नर्मला प्रकरणमा प्रहरी: प्रधानमन्त्री र गृहमन्त्रीको काम निर्देशन मात्रै
१५ साउन २०७८
•
४ मिनेट पाठ
नर्मला प्रकरणमा प्रहरी: प्रधानमन्त्री र गृहमन्त्रीको काम निर्देशन मात्रै
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेलगत्तै नेपाल प्रहरीलाई निर्मला पन्त हत्यारा पत्ता लगाउन निर्देशन दिए। उनले सुरक्षा निकायसँग बस्दाका प्रायः बैठकमा निर्मलाका हत्यारालाई खोज्न अनुरोध गरिरहे। हालै प्रधानमन्त्री पद सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सोमबार एक कार्यक्रममा सम्बोधन गर्दै निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए। उनले गम्भीर घटनाको अनुसन्धानमा प्रहरी किन असफल भयो भनेर प्रश्न पनि तेर्साए।




प्रधानमन्त्री र गृहमन्त्रीले निर्मलाको निर्मम हत्याप्रति चासो देखाइरहँदा घटनाको छेउँटुप्पो अझै पत्ता नलागनेको आम बुझाइ छ। प्रहरीले अनुसन्धान गरिसके पनि प्रधानमन्त्रीले सो घटनाको अनुसन्धान गर्न निर्देशन दिँदै आइरहेका छन् । तर, अनुसन्धानमा खटिएको प्रहरी टोलीले भने अनुसन्धान सकिएको र हत्यारा पत्ता लागेको दाबी गर्दै आइरहेको छ। तर प्रहरीको उक्त अनुसन्धानलाई राज्य र समाजले पत्याएको छैन। त्यसकारण निर्मला पन्तको हत्याराको खोजिमै कैयौं महिना बिताएका प्रहरीहरू अधिकारीहरू गम्भीर अपराध अनुसन्धानमा सरकार र समुदायले गरेको सहयोगप्रति खुसी छैनन्। उक्त घटनाप्रति उनीहरूको अनुभव र बुझाई भने प्रधानमन्त्री र गृहमन्त्रीले निर्देशन दिए भन्दा बेग्लै छ। निर्मला पन्तको हत्याराको पत्ता लगाउन खटेका प्रहरीहरूसँग अहिले तितो अनुभव छ। उनीहरू आफ्नो अनुसन्धानमा विश्वस्त छन्, तर समुदाय र राज्यले उक्त अनुसन्धानलाई विश्वास नगरेकोमा दुःखी।  

निर्मलाको हत्यापछि अनुसन्धानमा खटिएका प्रहरी अधिकारी अंगुर जिसीले निर्मलाको हत्यारा पत्ता लागिसकेको र उक्त घटनालाई ‘सेटलमेन्ट’ मात्रै गर्न बाँकी रहेको बताए। उनले प्रहरीले गम्भीर अनुसन्धान गरिसकेको विषयलाई समुदायस्तरबाटै खुकुलो पारिएको र सरकारले पनि प्रहरीको पुष्टिलाई कार्यान्वयन गर्न नखोजेको बताए। उनका अनुसार घटना भइसकेपछि हत्याराको ‘फिजिकल इभिडेन्स’ नभेटिएपछि प्रहरीले अन्य सेकेन्डरी इभिडेन्सका आधारमा घटना पुष्टि गरेको थियो। ‘घटनाको सत्य पत्ता लागिसकेको छ, मात्रै समुदाय र सरकारले प्रहरीको अनुसन्धानलाई असफल बनाउन खोजेको देखियो,’ उनले भने, ‘मेरो पक्षबाट भन्नुपर्दा निर्मलाको हत्यारा पत्ता लागेकै हो, यसलाई किन पत्याइएन ?’  

उनका अनुसार स्थानीय दिलिपसिंह विष्ट नै हत्यारा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। तर प्रहरीले अनुसन्धान सुरु गरेपछि विष्टलाई मानसिक सन्तुलन गुमेको व्यक्ति भन्दै स्थानीय समुदायले प्रहरीको विरोध गरेको थियो। अनुसन्धानका क्रममा प्रहरी अधिकारी अंगुरको टोलीले घटनामा स्थानीय दिलीपसिंह विष्टको संलग्नता देखिएको भन्दै अनुसन्धान प्रतिवेदनमा पुष्टि पनि गरिसकेको छ। प्रहरीले पुष्टि गरेका व्यक्ति दीलिपसिंहले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकार पनि गरिसकेका छन्। तर, प्रहरीले लामो समय लगाएर गरेको अनुसन्धानलाई समुदायले मानेको छैन ।प्रहरीले अनुसन्धान गरेका व्यक्ति होइनन् भन्दै समुदायले अर्कै व्यक्ति खोज्न प्रहरीलाई आग्रह गर्दै आइरहेको छ।

घटनाप्रति प्रहरीले गम्भीर भएर अनुसन्धान गरेकोले अब फेरि त्यही अनुसन्धान गर्न आवश्यक नरहेको प्रहरी अधिकारी अंगुर बताउँछन्। उनले भने, ‘अब त्यही घटनामा सुरुदेखि नै अनुसन्धान गर्नुको कुनै अर्थ देख्दिनँ, त्यति दुःख गरेर तयार पारिएको अनुसन्धानलाई नमान्दा दुःख मात्रै होइन, दिक्दार लागेको छ ।’ उनले प्रहरीले गरेको अनुसन्धानलाई सरकारी निकायमा बसेर आदेश दिनेहरूले एकपटक गहिरिएर अध्यनन गरुन्।’  

यसअघि गृहमन्त्री राम वहादुर थापाले पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरी अधिकारीहरूलाई निर्देशन दिँदै आएका थिए।  

हालै गृहमन्त्री पद सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले निर्मला पन्त हत्याका दोषीलाई कारर्वाहीको कठ्घेरामा ल्याउने बताएका छन्। उनले प्रहरी अधिकारीहरूसँगको छलफलका क्रममा दोषीलाई छिटो भन्दा छिटो कारबाही गर्न निर्देशन पनि दिइसकेका छन्। निर्मला पन्तकै घटनाको अनुसन्धानमा खटिएका अर्का एक प्रहरी अधिकारीले पनि राज्यले प्रहरीलाई असफल बनाएको गुनासो गरे। 

उनले त्यति ठूलो घटनामा देशको प्रधानमन्त्रीले आदेश दिइरहँदा त्यो घटनामा प्रहरीले केके गरिरहेको छ भनेर बुझ्न प्रधानमन्त्रीलाई अनुरोध गरे । ‘हामीले गरेको अनुसन्धान नहेरी सिधै अनुसन्धान गर्न निर्देशन दिनु राम्रो होइन, यो प्रहरीलाई दिइएको टर्चर हो, बोल्न सजिलो छ, अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सजिलो छैन,’ ती प्रहरी अधिकारीले भने, ‘गम्भीर भएर गरेको अनुसन्धानलाई नपत्याउँदा अरु अनुसन्धान गर्न जागर आउँदैन।’ अंगुरका अनुसार बलात्कार घटनाको अनुसन्धान गर्न बलात्कारीको प्रमाण नै चाहिन्छ । तर निर्मलाको हत्या गर्ने व्यक्तिको प्रमाण पुष्टि गर्न प्रहरीलाई निकै कठिन प¥यो। फिजिकल इभिडेन्स बाहेकका इभिटडेन्सबाट नै दिलीपसिहं हत्यारा हुन् भनेर प्रहरीले अनुसन्धानमा खुलाएको छ।  

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले माथिल्लो तहले प्रहरीको अनुसन्धानलाई हल्का तवरले लिन नहुने बताए। उनले एकपटक मूल चासोका साथ गरिएको अनुसन्धानलाई समुदायस्तरबाटै होडल्ने प्रयास भएर घटना झन् भाडिएको बताए। उनले भने, ‘यस्ता घट्ना निकै गम्भीर हुन् प्रहरीले पनि ती घटनाको अनुसन्धानमा निकै गम्भीरता अपनाएको हुन्छ, तर त्यसलाई हल्का तबरले लिनु घटनालाई नै खेलाँची ठान्नु जस्तै हो।’ उनले प्रधानमन्त्री, गृहमन्त्रीलगायतले चासो दिएको घटनाको अनुसन्धान प्रहरीले गरिसके पनि दोषीलाई हालसम्म कारबाही नहुनु गम्भीर रहेको बताए।
अर्को समाचार
सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन: आदेश होइन कानुनको पालना गर्नु
२८ पौष २०७९
•
१ मिनेट पाठ
सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन: आदेश होइन कानुनको पालना गर्नु
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन्।  




आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए।

'सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु', उनले भने, 'कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु।' उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नु भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए।

उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे। 'अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पु¥याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु', उनले भने।

उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ छ। नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्ठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए। यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए। 
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस