प्रधानमन्त्रीले देउवासँग सत्ता समीकरणबारे कुरा गरेका हाेइनन् : अर्थमन्त्री पौडेल
०९ मंसिर २०७७
•
२ मिनेट पाठ
प्रधानमन्त्रीले देउवासँग सत्ता समीकरणबारे कुरा गरेका हाेइनन् : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता समीकरणबारे कुनै छलफल नभएको दाबी गरेका छन्। 

प्रेस संगठन नेपाल (रूपन्देही) ले मंगलबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेकपा महासचिव पौडेलले भने, ‘प्रधानमन्त्री ओलीज्यूसँग स्पष्ट बहुमत हुँदाहुँदै प्रतिपक्षसँग सत्ता समीकरणको छलफल गर्न आवश्यक नै छैन।’

उनीहरूबीच नियमित भेटघाटअन्तर्गत संवैधानिक नियुक्ति तथा समसामयिक विषयमा छलफल भएको उनको दाबी छ।  

पार्टी गम्भीर संकटमा  

नेकपाभित्रको पछिल्लो विवादका सम्बन्धमा महासचिव पौडेलले मर्यादा नाघेर निकालिएको विवादले पार्टीलाई गम्भीर अवस्थामा पुर्‍याएकाे बताएका छन्।  

नेतृत्व तहबाटै भइरहेको आरोप/प्रत्यारोपले पार्टीको एकतामा गम्भीर संकट उत्पन्न भएको उनले बताएका हुन्।  

पार्टीभित्रको समस्या छलफलकै माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको उनले बताए।  

‘पार्टीमा अहिले मर्यादा बाहिर गएर जुन खालका अभिव्यक्ति आइरहेका छन्, तिनलाई रोकेर पार्टीलाइ थप बलियो बनाउने प्रयास भइरहेको छ,’ महासचिव पौडेलले भने, ‘त्यसका लागि मर्यादा बाहिर गएकाहरू मर्यादामा आउनुपर्छ।’

अहिले नेकपाको भविष्य साँच्चै कठिन मोडमा पुगेको र यसअघि यस्तो खालको जटिल समस्या कहिल्यै नदेखिएको पौडेलले बताए। 

उनले अहिलेको अन्तरविरोध सैद्धान्तिक वा वैचारिक नभएको पनि उल्लेख गरे। कार्यदलको साझा निष्कर्ष र निर्णयभन्दा बाहिर गएर गतिविधि भएपछि पार्टी एकतामा संकट निम्तिएको उनको भनाइ छ। साथै महासचिव पौडेलले अन्तिम समयसम्म पार्टीको एकता जोगाउने प्रयास गरिने बताए।  

पत्रकार भेटघाटमा अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशको राजधानीसँग अर्थमन्त्री साटेको भन्ने आरोपको पनि खण्डन गरे। आफुलाइ प्रधानमन्त्रीले योग्य ठानेर नै अर्थमन्त्री बनाएको दाबी गर्दै उनले यसअघि पनि अर्थमन्त्री बनेर आफनो क्षमता प्रस्तुत गरिसकेको बताए।  

‘प्रदेशको राजधानी प्रदेश सभाले गर्ने निर्णय हो। अर्थमन्त्री कसलाइ बनाउने, को योग्य छ भनेर प्रधानमन्त्रीले निर्णय गर्ने कुरा हो। त्यसैले यस्ता भ्रममा नपर्न सबैलाइ अनुरोध गर्दछु,’ पौडेलले भने। 

बुटवलबाट राजधानी सारेको विषयमा अव विरोध गर्नुको कुनै अर्थ नभएको उनले बताए। ‘अधिकार प्राप्त निकायले संवैधानिक ढंगले गरेको निर्णयलाई अब वरिोध हैन, स्वीकार गरेर अगाडि बढाैँ,’ अर्थमन्त्री पौडेलले भने। 

बरु रुपन्देही, नवलपरासी र कपिलबस्तुलाइ जोडेर आर्थिक तथा बाणिज्य केन्द्र बनाउने प्रदेश सरकारको योजनालाई साकार पार्न सबै लाग्नु पर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए।  
अर्को समाचार
अर्थमन्त्रीमा पौडेलको सम्भावना उच्च
१९ असोज २०७७
•
४ मिनेट पाठ
अर्थमन्त्रीमा पौडेलको सम्भावना उच्च
फाइल तस्बिर।
सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको पनि जिम्मेवारी समालेका छन्। खतिवडाको बहिर्गमनपछि नेकपाका नेता वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायतको नाम पनि नयाँ अर्थमन्त्रीका रुपमा जोडिएको छ। तर प्रधानमन्त्री ओलीको चाहना पौडेलका पक्षमा देखिएपछि उनैको सम्भावना उच्च बनेको हो।

बालुवाटार स्रोतका अनुसार कोभिड महामारीले अर्थतन्त्र समस्यामा परेका बेला अनुभवी र मन्त्रालय हाँक्न सक्ने क्षमता भएका पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्छ भन्ने सुझाव आइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टीका अर्का अध्यक्ष दाहालको समर्थन पाण्डेले पाएका छन्। तर प्रधानमन्त्री ओली पाण्डेलाई अर्थमन्त्री बनाउने पक्षमा छैनन्। ओलीले नचाहेसम्म पाण्डेको सम्भावना न्यून भएको र विकल्पमा पौडेल देखिएको स्रोतको दाबी छ।

‘पाण्डेलाई राष्ट्रपति र दाहालको साधारण समर्थनमात्र हो। हुनैपर्छ भन्ने अडान नेपालको मात्र हो’, बालुवाटार स्रोतले भन्यो, ‘त्यसैले ओलीले जसलाई चाहन्छन् उनै अर्थमन्त्री बन्नेछन्।’ स्रोतले पाण्डेलाई अन्य मन्त्रालय दिन ओली सहमत भएको जानकारी दियो। पाण्डे आफैंले भने अर्थबाहेक अन्य मन्त्रालयमा इच्छा देखाएका छैनन्। अर्थ मन्त्रालयका उच्च अधिकारीहरु पनि पछिल्लो समय नयाँ अर्थमन्त्रीमा पौडेलको सम्भावना सबैभन्दा बढी हुँदै गएको देख्छन्।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि ओलीले पौडेललाई नै अर्थमन्त्री बनाएका थिए। सर्वत्र विरोध हुँदा पनि ओलीकै चाहनामा पौडेलले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएका थिए। पछिल्लो आमनिर्वाचनमा नेकपाले अत्यधिक मत पाउन यसले ठूलो भूमिका खेलेको थियो।

युवराज खतिवडाको बहिर्गमनपछि नेकपाका नेता वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायतको नाम पनि नयाँ अर्थमन्त्रीका रुपमा जोडिएको छ। तर प्रधानमन्त्री ओलीको चाहनाका कारण पौडेलको सम्भावना उच्च बनेको हो।
नेकपाका महासचिव पौडेलको कसैलाई पनि सीधै नराम्रो नगर्ने स्वभाव छ। उनले पटकपटक पार्टीमा आएका समस्या समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन्। ओलीका विश्वासपात्र भए पनि दाहाल र नेपालले पनि पौडेललाई अर्थमन्त्रीमा हुँदैहुँदैन भन्नसक्ने अवस्था छैन। ओलीको चाहना र अरुले खुलेर विरोध गर्न नसक्ने भएकाले अर्थमन्त्रीमा पौडेलको सम्भावना सबैभन्दा बढी देखिएको हो।

कोभिडले अर्थतन्त्र समयस्यामा परेका बेला गैरअर्थशास्त्री नेतालाई अर्थमन्त्री बनाए जनस्तरबाट भने विरोध हुने सम्भावना छ। कोरोना कालमा पौडेलले अर्थ मन्त्रालय समाल्न सक्दैनन् भन्नेहरु पनि छन्। यसमा केही सत्यता पनि छ। तर विगतमा एकपटक अर्थमन्त्रीको जिम्मेवारी समालेका कारण पौडेललाई अर्थ मन्त्रालय नितान्त नौलो भने हुने छैन। अर्थका अधिकारीहरु पनि एकपटक अनुभव लिएको व्यक्तिलाई धेरै गाह्रो नहुने बताउँछन्।

अर्कोतिर भनेको मान्ने व्यक्ति अर्थमन्त्री भए प्रधानमन्त्रीलाई पनि काम गर्न थप सहज हुन्छ। वार्षिक बजेटबाहेक पनि अर्थमन्त्रीले अरुभन्दा बढी प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्नुपर्ने हुन्छ। पाण्डे अर्थमन्त्री भए ओलीले भनेका सबै काम गर्नेछैनन्। यही तथ्य बुझेका कारण ओलीले सकेसम्म पाण्डेलाई अर्थमन्त्री नबनाउने स्रोतको दाबी छ।

अर्थमन्त्री बन्न चाहना राखेका अर्का नेता वामदेवको बाटो पनि तत्काललाई रोकिएको छ। सार्वजनिक रुपमै मै अर्थ मन्त्रालय चलाउँछु भनेका उनलाई मन्त्री बन्न रोक्नेगरी अदालतमा मुद्दा परेको छ। अदालतले गौतमलाई तत्काल कुनै जिम्मेवारी नदिनू भन्ने आदेश दिएकाले अहिलेको मन्त्रिपरिषद् हेरफेरमा गौतम पर्ने सम्भावना न्यून छ।

विगतमा पौडेल अर्थमन्त्री हुँदा कुनै ठुलो विवादमा आएका थिएनन्। विदेशी दातृ निकायहरुको छलफलमा खुलेर कुरा राख्न नसकेको भनी आलोचना भने भएको थियो। आर्थिक अनियमितताका विषयमा कुरा उठेको थिएन। एउटा अर्थमन्त्रीका लागि सबैभन्दा ठूलो पक्ष आर्थिक अनुशासनको विषय हो। सुकुमबासीका नाममा बुटवलमा जग्गा लिएको र बालुवाटार जग्गा प्रकरणमा जोडिनुबाहेक पौडेललाई ठूलो आरोप लागेको छैन।

पूर्वअर्थमन्त्री भए पनि कोभिड १९ को महामारीबीच मन्त्रालय समाल्दा पौडेललाई यसपटक त्यति सहज हुनेछैन। अहिले संसारमा कतिपय मुलुकका दक्ष र अनुभवी अर्थमन्त्रीलाई पनि काम गर्न समस्या छ। अर्थतन्त्रले समात्ने गतिमा सबैको पेसा, व्यवसाय र दैनिकी निर्भर हुन्छ। कोभिडका कारण जताततै समस्या देखिएका बेला गैरअर्थशास्त्री पौडेललाई अर्थतन्त्रका सबै क्षेत्रमा हस्तक्षेप गर्न सजिलो हुनेछैन। अर्थका कर्मचारी र पार्टीका केही विज्ञको सल्लाह लिएर मात्र मन्त्रालय चलाउन सकिने अहिलेको समय होइन। अस्तव्यस्त अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन खतिवडाजस्ता विज्ञलाई पनि त्यति सजिलो भएको देखिएन।

अहिले अर्थतन्त्रको बाह्य पाटोमा समस्या छैन। मुलुकभरका आर्थिक विषय अर्थमन्त्रीसमक्ष ठोकिएर मात्र बाहिर जान्छन्। अर्थमन्त्रीको एउटा सानो निर्णयले पनि धेरै नराम्रो परिणाम दिन्छ। यो वर्षलाई बजेट आइसकेको छ। आगामी पुसपछि फेरि नयाँ बजेट निर्माणमा लाग्नुपर्ने हुन्छ। स्रोत खुम्चिएको, वैदेशिक सहयोग घटिरहेको, चालु खर्च बढिरहेका बेला अर्थतन्त्रलाई गति दिनेगरी बजेट बनाउन ठूलै चुनौती हुनेछ। विगतमा पौडेल खर्चमा मितव्ययी देखिएका थिएनन्। अर्थशास्त्रीहरु समस्या परेका बेला अर्थमन्त्री छुचो बनेमात्र सफल हुने बताउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस