सांसदमाथि कारबाही पार्टी शुद्धीकरणसँगै संकट पनि
२६ चैत्र २०७७
•
४ मिनेट पाठ
सांसदमाथि कारबाही पार्टी शुद्धीकरणसँगै संकट पनि
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादबाट बिग्रिएको राजनीति अहिले एकअर्काका सांसदलाई कारबाही गर्ने दिशातिर उन्मुख छ । माओवादी केन्द्रले मंगलबार साधारण सदस्य पनि नरहने गरी चार सांसदलाई पार्टीबाट निष्कासन गरेको पत्र संसद् सचिवालयमा दर्ता गरेसँगै त्यस्तो प्रक्रिया अन्य दलमा पनि देखिन थाल्ने विश्लेषण हुन थालेको छ ।




एमाले, कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) भित्रको आन्तरिक विवाद निकै चर्को बन्दै गएको छ । आन्तरिक विवादमा पार्टी नै छाडेर गएकालाई कारबाही गर्नुले पार्टी शुद्धीकरणमा सहयोग पुग्ने तर असहमति राखेकै आधारमा एकअर्कालाई कारबाही गर्ने, निष्कासन गर्ने क्रम बढ्दै गए त्यसले संसदीय राजनीतिलाई निकै कमजोर पार्ने विश्लेषण गर्न थालिएको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबाट नेकपा खारेज भई एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केपछि माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी एमालेमा प्रवेश गर्नुका पछाडि सत्तास्वार्थ देखिन्छ। अहिले उनीहरू चारैजना मन्त्री छन् । माओवादी स्रोतले भन्यो, ‘सत्ता स्वार्थमा रमाउने र आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गए पार्टी संगठन नै कमजोर हुन पुग्ने निश्चित छ, यस्तो अवस्थामा पार्टीले कारबाही गर्नुलाई स्वाभाविक मानिन्छ।’

एमालेमा पनि विवाद बढ्दै गएसँगै अध्यक्ष केपी ओली पनि सांसदलाई निष्कासन गर्ने दिशातर्फ उन्मुख छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्दै ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिसकेका छन्। सांसदको हकमा भने केही निर्णय गरिएको छैन । नेपाल समूहमा ३७ सांसद कारबाहीमा परिने हो कि भन्ने त्रासमा देखिन्छन्। ओलीनिकट स्रोतले भने उनीहरूलाई आफूतिर ल्याउने प्रयास जारी राख्ने जनाएको छ। तर नआए कारबाही अघि बढाउने तयारी पनि भएको बताइएको छ। ओलीले पार्टीका सदस्यलाई कारबाही गर्न थाल्ने हो भने त्यसले संसदीय राजनीतिमा झन् विकराल अवस्था आउने देखिन्छ।  

यसले संसद्को बाँकी दुई वर्षसम्मको अवधिलाई पनि समाप्त गर्न सक्ने राजनीतिक विश्लेषण छ। ‘पार्टी अनुशासन उल्लंघन गरेका नाममा आफूले गर्नुपर्ने दायित्व पूरा नगरी शक्तिको आडमा हुने यस किसिमका कारबाही गतिविधिले पार्टीलाई भन्दा गुटलाई मात्र बढावा दिने हुँदा यसरी असहमति राख्नेलाई निष्कासन गर्दै हिँड्ने नेता पार्टीको हुन सक्दैन, गुटको मात्र हुन्छ,’ नेपाल समूहका एक नेताले भने। प्रधानमन्त्री ओलीलाई भित्री रूपमा साथ दिएको भन्दै पार्टीभित्र कांग्रेस सभापति शेरबहादुर देउवाको पनि आलोचना भइरहेको अवस्था छ। पार्टीका अर्का नेता रामचन्द्र पौडेलले खुलेरै देउवाको विरोध गर्दै आएका छन्। 

ओली सरकारलाई ढाल्नुपर्ने विषयमा पौडेल खुलेरै लागेका छन् भने देउवाको रणनीति भने रहस्यमय नै देखिन्छ। सत्ता समीकरणको विवादले यस पार्टीभित्र पनि विवाद उत्कर्षमा नपुग्ला भन्न सकिँदैन,’ कांग्रेसकै एक नेताले भने। वर्तमान राजनीतिको निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) भित्र पनि आन्तरिक विवाद कायमै छ।प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने विषयमा जसपा पनि एकमत छैन। प्रधानमन्त्री ओलीलाई औपचारिक रूपमा समर्थन गर्नुपर्ने अवस्था आइपरे जसपा एक ठाउँमा नउभिने देखिएकाले त्यहाँ पनि सांसदलाई कारबाही हुने अवस्था आउने देखिएको छ। 

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा जसपा विभाजित भएको छ। त्यहाँ मुख्यमन्त्री पोखरेललाई ठाकुर खेमाले सहयोग गरेको छ। संसद्मा कुनै पनि राजनीतिक दलले सांसदलाई निष्कासन गरेको पत्र पठाएपछि संसद् अधिवेशन चालु रहेको अवस्थामा १५ दिनभित्र संसद् बैठकमा सभामुखले निष्कासन गरेको जानकारी गराउनुपर्छ। संसद् अधिवेशन नभएको अवस्थामा सूचना जारी गरेर जानकारी गराउनुपर्ने प्रतिनिधिसभा नियमावली २०७५ को व्यवस्था छ। संसद्मा जानकारी गराएपछि वा सूचना जारी गरेपछि मात्र सांसदसंख्या औपचारिक रूपमा घट्नेछ, नत्र घटेको मानिने छैन संसद् सचिवालयका एक अधिकारीले भने।

माओवादी केन्द्रले केही दिनअघि पार्टीबाट निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभा संसद् सचिवालयमा दर्ता गराएको भए पनि मंगलबारको संसद् बैठकमा सभामुखले निष्कासन गरेको पत्रको जानकारी गराएपछि प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीको स्थान औपचारिक रूपमा खाली भएको छ। २०७४ सालकोप्रदेशसभा निर्वाचनमा न्यौपाने रुपन्देही–१ (ख) र दिनेश पन्थी गुल्मी–२ (ख) बाट निर्वाचित भएका थिए। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन्। दुईजना पदमुक्त भएपछि अब माओवादी केन्द्रसँग १८ सांसद छन्। 
अर्को समाचार
एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित
०५ साउन २०७८
•
१ मिनेट पाठ
एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित
नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वाेच्च अदालतको गत असार २८ को फैसलालगायत विषयमा छलफल सुरु भएको छ।




सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको थियो। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।  

सोमबारको बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस