काठमाडौं- नेकपा (एमाले) को नवौं महाधिवेशनमा प्रतिनिधि बन्न नेताहरूले बिहीबार मनोनयन दर्ता गरेका छन्। असार तेस्रो साता हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न शनिबार र मंगलबार निर्वाचन हुँदैछ। ती दुई दिनबाट ७० प्रतिशतभन्दा बढी प्रतिनिधि छानिनेछन्। अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीमध्ये कसको पल्ला भारी हुने भन्ने तस्बिर शनिबारकै प्रतिनिधि छनोटबाट आउनेछ।
'बिहीबारसम्म करिब ६० प्रतिनिधि निर्विरोध छनोट भएका छन्,' मूल व्यवस्थापन कमिटीका सदस्य योगेश भट्टराईले भने, 'शनिबार र मंगलबार हुने छनोटका लागि जिल्लाले आफूलाई अनुकूल हुने गरी कार्यक्रम सार्वजनिक गरेका छन्।' बिहीबारसम्म छानिएकामा आफ्नोतर्फका बढी भएको दुवै पक्षले दाबी गरेका छन्।
बढी प्रतिनिधि रहेका रुपन्देही, कास्की, झापा, सुर्खेत, मकवानपुरसहितका जिल्लामा शनिबार नै छनोट हुनेछ। काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा, ओखलढंगा, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, बाँके, दाङ, चितवन, बर्दिया, सेती अञ्चलका कैलाली, आछाम, डोटी, बझाङ र बाजुरामा मंगलबार मतदान हुनेछ। काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा आइतबार संविधानसभा सदस्यका लागि मतदान हुँदैछ। केन्द्रीय विभाग तथा जनसंगठनमा पनि मंगलबार नै प्रतिनिधि छानिनेछन्।
प्रतिनिधि छनोटमा पक्कड कायम गर्न अध्यक्षका आकांक्षीले अन्तिम प्रयास जारी राखेका छन्। दुवै पक्षले अञ्चल तथा जिल्ला स्तरका कार्यक्रम आयोजना गरिरहेका छन्।
असार १९ बाट २५ गतेसम्म हुने महाधिवेशनमा १ हजार ८ सय ५० प्रतिनिधि सहभागी हुनेछन्। तीमध्ये केन्द्रीय कमिटीका १ सय १६, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगबाट १५–१५, केन्द्रीय निर्वाचन आयोगका १३, केन्द्रीय सल्लाहकार परिषदका ६८, ज्येष्ठ कम्युनिष्ट मञ्चका २८ जना स्वतः प्रतिनिधि हुनेछन्।
भूगोलका कमिटीबाट भने खुलातर्फ २ सय पार्टी सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ। महिला, मजदुर र पिछडिएको क्षेत्रमा भने १ सय ५० बराबर एक प्रतिनिधि हुने व्यवस्था छ। खुला, महिला, मजदुर प्रतिनिधि छनोट भने निर्वाचन क्षेत्रका आधारमा हुनेछ। तर, १ सय ५० भन्दा कम मजदुर सदस्य रहे जिल्लालाई निर्वाचन क्षेत्र मानिनेछ। पिछडिएको क्षेत्रमा कर्णालीका हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, भेरीको जाजरकोट, सेतीका अछाम, बझाङ र बाजुरा छन्। दलितमा भने १ सय सदस्य बराबर एक प्रतिनिधि हुने व्यवस्था गरिएको छ।
त्यसैगरी, प्रवासी संगठनमध्ये अमेरिकाबाट आठ तथा बेलायतबाट दुई प्रतिनिधि छानिनेछन्। नर्वे, डेनमार्क, जर्मनी, बेल्जिमय, इटाली, नेदरल्यान्ड्स, स्पेन, पोर्चुगल, कतार, कुवेत, युएई, जापान, हङकङ, अस्ट्रेलिया, दक्षिण कोरियाबाट एक–एक गरी २५ प्रतिनिधि छानिनेछन्।
मोर्चा संगठनसँग आबद्ध जनसंगठनमा सबैभन्दा बढी पेसागत महासंघबाट २९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसैगरी, नेपाल ट्रेड युनियन महासंघबाट २०, अखिल नेपाल किसान महासंघबाट २७, राष्ट्रिय जनसांस्कृतिक महासंघ तथा नेपाल उद्योग व्यवसायी महासंघबाट ७–७ प्रतिनिधि छनोट हुनेछन्। अन्य जनसंगठनका ५–५ प्रतिनिधि रहनेछन्। भौगोलिक अञ्चल समन्वय कमिटीबाट एक–एकका दरले १५ र सम्पर्क विशेष समन्वय कमिटी तथा भारत प्रवास समन्वय कमिटीबाट १–१ प्रतिनिधि छानिनेछन्।