आज बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको स्थायी कमिटी बैठक शोक–प्रस्ताव पारित गर्दै सकिएको छ।
बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसाे बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न गरिएको हो।
अब अर्काे बैठक पुस १ गते बस्ने नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
पूर्वराजदूतसमेत रहेका लामाको कोरोना संक्रमणका कारण बिहीबार निधन भएको थियो।
बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामा लामा र हाइड्रो पावरको सेयर विवादमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मुछेर गलत हल्ला फैलाइएको दाबी गर्दै भ्रममा नपर्न आग्रह गरेका थिए।
उनले यस विषयमा प्रवक्ता श्रेष्ठले ‘तपाईंहरू मिल्नुस्’ भन्नेबाहेक अरू कुनै कुरा नगरेको बताएका थिए।
लामाको निधनपछि उनको परिवारले सेयर विवादसम्बन्धी अडियो/भिडियो सार्वजनिक गरेपछि प्रवक्ता श्रेष्ठ विवादमा तानिएका छन्।
आजको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए।

.png)