काठमाडौं– बाथ र शरीरमा युरिक एरिडका मात्र बढेपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई शुक्रबार साँझ बसुन्धरास्थित ग्रा्यन्डी अस्पताल भर्ना गरिएको छ।'हात सुन्निएर निकै पीडा हुने गरेको थियो,' ओलीका स्वकीय सचिव रमेश आचार्यले नागरिकसँग भने, 'चिकित्सकले खाने एन्टिबायोटिकले भन्दा इन्जेक्सनबाट दिँदा चाँडो निको हुने बताएपछि भर्ना गरिएको हो।' आचार्यले ओली दुई दिन अस्पतालमा रहने जानकारी दिए। माघ तेस्रो साता संसदीय दलका नेतामा निर्वाचित भएपछि ओलीको सक्रियता झनै बढेको छ। अस्पताल भर्ना भएपछि एमाले र नेपाली कांग्रेसका नेता अस्पताल गएर ओलीसँग भेट गरेका छन्। प्रधानमन्त्री सुशील कोइरालाले शनिबार साँझ अस्पतालमा भेटेका थिए।
मिर्गौला प्रत्यारोपण गरेको ओली दुई–तीन महिनामा नियमित स्वास्थ्य जाँचका लागि भारत जाने गरेका छन्। पछिल्लोपटक संविधानसभा निर्वाचनअघि उनी भारत गएका थिए। नियमित स्वास्थ्य परिक्षणका लागि चाँडै भारत जाने तयारी भएको आचार्यले जानकारी दिए।