हुन कठिनाई हुने बताए। उनले पार्टीको केन्द्रीय नेताहरु बीच ठूलो मतभिन्नता नरहेको दाबी गरे। आफू उम्मेदवार हुने भएकाले केही कुराहरु केन्द्रीय नेताबाट आएको र त्यसलाई ठूलो मत भिन्नता भन्न नमिल्ने उनले बताए। युनियका जिल्ला सभापति गोपाल भन्डारीको अध्यक्षता, मणि गैरे र युनियका उप सभापति खगप्रसाद चापागाईको संचालनमा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सांसद अतहर कमाल, आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह, नेबि संघका सभापति राजीव ढुंगाना, पार्टी सभापति सुरेन्द्रराज आचार्य लगायत सहभागी थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस