प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षती पुर्याएको सुदूरपश्चिमका जिल्लाहरुमा स्थलगत भ्रमण गरेका छन । डोटी, बझाङ, बैतडी,डडेल्धुरा, कंचनपुर लगायत जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्याएको क्षती वारे जानकारी लिएका थिए । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधी, सुरक्षा निकाय र पिडित स्थानियले बाढी पहिरोले पुर्याएको क्षतीवारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर प्रधानमन्त्री देउवाले बाढी पिडितलाई तुरन्तै राहात दिने बताएका छन ।
प्रधानमन्त्री निवास बालुवाटार बाट बिहिवार बिहान हेलिकोप्टरमा बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका निस्केका प्रधानमन्त्री देउवा शुरुमा कर्णाली प्रदेशको सुर्खेतमा पुगेका थिए । सुर्खेत पछि प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रदेशको दिपायलमा पुगेका थिए । दिपायलमा प्रमुख जिल्ला अधिकारीले जिल्लाभरी बाढी पहिरोले पुर्याएको क्षती वारे व्रिफ्रिङ गरेको प्रधानमन्त्री भ्रमण टोलीमा रहेका नेपाल सरकारका संस्कृती,पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम बहादुर आलेले बताएका छन । डोटी बाट बझाङको थलहरा गाविस ४ डिक्लाको स्थलगत अध्ययन गर्न प्रधानमन्त्री देउवा गए । दुई परिवारका २३ जना पहिरोमा परेको थलहरामा अकाशवाटै घटनास्थलको अवलोकन गरेर प्रधानमन्त्री देउवा सदरमुकाम चैनपुर पुगेका थिए । डिक्लामा पिडित र स्थानिय प्रधानमन्त्री आउने खवर पाएर जम्मा भएर वसेका थिए । आकाशमै हेलिकोप्टर फन्को लगाएर सदरमुकाम गएको थियो । ‘थलहरामा हेलिकोप्टर ल्याण्ड गर्न नसकेपछि आकाशवाटै अवलोकन गरेर सदरमुकाम चैनपुरमा पुग्यौं’मन्त्री आलेले भने,‘बझाङका प्रमुख जिल्ला अधिकारीले बाढी पहिरोले पुर्याएको क्षतीवारे बिफ्रिङ गर्नुभयो ।’
बझाङबाट बैतडी जिल्लाको ढुंगाडमा पुगेर बाढी पहिरोको क्षतीको अवलोकन गरे । पिडितले प्रधानमन्त्री समक्ष आफ्ना पिडा सुनाएका थिए । बैतडीवाट प्रधानमन्त्री गृहजिल्ला डडेल्धुरामा पुगेका थिए । डडेल्धुराको नेपाली सेनाको द व्यारेकमा पुगेका थिए । त्याहाँबाट उनी जोगबुढा क्षेत्रमा गएका थिए । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधी र स्थानियले प्रधानमन्त्री समक्ष बाढी पहिरोले पुर्याएको क्षतीको जानकारी गराएका थिए । जोगबुढा बाट कंचनपुरको बाढी प्रभावित दोधारा चादनी को भ्रमण गरेर प्रधामन्त्री देउवा बिहिवार साँझ धनगढी पुगेका छन । शुक्रवार कैलालीको भ्रमण गरेर प्रधानमन्त्री काठमाण्डौ फर्कने मन्त्री आलेले बताएका छन ।‘प्रधानमन्त्रीले सवै जिल्लामा पुगेर बाढी पहिरोले पुर्याएको मानविय क्षती, अन्य भौतिक पुर्वाधारमा पुर्याएको क्षती बुझ्नु भएको छ’मन्त्री आलेले भने,‘पिडितलाई तुरन्तै राहातको व्यवस्था सरकारले गर्ने छ ।’ प्रधामन्त्री देउवाले बाढी पिडितलाई तुरन्तै राहात दिने, घाइतेको निशुल्क उपचार गर्ने, बाढी पहिरोबाट ज्यान गुमाएकालाई २ लाख दिने बाढी पिडित प्रभावित क्षेत्रका वासिन्दा समक्ष व्यक्त गरेका थिए । पहिरोले भत्केका राजमार्ग, खानेपानी,बिद्युत सेवा सुचारु पनि तत्काल सरकारले गर्ने आलेले बताए ।प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा र मन्त्री आले सहभागी रहेका थिए ।
सुदूरपश्चिममा आईतवार देखि मंगलवार राती सम्म आएको बर्षाले ३१ जनाको ज्यान गएको छ । बाढी पहिरोले डोटीमा १६ जना, बझाङमा ८ जना, बैतडीमा ४ जना र डडेल्धुरामा २ र कैलालीमा १ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक बिक्रम चन्दले बताएका छन । १७ जना घाइते भएका छन । भने २३ जना अझै वेपत्ता भएका छन । सयौ चौपाय मरेका छन । हजारौ परिवार विस्थापित भएका थिए । अझै सयौ परिवार विस्थापित रहेका छन । दर्जनौ घर भत्केका छन । यसैगरि बझाङ थलहरा गाउपालिका ४ डिक्ला सितलमा पहिरोले घर बगाउँदा दुई परिवारका २३ जना पहिरोमा परेका थिए । आयुस र विकासको शव मात्र मिलेको छ ।