भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सफल बनाउन तीन दलको बैठक
१२ साउन २०७१
•
३ मिनेट पाठ
भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सफल बनाउन तीन दलको बैठक
काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण सफल बनाउन र मुलुकको हितमा केन्द्रित गर्न नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)ले बैठक गरेका छन्।




बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको र भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला गर्ने सहयोगसम्बन्धीे सम्झौताका लागि सम्बन्धित मन्त्रीलाई समेत आमन्त्रण गरेर भोलि पुनः बैठक बस्ने सहमति भएको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा छिट्टै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग गठन गर्ने एवम् संविधान निर्माणका लागि सहमति कायम गर्न राजनीतिक संवाद सहमति समितिमा रहेका शीर्ष नेताहरु रहने एक समिति निर्माण गर्ने विषयमा समेत छलफल भएको उपसभापति पौडेलले बताए।

बैठकमा संविधान निर्माणमा सहभागी बनाउन संविधानसभा बाहिर रहेका दल एवम् विभिन्न समूहसँग राजनीतिक संवाद सहमति उपसमितिले गरिरहेका वार्ता र छलफलबारे जानकारी गराइएको एमालेका उपाध्यक्ष भीम रावलले बताए।

कार्यतालिकाअनुसार संविधान निर्माणको काम तदारुकताका साथ अघि बढाउन प्रमुख दलका प्रमुख नेताहरु सम्मिलित टोली बनाएर सहमति खोज्ने र खासगरी नेकपा–माओवादीलाई वार्ताद्वारा संविधान निर्माणमा सहभागी बनाउने विषयमा छलफल भएको उपाध्यक्ष रावलले जानकारी दिए।

बैठकमा प्रमुख तीन दलबीच विगतमा भएको चारबुँदे सहमतिको कार्यान्वयनका विषयमा समेत छलफल भएको थियो।

शान्ति प्रक्रियासँग गाँसिएको चारबुँदे सहमतिअन्तर्गत  उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल भएको र छिट्टै यसबारे निर्णय लिइने एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले बताए।

बैठकमा काँग्रेसका तर्फबाट सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, एमालेका तर्फबाट वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल, उपाध्यक्षद्वय भीम रावल र विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल र उपमहा सचिव विष्णु पौडेल तथा एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ तथा पोष्टबहादुर बोगटी उपस्थित थिए।
अर्को समाचार
मोदीको स्वागतमा मन्त्री निधि
२८ कार्तिक २०७१
•
२ मिनेट पाठ
मोदीको स्वागतमा मन्त्री निधि
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण भव्य बनाउन सरकारले आन्तरिक तयारी सुरु गरेको छ। जनकपुरमा मोदीको स्वागत गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले विभिन्न पक्षसँग यसबारे छलफल थालेका छन्।




यही सिलसिलामा उनले शुक्रबार धनुषा र महोत्तरीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सदस्यहरुका साथै विभिन्न पक्षसँग छलफल गरे। मोदीको जनकपुर भ्रमण र त्यहाँको कार्यक्रमबारे जानकारी दिँंदै मन्त्री निधिले कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए। सरोकार पक्षलाई भ्रमणको आवश्यक तयारी मिलाउनसमेत उनले निर्देशन दिए। 
दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं सम्मेलनमा सहभागी हुन काठमाडौं आउने क्रममा मोदी मंसिर ९ गते जनकपुर आइपुग्ने कार्यक्रम छ। मोदीले सोही दिन जानकी मन्दिरमा पूजा गर्नुका साथै मन्दिर परिसरमा नै नागरिक अभिनन्दन गरिनेछ। 
मोदी स्वागतको तयारी निरीक्षणका लागि शुक्रबार जनकपुर पुगेका मन्त्री निधिले मंसिर १ गते जनकपुरमा सर्लाही, धनुषा र महोत्तरीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सदस्यका साथै सरोकार पक्षको बैठक बोलाएको उनका सहयोगी विश्वास विक्रमले जानकारी दिए। बैठकले निधिको संयोजकत्वमा सर्वपक्षीय स्वागत समितिसमेत गठन गर्नेछ। 
सरकारले भौतिक पूर्वाधार तथा यातायातमन्त्री निधिलाई मोदीको स्वागतका साथै स्थानीय तहमा व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस