संसद् विघटनबारे राप्रपा मौन
२७ माघ २०७७
•
४ मिनेट पाठ
संसद् विघटनबारे राप्रपा मौन
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि उनीमाथि गैरसंबैधानिक कदमका प्रमुख मतियारको मात्रै हैन, राजा ल्याउने षड्यन्त्रकारीको ‘ट्याग’ समेत लाग्यो। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले प्रधानमन्त्री ओलीले ‘मण्डले’ हरूको साँठगाँठमै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको दाबी सार्वजनिक रूपमै गर्दै आइरहेका छन्। यति मात्रै हैन, ‘केपी बचाऊ’ अभियानका नाममा सडकमा निस्कने मासका सहभागीलाई नेताद्वय दाहाल र नेपालले ‘मण्डलेहरूको मास’ भनेरै आरोप लगाइरहेका छन्। फलतः उनिहरूको दाबीले भन्छ, संसद् विघटन र राजसंस्थासँग अन्योन्याश्रित सम्बन्ध छ।  




त्यसमाथि २३ माघमा केपी ओलीले नारायणहिटी दरबारनजिकै जनसभा आयोजना गरेपछि प्रधानमन्त्री ओली र राजाको साँठगाँठ घनिष्ठ रहेको आशंका व्याप्तै भयो। उक्त सभाअगाडि नेपाल दाहाल समूहका नेता सुरेन्द्र पाण्डेले त ओलीले उक्त सभाबाटै राजसंस्था र हिन्दु राज्य घोषणा गर्नसक्ने उच्चतम् सम्भावनाको लख काटेर सार्वजनिक रूपमै बोले। आमजनमानसमा पनि प्रधानमन्त्री ओलीले २३ माघमा नयाँ ‘शासन व्यवस्था’ को घोषणा गर्ने चर्चा चलेकै थियो। तर ओलीले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सानो बलबुताले स्थापना नभएको भन्दै यसलाई कसैले पनि भत्काउन नसक्ने बताए।  

नेपाली राजनीतिमा ओली र पूर्व राजासँगको सामिप्यताको आशंका चुलिइरहँदा राजासँगको निकटस्थ राजनीतिक दल राप्रपाको मौनता अझ अर्थपूर्ण मानिएको छ। नेकपाको दाहाल नेपाल समूह, प्रतिपक्षी कांग्रेसदेखि जसपालगायत साना दलहरूले समेत प्रधानमन्त्रीले ५ पुसमा चालेको कदमलाई असंवैधानिक भन्दै आन्दोेलन गरिरहेका छन्। तर राप्रपा भने यो विषयमा चुइँक्कसम्म गरेको छैन।  

१८ मंसिरमा राप्रपाले जिल्लामा विशाल प्रदर्शन गर्‍यो। मूलतः राजसंस्था र हिन्दु राज्य पुनःस्थापनाको माग गर्दै गरिएको बृहत् प्रदर्शनले अन्य राजनीतिक दलहरूलाई समेत सोच्न बाध्य पार्यो। सैयौंको संख्यामा घोराही बजारमा उतारिएको मासले राजसंस्था र हिन्दु राज्यको पक्षमा जनमत ह्वात्तै बढाउँदै लगाएको चित्र प्रस्तुत गरिरहेको थियो। आफ्नो पुरानो अजेन्डा हिन्दु राज्य र राजसंस्थाको पक्षमा सडकमा उत्रिएको राप्रपाले आफ्नो अजेन्डाभन्दा सरकारको काम कारबाहीलाई लिएर चर्को आलोचनामा उत्रियो। प्रधानमन्त्री केपी शर्मा ओली र उनले नेतृत्व गरेको सरकारको चर्को आलोचना गरेको राप्रपाको आन्दोलन आफ्नो मुलभूत अजेन्डाभन्दा पनि ‘सरकार विरोधी’ देखिन्थ्यो। सरकार तथा सरकारका प्रधानमन्त्री ओलीविरुद्ध सडकमा उत्रिएको राप्रपा अहिले उनै प्रधानमन्त्रीले गरेको संसद् विघटनको मुद्दामा भने मौन छ। उसले यो विषयमा कुनै प्रतिक्रिया जनाएको छैन, नत जिल्ला समितिहरूलाई नै यसबारेमा कुनै ‘एक्सन’ लिनै भनेको छ।

संसद् विघटनको मुद्दामा राप्रपाको ‘मौनता’ ले दाहाल र नेपालको भनेजस्तै ‘ओली–राजसंस्था कनेक्सन’ माथि थप आशंका गर्ने ठाउँ दिएकै छ। किन बोल्दैन राप्रपा ? उसको आवाज छ, ‘सर्वोच्चमा बहस भइरहेको मुद्दामा राप्रपा बोल्दैन।’ तर राप्रपाको रणनीति भनेको ताजा जनादेश (चुनाव) मार्फत आफ्नो अजेन्डा स्थापित गर्नु रहेको नेताहरू बताउँछन्। राप्रपा दाङका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत भन्छन्, ‘हामीहरू ताजा जनादेशमा जानुपर्छ भन्नेमा छौं।’ बस्नेतको भनाइअनुसार प्रधानमन्त्रीले चालेको संसद् विघटनको कदम राप्रपाका लागि स्वीकार्य छ। तर बस्नेतले भने, ‘संविधान : हेर्ने हो भने यो कदम असंवैधानिक हो, तर व्यवहारतः ताजा जनादेशमा मुलुक जार्नै पर्ने आवश्यकता पनि हो।’

राज संस्था र हिन्दु राज्यलाई मास्दै बनेको नयाँ शासन संरचनाको खिलापमा राप्रपा रहँदै आएको छ। फलतः राप्रपाले संसद् विघटनलाई आफ्नो पुरानो मुद्दामाथि नयाँ जनादेश कायम हुने अपेक्षा गरिरहेको छ। यसैकारण राप्रपा संसद विघटनका विषयमा प्रधानमन्त्री ओलीविरुद्ध बोल्न चाहेकै छैन।

‘अहिलेको शासन व्यवस्थाले मुलुकको हित गरेन, र गर्दैन पनि,’ राप्रपा जिल्ला अध्यक्ष बस्नेतले भने, ‘अब ताजा जनादेशमा जानुपर्छ, हामीहरूले यो बेलामा हाम्रो पुरानो मुद्दालाई जनादेशका लागि पेश गर्ने अवसर पाउँदैछौँ।’ ताजा जनादेशमा आफ्नो अजेन्डा पनि समावेश हुने अपेक्षमा राप्रपा देखिएको छ। ‘अहिले विभाजित नेकपाभित्र एकले अर्कोलाई घोचपेच गरेर राप्रपाको मुद्दालाई बहसको बिषय बनाइएको छ,’ राप्रपा घोराही नगर समितिका अध्यक्ष उमाकान्त भण्डारीले भने, ‘प्रधानमन्त्रीले राजसंस्था र हिन्दु राज्यको पक्षमा नयाँ घोषण गर्नेमा हामी विश्वस्त छैनौँ , तर ताजा जनादेशमा हाम्रा अजेन्डाहरू स्थापित हुनेछन् भन्ने हाम्रो विश्वास हो।’
अर्को समाचार
बजेट कटौती भएको भन्दै प्रदेश सभामा एमाले र राप्रपाको विरोध
१२ मंसिर २०८०
•
१ मिनेट पाठ
बजेट कटौती भएको भन्दै प्रदेश सभामा एमाले र राप्रपाको विरोध
सांसदले राखेका योजनाको बजेट कटौती गरेको भन्दै एमाले र राप्रपाका सांसदले विरोध गरेका छन्। 




सोमबारको प्रदेश सभाको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदले उठेर बजेट कटौतीको विरोध गरेका हुन्।

एमाले र राप्रपाका सांसद उठेर विरोध गरेपछि सभामुख इस्राइल मन्सुरीले एमाले संसदीय दलका उपनेता राम बहादुर रानालाई बोल्ने समय दिएका थिए। एमालेका उपनेता रामबहादुर रानाले प्रदेशसभालाई सम्बोधन गर्दै सांसदका योजना मुख्यमन्त्रीले कटौती गरेका कारण बजेट पास गर्नुपर्ने बाध्यता नरहेको बताए। उपनेता रानाले भने ‘सांसदकै योजना काटिए पछि बजेट पास गर्नुपर्ने बाध्यता के? बजेट फेल गर्दा के फरक पर्छ?’ रानाले बजेट फेल भए सरकार नै संकटमा पर्ने स्पष्ट पारे। रानाले भने‘ बजेट फेल भए सरकार नै संकटमा पर्छ भन्ने हेक्का होस्।’

संसद्लाई सम्बोधन गर्दै  मुख्यमन्त्री केदार कार्कीले २५ करोड भन्दा कमका योजना कटौटी गर्दा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समेत सोधेको दाबी गरे। ‘२५ करोड मुनिका योजना कटौती गर्दा पूर्व मुख्यमन्त्रीलाई सोधेरै गरेको हुँ’ कार्कीले भने ‘ पूर्व मुख्यमन्त्रीज्यूले मैले सकिन तपाई गर्नुहोस् भनेपछि मैले कटौती गरेको हुँ।’ मुख्यमन्त्री कार्कीले आगामी वर्ष देखि योजना बैंक मार्फत आएका योजना मात्रै छनोट गर्ने परिपार्टीको विकास गर्ने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे। 
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस