नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य परीक्षणका लागि प्रहरीले उनलाई त्यहाँ लगेको थियो।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई आज बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखी स्वास्थ्य परीक्षण गर्न अस्पताल लगेको हो। उनी अहिले चिकित्सकको निगरानीमा छन्।
जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई आज पक्राउ गरिएको थियो।