डा.कोइरालाकाे आरोपः नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरियाे
१० जेष्ठ २०७८
•
१ मिनेट पाठ
डा.कोइरालाकाे आरोपः नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरियाे
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरिएको आरोप लगाएका छन्। 




नेपाली कांग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्वारा आज जुम प्रविधिद्वारा आयोजित ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक सम्वाद कार्यक्रममा उनले सरकारले कोरोना परीक्षणको दायरालाई बढाउन कन्टयाक्ट ट्रेसिङलाई प्राथमिकता दिनुपर्ने बताए। नेता डा. कोइरालाले कोरोना भ्याक्सिन ल्याउनका लागि सरकारले यथेष्ट पहल गर्न नसकेको भन्दै यसका लागि कांग्रेसले पहल थाल्नुपर्ने उल्लेख गरे।  

पार्टीले आफ्नो १४ औँ महाधिवेशनको तोकिएको समयमा सम्पन्न गर्नुपर्ने उनको भनाइ छ। पार्टीका केन्द्रीय सदस्य अजय चौरासियाले कोरोनाबाट आक्रान्त भएका जनतालाई राहत दिने काममा सरकार असफल भएको बताए। काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोरोना सङ्क्रमणका लागि सरकारले महानगरपालिकालाई कुनैपनि बजेट नदिँदा कोरोना रोकथाममा समस्या परेको बताइन्। उपत्यकाका विभिन्न १० अस्पताललाई कोरोना उपचारका लागि कामपाले सहयोग गरेको उपप्रमुख खड्गीको भनाइ छ।  

नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बराल, पाँचथरका सभापति नरेन्द्र केरुङ, रामेछापका सभापति लवश्री न्यौपाने, कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीलगायतले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि कांग्रेस कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए।
अर्को समाचार
दधिराज पुरस्कारबाट श्रेष्ठ र झा पुरस्कृत
०१ पौष २०८०
•
१ मिनेट पाठ
दधिराज पुरस्कारबाट श्रेष्ठ र झा पुरस्कृत
दधिराज सुवेदी प्रतिष्ठान विराटगरले साहित्यकार भागीरथी श्रेष्ठ र पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा श्रेष्ठ र झालाई पुरस्कृत गरेको हो।




साहित्यकार श्रेष्ठलाई ५१ हजार र झालाई २५ हजार रूपैयाँ राशिको पुरस्कार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतले हस्तान्तरण गरेका थिए। कार्यक्रममा साहित्यकार दधिराज सुवेदीको उपचारमा संलग्न भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलाईसमेत सम्मान गरिएको थियो।

छोराहरू शरदराज सुवेदी र रूपक सुवेदीले पिता दधिराज सुवेदीको नाममा प्रतिष्ठान स्थापना गरेका हुन्। १५ लाख रूपैयाँको अक्षयकोष राखेर स्थापित प्रतिष्ठानबाट यसअघि ७ जना साहित्यकार र ७ जना पत्रकार पुरस्कृत भइसकेका छन्। पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा भ्रष्टाचार मौलाएको बताए।

कोइरालाले राजनीतिक संरक्षणमा हुने भ्रष्ट्राचारले मुलुकलाई आक्रान्त बनाएको टिप्पणी गरे। कोइरालाले ठूला भ्रष्ट्राचारका घटना एकपछि अर्को बाहिरिइरहेको तर त्यसमा संलग्नहरूलाई कारबाही नहुने गरेको बताए।

पछिल्लो एनसेल प्रकरणमा छानविन समिति गठन भएको छ। तर यसअघि गठित छानविन समितिले के प्रतिवेदन बुझायो, त्यसका आधारमा कसैलाई कारबाही भएको नदेखिएकाले एनसेल काण्ड पनि त्यसैगरी सामसुम हुने कोइराको भनाइ छ। 
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस