ओली अस्पतालमा भर्ना
१५ वैशाख २०७१
•
६ मिनेट पाठ
ओली अस्पतालमा भर्ना
काठमाडौं-स्वास्थ्य समस्या देखिएपछि एमाले संसदीय दलका नेता कोपी शर्मा ओलीलाई सोमबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
तीन दिनदेखि ज्वरो, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएपछि ओलीलाई बिहान २ बजे अस्पताल पुर्यानइएको थियो। चिकित्सकहरूले बान्ता रोक्न दिएको औषधिले काम नगरेपछि विशेषज्ञ परामर्शमा उनलाई अस्पताल भर्ना गरिएको हो।ओलीमा देखिएको स्वास्थ्य समस्याको लक्षण म्यानेन्जाइटिस (मस्तिष्कको सतहमा हुने संक्रमण) सँग मिल्ने र प्रत्यारोपण गरिएका बिरामीलाई अझ जोखिम हुने भन्दै चिकित्सकले अस्पताल भर्ना गर्न सल्लाह दिएका थिए। 
अस्पताल पुर्यािइएलगत्तै सिटी स्क्यान र विभिन्न परीक्षणमा उनको भारतमा निको भएको भनिएको फंगल्स पुनः वृद्धि हुन थालेको देखिएको छ। चिकित्सकका अनुसार यसअघि हातको छालामा देखिएको फंगल्स पूर्ण रूपमा निर्मूल नभएकाले फेरि वृद्धि हुँदा फंल्गस म्यानेन्जाइटिस भएको हो। ‘पहिलो चरणको परीक्षणमा ओलीलाई फंगल्स म्यानेन्जाइटिस भएको देखिएको छ,' मेडिसिन विभाग प्रमुख डा. शशि शर्माले भने, ‘प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा यस्तो म्यानेन्जाइटिस हुन्छ।' 
उनले त्यही आधारमा उपचार भइरहेको जानकारी दिए। ‘अहिले धेरै सुधार आइसकेको छ,' उनले भने, ‘साँझ राम्रोसँग खाना खानुभयो।' डा. शर्माले यसमा अझै आश्वस्त हुन कल्चर (एन्टिजेन) परीक्षण गर्न पठाइएको समेत बताए।
मिर्गौला प्रत्यारोपण फिजिसियन डा. दिव्यसिंह शाहको मातहतमा मिर्गौला विशेषज्ञ, एवं नशा रोग विशेषज्ञ डा. केपी सिंहको नेतृत्वमा नशा रोग विशेषज्ञ टोलीले ओलीको निगरानी गरिरहेको छ।
भैरहवा रहेकी डा. शाहले राति नै फोनबाटै लक्षण थाहा पाएपछि भर्ना र परीक्षणको बन्दोबस्त मिलाएकी थिइन्। उनी बिहानै राजधानी फर्किएर उपचारमा संलग्न भएकी छन्। ग्रान्डी अस्पतालमा पनि डा. शाहकै मातहतमा उपचार गरिएको थियो। 
डा. शाहले भारतमा निको भएर फर्किएपछि ओलीले तीन सातादेखि फंगल्सको औषधि रोकेकाले पुनः वृद्धि भएको हुनसक्ने बताइन्। ‘अहिले हामीले पुनः एन्टिफंगल्सको औषधि सुरु गरेका छौ‌, ‘उनले भनिन्, ‘औषधिले राम्रो सुधार देखाइसकेको छ।'
डा. शाहले उपचारमा कुनै पनि कसर बाँकी नरहोस् भनेर औषधि र विशेष खालका परीक्षण पनि जारी राखिएको जानकारी दिइन्। 
चिकित्सकहरूले प्रत्यारोपणपछिको कमजोर प्रतिरोधात्मक क्षमताका कारण फंगल्सको इन्फेक्सन फैलिएको बताएका छन्। ‘मतिष्कको सतह नसुन्निए पनि इन्फेक्सन भने पुगिसकेको हुनसक्छ,' उपचारमा संलग्न अर्का एक चिकित्सकले भने, ‘त्यसैले सावधानीपूर्वक उपचार गरिरहेका छौं।'
प्रतिरोध क्षमता कमजोर भएकैले ओली पुसदेखि नै बिरामी भइरहेका छन्। लामो समयसम्म हात सुन्निँदा पनि युरिक एसिडको आशंकामा उपचार गराइरहेका ओली फागुन ९ गते ग्रान्डी अस्पताल भर्ना भएका थिए। 
जटिल खालको फंगल्स संक्रमण देखिएपछि ओलीलाई एक सातासम्म सोही अस्पतालमा राखेर उपचार गरिएको थियो। फागुन १७ गते डिस्चार्ज भएका ओली १८ गते भारतको म्याक्स अस्पतालमा उपचारका लागि गएका थिए। उनी गत वैशाख ३ गते मात्रै भारतबाट फर्किएका हुन्। 
पछिल्लोपटक उनलाई स्यालुलाइटिस भनिने हातको छालाको संक्रमण पुष्टि भएपछि म्याक्समा उनको प्रोस्टे्रटको शल्यक्रिया गरिएको थियो। 
७ वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओली सुगर र उच्चरक्तचापको औषधिसमेत खाँदै आएका छन्। ओलीलाई प्रत्यारोपणका कारण देखिने मधुमेहको स्थायी समस्या छ। चिकित्सकका अनुसार प्रत्यारोपणपछि नियमित औषधि सेवनसँगै नियमित जाँच आवश्यक पर्छ। अघिल्लो पटक जाँच्न दिल्ली जानुपर्ने समयमा संविधानसभा निर्वाचन परेकोले उनले भ्याएनन्। 
उनले प्रत्यारोपणपछि खाने औषधि सेवन गरिरहेका छन्। त्यस्ता औषधिले रक्तचाप, सुगर र युरिक एसिडसमेत बढाउन सक्छ। प्रत्यारोपण गरेका मानिसलाई संक्रमणको जोखिम बढी हुन्छ।
अर्को समाचार
एमाले नेता ओली बिरामी, अमेरिकी अस्पतालमा उपचार हुँदै
३० असोज २०६९
•
२ मिनेट पाठ
एमाले नेता ओली बिरामी, अमेरिकी अस्पतालमा उपचार हुँदै
काठमाडौँ, कात्तिक १ (नागरिक)- एमाले नेता केपी ओली बिरामी भएर अमेरिकाको न्युयोर्कस्थित नर्थ शोर अस्पतालमा भर्ना भएका छन्। एक्कासी उच्च ज्वरोले पीडित भएपछि उनलाई अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। उनको शरीरमा हेमोग्लोबिनको कमि भएको चिकित्सकहरुले जनाएका छन्।
दक्षिण अमेरिकी र क्यारेबियन देशहरुका राजनीतिक दलहरुको महादेशीय संगठन 'केपाल'को १९ औ साधारण सभामा भाग लिन ओली गत असोज १७ गते त्यसतर्फ गएका थिए।

एल साल्भाडोरको राजधानीमा असोज २६ गतेदेखि भएको सभामा उनले एसियाली राजनीतिक पार्टीहरुको संगठन 'आइक्याप' र एमालेका तर्फबाट प्रतिनिधित्व गरेका थिए। 

सम्मेलनमा सहभागी भई अमेरिका पुग्ने क्रममा उनी बिरामी भएका हुन्। उनी कात्तिक १५ गते मात्र स्वदेश फर्कने कार्यक्रम थियो। उतैबाट उनी दक्षिण कोरियामा हुने प्रकोप न्युनीकरण सम्बन्धी सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम थियो।

ओलीको आधिकारिक साइट 'सस्पेन्ड'
एमाले नेता केपी ओलीले एक वर्षअघि सुरु गरेको आधिकारिक साइट केपीओली डट कम अहिले 'सस्पेन्ड' भएको छ। सामान्यतया नियमित शुल्क वेबहोस्टिङ कम्पनीलाई नतिरे उसले साइटमा कुनै पनि सामाग्री नदेखिने गरी सस्पेन्ड गर्ने गर्छ। 

ओलीको साइटमा उनका तस्बीर, लेखरचना तथा आफू सहभागी हुने कार्यक्रमहरुको बारेमा जानकारी राखिन्थ्यो।

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस