काठमाडौं– एमाले संसदीय दलका नेता केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार भारतको नयाँ दिल्ली गएका छन्। छाला संक्रमणको उपचार गराएर शनिबार मात्रै घर फर्केका ओली नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली गएका हुन्।
'तीन–तीन महिनामा स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि यसपटक संविधानसभा निर्वाचन र त्यसपछि विकसित परिस्थितिका कारण पाँच महिनाभन्दा बढी समयपछि जानुभएको हो,' ओलीका स्वकीय सचिव रमेश आचार्यले आइतबार नागरिकसँग भने, 'यो मिर्गौला प्रत्यारोपण सम्बन्धमा नियमित स्वास्थ्य परीक्षण मात्रै हो।'
हात सुन्निएपछि ओली फागुन ९ गते अस्पताल भर्ना भएका थिए। उनको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालका चिकित्सक डा. अनन्त कुमारले स्वास्थ्य परीक्षण गर्नेछन्। कुमारले नै सात वर्षअघि एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए। 'स्वास्थ्य परीक्षणको प्रतिवेदन आउन कम्तीमा पाँच दिन लाग्छ,' आचार्यले भने।
भारतमा रहँदा ओलीको राजनीतिक भेटघाट हुने सम्भावना रहेको पनि आचार्यले बताए। 'संसदीय दलको नेता छनोट भएपछि पहिलोपटक जानुभएको हो,' आचार्यले भने, 'राजनीतिक भेटघाट हुने विषय स्वाभाविक नै हो।'
ओलीका साथ पत्नी राधिका शाक्य, निजी सचिवालयका सदस्यहरू इन्द्र भण्डारी र राजेश बज्राचार्यसमेत छन्।