पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई
१४ भदौ २०७८
•
५ मिनेट पाठ
पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ। नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै यस्तो तयारी गरेको हो।




प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको भेटपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ। यसैक्रममा नेकपा (एस) ले पनि सरकारमा पठाउने नेताहरूको नाम छनोट तयारी गरेको हो। नेकपा (एस) ले ५ देखि ६ मन्त्रालय पाउने सम्भावना छ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो भने लागिसकेको छैन। छलफलबाट मन्त्रालय बाँडफाँटको टुंगो लगाइनेछ। नेता नेपालले नयाँ सरकार बनाउन सहयोग गरेका कारण उनको पार्टीलाई ६ वटासम्म मन्त्रालय दिन दाहाल र देउवा तयार भएका छन्। जनता समाजवादीसँग छलफल गरेपछि यसको अन्तिम टुंगो लाग्नेछ।

नेकपा (एस) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले दलको नेतामा नेपाललाई सर्वसम्मत चयन गरेको छ।  

बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ। ‘संसदीय दलको अध्यक्ष नेपाल भएका कारण पार्टीबाट सरकारमा जानेको टुंगो लगाउने जिम्मेवारी उहाँलाई नै दिइएको छ। सत्ता गठबन्धनबीच मन्त्रालय टुंगो लागेलगत्तै सरकारमा सहभागी हुनेछौं’, नेकपा (एस) का सांसद विरोध खतिवडाले भने। संसदीय दलको बैठक सञ्चालन खतिवडाले गरेका थिए।

बैठकमा अध्यक्ष नेपालले आफ्नो दल सरकारमा सामेल हुने जानकारी गराउँदै मन्त्रीहरूले छोटो समयमै जनताको मन जित्नेगरी राम्रो काम गर्ने उद्देश्य राख्नुपर्ने बताएका थिए। बैठकले वेदुराम भुसाललाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेको छ। नेकपा (एस) ले शनिबार हाइकमान्ड गठन गरी सरकारमा सहभागी हुने निर्णय गरेको थियो।

‘मन्त्रालय संख्या र पार्टीले पाउने मन्त्रालयबारे अझै टुंगो लागिसकेको छैन, सम्भवतः गठबन्धनका सबै दलबीच छलफल भएपछि अन्तिम टुंगो लाग्छ,’ नेता भुसालले भने। स्रोतका अनुसार नेपालले देउवा र दाहालसँगको छलफलमा पूर्वाधार विकास निर्माणसँग जोडिएका मन्त्रालय आफ्नो पार्टीलाई दिनुपर्ने बताएका छन्। जसअनुसार भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, सञ्चार तथा सूचना प्रविधि, भूमि व्यवस्था तथा सहकारी र कृषि मन्त्रालय नेकपा (एस) लाई दिने विषयमा देउवा सकारात्मक बनेको स्रोतको भनाइ छ। यी सबै मन्त्रालय विकासे मन्त्रालय हुन्।

अध्यक्ष नेपालले सरकारमा पठाउन अहिलेसम्म मन्त्री नभएका पुराना नेता तथा सांसदलाई पहिलो प्राथमिकतामा राखेका छन्। जसअनुसार विरोध खतिवडा, मेटमणि चौधरी, वेदुराम भुसाल, प्रेम आले, पार्वती बिशुंखे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठसहितका सांसद प्राथमिकतामा छन्। 

पहिलो चरणमा नपर्ने सांसदलाई दोस्रो चरणमा मन्त्रीमा पठाउने र कतिपयलाई उपसभामुख, संसदीय समितिको नेतृत्वलगायतमा व्यवस्थापन गर्ने वचन नेपालले सांसदहरूलाई दिएका छन्। अहिले चर्चामा रहेकै नेताहरूलाई सरकारमा सहभागी गराउने नेपाल निकट स्रोतले जनाएको छ। सांसद सरला यादवले उपसभामुखमा दाबी गरेकी छन्। भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन पनि कुनै न कुनै भूमिकाको खोजीमा छन्।

कलिला खातुन, हीराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, लक्ष्मी चौधरी, बिना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी पनि मन्त्रीका आकांक्षी छन्। नेकपा (एस) मा तुलसा थापा र माया ज्ञवाली पनि थपिएका छन्।

थापाले मन्त्रीको इच्छा व्यक्त गरेको स्रोतको दाबी छ। थापा एमाले नेता वामदेव गौतमकी पत्नी हुन्। गौतमले केही दिनभित्रै एमालेबाट राजीनामा दिएर नेकपा (एस) मा आउने बताएका कारण थापालाई सरकारमा पठाउनुपर्ने बाध्यता नेपाललाई छ। सरकारमा ६ जना, राष्ट्रियसभाको प्रमुख सचेतक, सचेतक, प्रतिनिधिसभा प्रमुख सचेतक, सचेतक तथा विकास समितिका सभापतिमा गरी कम्तीमा १३ सांसदले पद पाउने निश्चित भए पनि अन्यको जिम्मेवारी कहाँ, कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा नेकपा (एस) नेतृत्व अलमलमा छ।

‘तत्काल कुनै पार्टीसँग एकता हुँदैन’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन्। नेकपा (एस) ले माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने समाचार आइरहेका बेला अध्यक्ष नेपालले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीको अहिलेको प्राथमिकता कुनै पार्टीसँग एकताभन्दा पनि राष्ट्रिय सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको बताएका हुन्।

‘अरूसँग एकताको विषयको प्रसंगमा हामी पहिले नै ठीक भएकाले तुरुन्त कुनै पार्टीसँग एकता हुँदैन। अब राष्ट्रिय सम्मेलन गरेर कमिटीलाई पूर्णता दिनुपर्छ,’ नेपालले भने। उनले पार्टी कम्युनिस्ट मूल्य मान्यता र वर्गीय दृष्टिकोणलाई आत्मसात् गर्दै अघि बढ्नेसमेत बताए। ‘हामी कम्युनिस्ट दृष्टिकोणमा विचलन भएका छैनौं। लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्नेछौं। रोजगारी सिर्जना र नयाँ पुस्तालाई आकर्षित गर्ने अभिभाराका साथ हामी अगाडि बढेका छौं। वर्गीय दृष्टिकोणलाई आत्मसात् गरेर अघि बढ्नेछौं। देशको स्वाभिमान जोगाउँदै अघि बढ्नेछौं। पार्टी निर्माणको मोर्चामा अघि बढ्नेछौं,’ नेपालले भने।

एमाले अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र र चिन्तनमा कुनै पनि सुधार नआएपछि आफू विद्रोह गर्न बाध्य भएको नेपालले बताएका थिए। ‘ओलीले एमालेमा आफ्नो गुटबाहेक कसैलाई पनि जिम्मेवारी दिनुभएन अन्यायको विरोध गर्दा आफूहरूले आफ्नै पार्टीभित्र अन्याय सहनुपर्‍यो। संसद्भित्र पनि आफनो गुटका मान्छेलाई मात्रै बोल्न दिने, पार्टीभित्र पनि त्यही अवस्था थियो’, नेपालले भने, ‘नेकपा (हाल विघटित) बनेपछि पनि अध्यक्ष भनेको सर्वोपरी हो जस्तै गर्न थालियो। कमिटी प्रणाली खारेज भयो। कमिटी प्रणाली लत्याउने र बेवास्ता गर्ने काम ओलीबाटै भयो, उहाँले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पनि तोड्नु भयो। दक्षिणपन्थी भासमा डुब्न थाल्नु भयो।’

नेपालले ओलीका हर्कतप्रति असन्तुष्टि जनाउँदै अगाडि थपे, ‘उहाँले निर्वाचन आयोगमा छुटै पार्टी दर्ता गर्न लगाउनुभयो, उहाँसँग असहमत हुनेलाई कुर्सी भाँचिदिन्छु भन्दै धम्काउन थाल्नु भयो। कुर्सी ठूलो कुरो थिएन तर उहाँ कुर्सी नभई बाँच्न नसक्ने अवस्थामा पुग्नुभयो। निर्वाचन घोषणपत्र लागु गर्न उत्साहित हुनुभएन। उल्टै संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्नु भयो।’

पार्टी एकताको वातावरण बिथोलेर दुर्घटनामा पुर्‍याउने कामको नेतृत्व ओलीले गरेको आरोप नेपालको थियो। ‘केपी ओलीका कारण समाज, नागरिक समाज, बौद्धिक समुुदाय सबै प्रताडित भए। बार्दलीको नाचदेखि बाँदर नाचसमेत देख्नु पर्‍यो। उहाँका शिष्य पनि त्यस्तै बोल्न थाले। एकता हुन थालेको वातावरण धुमिल पार्ने काम भयो। पार्टी आज दुर्घटनामा पर्‍यो’, नेपालले भने।
अर्को समाचार
मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार छ: देउवा
२० मंसिर २०७९
•
२ मिनेट पाठ
मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार छ: देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन्।




मंगलवार नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेलम्ची खानेपानी बारेमा ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएका हुन्। उनले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौंमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए। उनले पूर्व प्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्ने प्रण गरेपनि अहिले आएर उनको सपना पूरा भएकोप्रति खुशी व्यक्त गरे।

प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको बताए। उनले मन्त्रीपरिषद्को बैठकमा मुख्यसचिव सहितका विज्ञ टोलीहरु राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘मेलम्ची काठमाडौंका लागि अत्यन्त महत्वपूर्ण कुरा हो। आदरणीय कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्छु भन्नुभएको थियो। त्यो कुरा फुलफिल भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छु। सबै मिलेर पूरा गरौँ। कसरी हुन्छ, विज्ञ क्याबिनेट राखेर त्यसमा मुख्यसचिवलाई पनि राखेर विकास समिति भन्नुभयो, त्यो आवश्यक छ भने त्यसमा आपत्ति छैन। विकास समिति किन खारेज भयो त्यो सम्बन्धमा पनि कुरा गरौँ। नयाँ बनाउनुपर्ने भएपनि बनाउँला के भयो र?’

काँग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गरेका थिए। अवलोकनपछि उनले त्यहाँका समस्याका बारेमा र काठमाडौंवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष आज ध्यानाकर्षण गराएका हुन्। ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको छ। 

'प्रधानमन्त्रीज्युको म ध्यानाकर्षण गराउन चाहन्छु, ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको छ। काठमाडौंलाई खानेपानी उपलब्ध गराउने एउटा प्रमुख विकल्प श्रोत हो। यत्रो लगानी भइसकेपछि त्यसलाई व्यवस्थित रुपमा सञ्चालनन र्ग त्यसको सञ्चालनका निम्ति छुट्टै मेकानिजम हुन आवश्यक छ। काठमाडौं आइसक्यो नियमित चल्छ भनेर त्यसलाई निगरानी नगर्ने स्थिति हुनु हुँदैछ। मेलम्ची विकास समितिलाई कायम गरिनुपर्छ। ७ महिना पानी फ्लो हुन्छ भन्नेछ। ५ महिना वर्षातको समयमा पानी बन्द हुन्छ, त्यसले यहाँको माग पूरा हुन सक्दैन। त्यसैले १२ महिना नै पानीको माग पूरा हुनेगरी उपयोग गर्नुपर्छ। महानगरपालिका भित्र मात्रै मेलम्ची खानेपानीको उपलब्धता छ अहिले महानगर बाहिर पनि यसको उपलब्धता हुनुपर्छ।'
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २१ सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
यो पनि पढौँ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस