सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको निधनपछि उनीसँगको आर्थिक कारोबारमा नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठ र उनका सहयोगी सुसन कर्माचार्यको नाम विवादमा आएपछि सुसनका श्रीमान् लक्ष्मणकृष्ण राजभण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानी गरेका छन्।
लामासँग सम्बन्धित हाइड्रोपावरसम्बन्धी विवादमा ‘आफ्नो परिवारकै चरित्र हत्या हुने गरी भ्रम फैलाइएको’ विषयमा राजभण्डारीले सपरिवार आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई भेटेर ‘सबै यथार्थ’ बताएका हुन्।
प्रधानमन्त्री ओलीले डेढ घण्टा समय दिएर आफ्ना कुरा ध्यानपूर्वक सुनेको राजभण्डारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
‘प्रधानमन्त्रीज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले श्री कमानसिंह लामाले यसबारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकाले मिलेर सल्टाउन र क। प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो,’ राजभण्डारीले फेसबुकमा लेखका छन्, ‘साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अनलाइनहरूले जे पनि लेख्छ, यसको पछि लाग्नु हुँदैन, गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले बिनाटेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनुभयो।’
यस्तो उनको पूरा स्टाटस
मेरो श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीहरूको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत श्री कमानसिंह लामाको बीचमा रहेको विवादमा नेकपाका प्रवक्ता श्री नारायणकाजी श्रेष्ठलाई अनावश्यक रूपमा मुछेर र मेरो श्रीमतीसमेत हाम्रो परिवारको चरित्र हत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी भ्रामक रूपमा केही अनलाइन सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरिएको सन्दर्भमा हिजो २०७७ मंसिर २८ गते दिनको २ बजे बाट ३स्४५ सम्म, म, मेरो श्रीमती (सुसन) र छोरी सपरिवार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई भेटेर सबै यथार्थ राख्यौं।
प्रधानमन्त्रीज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले श्री कमानसिंह लामाले यसबारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकाले मिलेर सल्टाउन र क। प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो। साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अनलाइनहरूले जे पनि लेख्छ, यसको पछि लाग्नु हुँदैन, गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले बिनाटेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनुभयो।
देशमा राष्ट्रपतिजस्तो सम्माननीय व्यक्तिलाई पनि नानाथरीको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नुहुन्न भनेर सम्झाउनुभयो। हाम्रो परिवार सम्माननीय प्रधानमन्त्रीज्यूलाई समय र साथका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछ। कुनै प्रमाणबिना सत्यतथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरूको चरित्र हत्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौं।
हालै निधन भएका पूर्वराजदूत कमानसिंह लामाका विषयमा सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध विभिन्न आरोप लागेपछि खानेपानी मन्त्री बिना मगरले खण्डन गरेकी छन्।
नेकपा नेतृ मगरले यस विषयमा आफूलाई बोल्ने मन नभएको तर बोल्नैपर्ने अवस्था आएको भन्दै श्रेष्ठको बचाउ गरेकी हुन्।
उनले ट्विटरमा यति मात्र लेखेकी छन्, ‘नारायणकाजीको दोष छैन। बोल्दिनँ भन्दाभन्दै बोलेँ है।’
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...