नागरिक सर्वोच्चता कि संवैधानिक सर्वोच्चता
२७ असोज २०६६
•
३ मिनेट पाठ
नागरिक सर्वोच्चता कि संवैधानिक सर्वोच्चता
काठमाडौं, असोज २७ (नागरिक) -संविधानसभा संबैधानिक समितिमा अवधारणापत्र र प्रारम्भिक मस्यौदामाथि छलफल सुरु भएको छ। उपसमितिले सहमति जुटाउन नसकेपछि सबै दलका धारणाहरूलाई जम्मा गरी तयार पारेको प्रतिवेदनमाथि बुँदागत छलफल शुरु भएको हो।




समितिको सोमवार बसेको बैठकमा संविधानको सर्वोच्चता, सार्वभौमसत्ता र राजकीयसत्ता, राष्ट्र र राज्यका बिषयमा छलफल भएको छ। माओवादीले नागरिक सर्वोच्चता हुनुपर्ने बताएका छ भने कागे्रस एमाले लगायतका दलहरुले संविधानको सर्वोच्चता र संसदीय सर्वोच्चतालाई थप व्याख्या गर्नुपर्ने बताए।

माओवादीका नारायणकाजी श्रेष्ठले जनता नै सर्वोच्च शक्ति भएका कारण संविधानमा जनताको सर्वोच्चता लेख्नु उपयुक्त हुने बताए। नेपाली कागे्रसका विमलेन्द्र निधीले संविधान निर्माण प्रक्रियाले नै संविधानको सर्वोच्चतालाई आत्मसात गरेका कारण संवैधानिक सर्वोच्चता राख्नुपर्ने धारणा राखे।

दलहरुवीच सार्वभौमसत्ता र राजकीय सत्ताको प्रयोग गर्ने सम्बन्धमा पनि मत बाझेको छ। नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको भन्ने बिषयमा दलहरुवीच सहमति भए पनि राजकीयसत्ताको प्रयोग कसरी गर्ने भन्ने विषयमा सहमति जुटन सकेन।

राजकीय सत्ताको स्रोत नेपाली जनता हुन भन्नेमा सबै दल सहमत छन्। तर, राजकीय सत्ताको प्रयोग गर्ने संयन्त्रबारे मतभेद देखिएको छ। सभासद्हरूले विगतमा जनतामा रहेको राजकीयसत्ताको प्रयोग राजाले अपहरण गरेको स्मरण गर्दै प्रयोगका विषयमा संविधानमै प्रष्ट उल्लेख हुनुपर्ने बताएका छन्।

राष्ट्र, राज्य र नेपालको क्षेत्रमा पनि दलहरुबीच सहमति जुटन सकेको छैन। प्रस्तावित मस्यौदामा 'नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी गणतान्त्रात्मक, समाजवाद उन्मुख लोक कल्याणकारी राज्य हुनेछ' भन्ने उल्लेख छ।

मधेशवादी दलका सभासद्हरुले मस्यौदाको व्यवस्था पर्याप्त नभएको बताउँदै बहुराष्ट्रिय राज्यको अवधारणामा जानुपर्ने बताए। मधेशी जनअधिकार फोरमका उपेन्द्र यादव र तराइ मधेश लोकतान्त्रिक पार्टीका महन्थ ठाकुरले विगतमा दौरा-सुरुवाल लगाउनेले राष्ट्रियताको गलत व्याख्या गरेकोले अहिलेको अवस्था आएको बताएका थिए। सभाषदहरुले बहुजातीय राष्ट्र राज्य बनाउनुपर्ने धारणा राखेका थिए।
 
अर्को समाचार
मंसिर ७ मा नागरिक सभा
१८ कार्तिक २०६९
•
२ मिनेट पाठ
मंसिर ७ मा नागरिक सभा
काठमाडौं, कात्तिक १९ (नागरिक)-संविधासभा विघटनपछि विधिको शासन र संवैधानिक सर्वोच्चता समाप्त भएको ठहर गर्दै पेशागत संस्थाहरूले मंसिर ७ मा राजधानीमा नागरिकसभा गर्ने भएका छन्।




राजधानीमा शनिबार भएको नेपाल बार एशोसिएसन, नेपाल चिकित्सक संघ, इन्जिनियर एसोसिएसन, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्थालगायत पेशागत संस्था तथा नागरिक समाजका प्रतिनिधिको भेलाले भ्रष्टाचार बढेको, राष्ट्रियता संकटमा परेको भन्दै अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ। बृहत नागरिक अभियान थालनी गर्दै दबाबमूलक कार्यक्रम बढाउन पहिलो चरणमा काठमाडौंमा बृहत् नागरिकसभा गर्ने निर्णय भएको छ,' भेलापछि जारी विज्ञप्तिमा छ।
संवैधानिक तथा राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेश उपयुक्त विकल्प भएको ठहर छ। भेलाले ताजा जनादेशमा जान आवश्यक व्यवस्था मिलाउन तथा निष्पक्ष, भयरहित र स्वतन्त्र चुनाव गराउन आ-आफ्नेा क्षेत्रबाट दबाब सिर्जना गर्ने निर्णय गरेको छ। चुनावमा जानुअघि दलहरूबीच सहमति गरेर राष्ट्रिय सहमतिको सरकार तत्काल गठन गर्न भेलाले माग गरेको छ। 'संवैधानिक र राजनीतिक गतिरोध अन्त्यका लागि दलहरू सम्मिलित सहमतीय सरकार गठन गर्नुपर्छ,' विज्ञप्तिमा छ, 'संविधानको धारा ३८ (१) अनुसार सरकार बनाउन संसदसमेत आवश्यक नपर्ने भएकोले त्यसअनुसार अविलम्ब सरकार गठन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछांै।'
कामचलाउ सरकारले अध्यादेश, बजेट लगायत नयाँ कार्यक्रम ल्याउन नसक्ने भेलाको निष्कर्ष छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस