संसद् पुनःस्थापनाको मुद्दा जनताको तहमा : दाहाल
११ पौष २०७७
•
३ मिनेट पाठ
संसद् पुनःस्थापनाको मुद्दा जनताको तहमा : दाहाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापनाको मुद्दा खाली अदालतमा मात्रै गएको नभई सडकमा समेत पुगेको बताएका छन्। उनले प्रधानमन्त्रीको असंवैधानिक कदम जनताको तहमा पनि गएको बताउँदै सडकसम्म पुगेको बताएका हुन्। 




‘लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्ने काम जनताको जिम्मेवारीमा पनि गएको छ, सडकमा पनि पुगेको छ,’ अध्यक्ष दाहालले भने। उनले सदनमा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलले आ–आफ्नो तरिकाले संघर्षका कार्यक्रम घोषणा गरिसकेको बताए। अध्यक्ष दाहालले आफूलाई अदालतप्रति भरोसा भएको बताउँदै अदालतले यो निर्णयलाई अलोकतान्त्रिक भएको फैसला गर्ने विश्वाससमेत व्यक्त गरे। ‘हाम्रो अदालतप्रति भरोसा छ, अदालतले संविधानको मर्म र भावनाअनुसार, देशका आमजनताको चाहनाअनुसार र अहिले सबै राजनीतिक, नागरिक समाज, बुद्धिजीवी, पत्रकार र जनताको भावनाअनुसार प्रतिनिधि सभा विघटको यो निर्णय असंवैधानिक छ, अलोकतान्त्रिक छ भन्ने फैसला गर्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने। 

उनले पार्टी भित्रैबाट असहयोग गरेकाले संसद् विघटन गर्नुपरेको भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिको खण्डन गरेका छन्। काम गर्न दिएनन् भनेर ओलीले भन्नु आफैंमा कुतर्क र जाली कुरा भएको बताए। अर्को प्रसंगमा उनले सर्वोच्च अदालत र निर्वाचन आयोगले निष्पक्ष निर्णय लिनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले पार्टीको नाम, लोगो र चुनावचिन्ह आफूहरूको हुने दाबीसमेत गरे। उनले रामबहादुर थापा ‘बादल’ अन्त्यमा आफूहरूसँगै आउने बताए । ‘अहिले झुक्किएर उता जानुभएको छ, पछि यतै आउनुहुन्छ,’ दाहालले भने। पार्टी विभाजनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले पूर्वएमालेमा आफूले विभाजन नगरेको भई ओलीले नै विभाजन गरेको बताए।  

‘मैले विभाजन गरेको होइन, ओलीजी ले नै विभाजन गर्नु भएको हो,’ दाहालले भने। प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि आरोप लगाए।  

पत्रकार सम्मेलनमा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली गणतन्त्रविरोधी र संघीयताविरोधी भएको आरोप लगाए। ‘प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताविरोधी नेता हुन्,’ अध्यक्ष नेपालले भने। उनले पार्टीको सम्पूर्ण सम्पत्ति आफूहरूको हुने दाबी गरेका छन्। अध्यक्ष नेपालले आफूहरूको पार्टी आधिकारिक हुने भएकाले सम्पत्ति पनि आफूहरूकै हुने दाबी गरेका हुन्। ‘नेकपाको नाममा रहेको सम्पूर्ण सम्पत्ति हाम्रो हुन्छ,’ उनले भने, ‘सबै पार्टी कार्यालय, पार्टीको नाममा रहेको सबै सम्पत्ति हाम्रो हुन्छ, हाम्रो पार्टी आधिकारिक हो।’ उनले प्रधानमन्त्री केपी ओलीको अहंकारका कारण पार्टी विभाजनको अवस्थामा पुगेको पनि बताए। 

उनले प्रधानमन्त्री ओली कम्युनिस्ट आचरणका विमुख भएको समेत आरोप लगाए। ‘ओली पतनको बाटोमा छन्,’ उनले भने, ‘ओली गणतन्त्र विरोधी हुन्।’ यस्तै उनले सरकारमा केपीवाद हाबी भएको पनि बताए। ओली तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको उनको आरोप छ। ‘उहाँलाई विधि मन पर्दैन, केपी बा भनेको मन पर्छ,’ उनले भने। केपी ओलीसँग ४९ वर्ष र दाहालसँगको ३५ वर्षसम्मको सहकार्य भएको बताउँदै अबको सहकार्य लामो हुने बताए। उनले ओलीमा अहंकार रहेको पनि भने। पदले उनमा थप अहंकार पैदा गरेको नेपालले बताएका छन्।

सोही पत्रकार सम्मेलनमा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गोमन सर्प’ को संज्ञा दिएका छन्। नेता खनालले ‘ओली गोमन सर्पजस्तो भएको’ बताएका हुन्। प्रधानमन्त्री ओलीले सुरुवाती दिनदेखि नै अनधिकृत रूपमा काम गर्दै आएको नेता खनालको आरोप छ। ‘केपी ओली २०२७/२८ देखि नै अनधिकृत रूपमा काम गर्दै आएका नेता हुन्,’ नेता खनालले भने, ‘अहिले पनि उनले अनधिकृत कदम चालेका छन्।’ उनले पदका लागि झगडा नहुने बताए। अब पार्टी एकताबद्ध हुने र महाधिवेशनबाट आउने नेतृत्व जो भए पनि सबैले स्वीकार गर्ने उनले बताए।
अर्को समाचार
राष्ट्रपति र प्रधानमन्त्रीको अर्को असंवैधानिक कदम
०७ जेष्ठ २०७८
•
७ मिनेट पाठ
राष्ट्रपति र प्रधानमन्त्रीको अर्को असंवैधानिक कदम
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अचानक संविधानको धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रिया सुरु गरेर अर्को असंवैधानिक कदम चालेकी छन्। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेका ओलीले विश्वासको मतमा पराजित भएमा वा राजीनामा गरेमा मात्र धारा ७६ (५) को प्रक्रिया सुरु हुनुपर्छ। अचानक बिहीबार मन्त्रिपरिषद् बैठक बसाई नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रधानमन्त्री ओलीले गरेको सिफारिस सदर गर्दै राष्ट्रपति भण्डारीले शुक्रबार अपराह्न ५ बजेभित्र सरकार दाबीका निम्ति गरेको आह्वानलाई संविधानमाथिको अर्को आक्रमणका रूपमा लिइएको छ।




प्रधानमन्त्री ओलीले यसअघि गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनस्र्थापित भएको हो। त्यसैगरी ओलीले धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा सरकार गठन गर्दा दोहो¥याएर संसद्को कुनै पनि सदनको सदस्य नभएका व्यक्तिलाई पुनः मन्त्री बनाएपछि त्यसलाई समेत बिहीबार नै सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो।

एक, ओलीले विश्वासको मत पाउन नसकेपछि आफैं सरकार गठन गर्न अघि नसरेर अरूलाई मौका दिनुपर्ने थियो। दुई, ७६ (३) को सरकारले समेत विश्वासको मत पाउन नसक्ने देखेपछि बहुमत जुटाउन सक्ने व्यक्तिलाई मौका दिनेगरी आफूले मार्गप्रशस्त गर्नुपर्नेमा फेरि पनि सरकार आफैंले हातमा लिने रणनीतिअन्तर्गत धारा ७६ (५) को सरकार गठन प्रक्रिया सुरु गरेका हुन्।

ओलीले आफूखुसी संविधानको प्रयोग गर्ने र त्यसलाई राष्ट्रपतिले एकपटक पनि नसोची स्वीकार गर्ने गर्दा थप संवैधानिक संकट आउने खतरा देखिएको चिन्ता विज्ञहरूको छ। यसअघि संसद् विघटन र संसद् सदस्य नभएका व्यक्तिलाई मन्त्री बनाउँदै असंवैधानिक काम भएको भनी सर्वोच्च अदालतले दुईपटक बोलिसक्दा पनि फेरि अर्को त्रुटिपूर्ण कदम चाल्नुलाई गम्भीरतापूर्वक लिइएको छ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउने अवस्था नरहेको जानकारी गराएको जनाउँदै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सदस्यहरूलाई नयाँ प्रधानमन्त्रीका लागि आधारसहित दाबी गर्न शुक्रबार साँझसम्मको समय दिएकी हुन्।

संविधानको धारा ७६ (३) अनुसार एक साताअघिमात्र प्रधानमन्त्रीको सपथ लिएका ओलीले विश्वासको मत लिन कुनै प्रयत्न नगरी राष्ट्रपतिलाई ७६ (५) को प्रक्रिया सुरु गर्न सिफारिस गरेका हुन्। त्यसलगत्तै राष्ट्रपति भण्डारीले शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनको आह्वान गरेकी छन्। संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि यसअघि तीन दिन दिएकी राष्ट्रपति भण्डारीले यसपटक भने जम्मा २१ घण्टा समय दिएकी छन्।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संविधानको धारा ७६ (३) अनुसार संसदको ठूलो दलको हैसियतमा ओली वैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। तर धारा ७६ (४) अनुसार विश्वासको मत लिन एक महिनाको समय भए पनि ओलीले अहिले नै विश्वासको मत प्राप्त गर्ने आधार नभएको भन्दै नयाँ प्रक्रियाका लागि सिफारिस गरेका हुन्। प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनमा जाने पुस ५ गतेको आफ्नो निर्णयमा कायमै रहेका प्रधानमन्त्रीले विश्वासको मतका लागि कुनै प्रयास नै नगरी नयाँ प्रक्रियाका लागि सिफारिस गरेका छन्। आफूले प्रतिनिधिसभामा वैशाख २७ गते विश्वासको मत लिँदाको अवस्था अहिले पनि कायमै रहेको जनाउँदै ओलीले विश्वासको मत नमाग्ने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने जनाएका हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा धारा ७६ को (४) अनुसार तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा धारा ७६ को (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको उल्लेख गरिएको छ। ‘मिति २०७८ वैशाख २७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८ जेठ ६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया आरम्भ हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएको छ,’ विज्ञप्तिमा भनिएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत नलिने जनाएका थिए।

शुक्रबार साँझ ५ बजेसम्म प्रतिनिधिसभाका कुनै पनि सदस्यले प्रधानमन्त्री दाबी गर्न नगए ओली नेतृत्व सरकारले प्रतिनिधिसभा विघटन गर्नेछ। छ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्थाअनुसार ओली नेतृत्व सरकारले आगामी कात्तिक÷मंसिरमा निर्वाचन गर्नेगरी मिति घोषणा गर्ने तयारी छ।  

‘संविधान फाल्ने षड्यन्त्र’

नेपाली कांग्रेससहितका विपक्षी दलहरू संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको, राजीनामा पनि नगरी राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनु असंवैधानिक भएको जनाएका छन्। धारा ७६ (५) अनुसार नयाँ सरकार गठन प्रक्रिया प्रतिनिधिसभा विघटनको प्रक्रिया मात्र पूरा गर्नलाई मात्रै भएको आरोप विपक्षी दलहरूले लगाएका छन्।  

‘राष्ट्रपतिले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो,’ कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घण्टा पनि समय नदिनुमा षड्यन्त्र देखिन्छ।’ सामान्यतया नयाँ सरकार गठनका लागि तीन दिनको समय दिने प्रचलन रहेको भन्दै पौडेलले थपे, ‘२१ घण्टाको समय दिएर सरकार गठनको आह्वान गर्नु भनेको संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्रभन्दा अरू केही हुन सक्दैन।’

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत पनि नलिने र पदबाट राजीनामा पनि नगरी हतारहतार नयाँ सरकार गठनका लागि सुरु गरिएको प्रक्रिया संविधानको प्रतिकूल रहेको बताए। संविधानअनुसार भन्दा पनि प्रक्रियामात्र पूरा गर्न खोजिएको भन्दै महतले शुक्रबार बिहान पार्टीभित्र छलफल गरेर आगामी रणनीति बनाउने बताए।  

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिई नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नु असंवैधानिक भएको बताए। ‘यो असंवैधानिक हो, प्रधानमन्त्रीले पहिला राजीनामा दिनुपथ्र्यो वा विश्वासको मत लिनुपथ्र्यो,’ श्रेष्ठले भने, ‘संविधानको धारा ७६ (३) अनुसार बनेको सरकारले उपदफा ४ को अभ्यास गर्नुपर्ने भए पनि उक्त उपदफा प्रयोग गर्दिनँ भन्न पाउने संविधानले परिकल्पना गरेको देखिंदैन।’

‘विश्वासको मत नलिई मिल्दैन’

वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद्बाट विश्वासको मत नलिईकन धारा छोडेर अर्कोमा जानै नपाइने तर्क गरे। ‘यो देशलाई डुबाउने कुरा छ। प्रजातन्त्र बलियो, राजनीतिक संस्था बलियो बनाउने कुरै छैन। अति निल्र्लज्ज। जानै मिल्दैन’, उनले भने।

उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था हुँदाहुँदै संविधान मार्न खोजेको बताए। ‘संविधानमा अब के लेख्ने ? सांसद् नभएकालाई मन्त्री बनाए’, उनले भने। वरिष्ठ अधिवक्ता थापाले यस्तो महामारीको बेला संसद् जीविन रहनुपर्ने बताए। राष्ट्रपति र संवैधानिक अंगको मिलेमतो भएको उनको आशंका छ। ‘त्रिपक्षीय किसिमले खेल भइराखेको छ। संविधानमाथिको निर्लज्जता भयो’, उनले भने।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनैपर्ने बताए। ‘एकैपटक ७६ (५) बमोजिम जानु प्रथम दृष्टिमै संविधानको उल्लंघन हो’, उनले भने, ‘कि त राजीनामा दिनुप¥यो कि विश्वासको मत लिनुप¥यो। संसद्को विश्वास नलिई, राजीनामा नदिई बाटो प्रशस्त गर्नु संविधानमाथिको जालझेल हुन्छ। त्यहाँसम्म जानै हुँदैन। संसद्मा विश्वास छैन भने राजीनामा दिनुपर्छ।’ ७६ (३) कै सरकार भएको बेला अर्कोमा जाँदा राष्ट्रपतिको पनि कर्तव्य रहने उनले बताए। ‘राष्ट्रपति व्यक्ति होइन संस्था हो। त्यसैले संविधानको पालना गर्नु कर्तव्य हो’, उनले भने, ‘प्रक्रिया मिलेन, राजीनामा लिएर आउनु, विश्वासको मत लिएर आउनु भन्नुपथ्र्याे।’
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस